" हाम्रो गौरव , हाम्रो शान नेपाली टोपी हाम्रो पहिचान "
जनवरी १ अर्थात अंग्रेज़ी नया बर्ष को शुभारम्भ । विभिन्न देशहरुमा अंग्रेज़ी नया बर्ष मनाइरहेको बेला नेपालमा भने आज जनवरी १ तारिकका दिन टोपी दिवस भब्य रुपमा मनाए । ढाका टोपी , भाद्गाउले टोपी , कालो टोपी नेपाली टोपी हुन । टोपी नेपालको रास्टृय पोशाक नै हो । यस्लाइ रास्ट्रमा मात्र नभएर अन्तरास्ट्रिय स्तरमा नै एउटा खास पहिचान बनाउने उद्देश्य ले जनवरी १ तारिकका दिन टोपी दिवस मनाउन लागिएको हो । सन २०१३ नोवेम्बर २६ तारिकका दिन सामाजिक संजाल फेसबुकमा डा . लेखनाथ काफ्ले र शंकर बन्जाडे ले एउटा सार्वजनिक पेज स्थापना गरि पहिलो पटक जनवरी १ लाइ अन्तर्राष्ट्रिय टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन । उक्त घोषणा मार्फत काफ्ले र बन्जाडेले सवैलाइ नेपाली टोपी लगाउन आव्हान गरे । उनिहरुकै घोषणा अनुसार सन २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो ।
शान , मान र पहिचान
हाम्रो गौरव , हाम्रो पहिचान
मेरो शान , मेरो पहिचान
भन्दै विभिन्न नारा हरुको साथमा काठमाडौ को माइती मण्डला र भृकुटीमण्डपमा आज विभिन्न र्याली निकालियो । तेस्तै देशको विभिन्न स्थानहरुमा पनि । टोपी पुरुषहरूले मात्र नभएर महिलाहरुले पनि लगाए । टोपी लगाउने मा कुनै स्तर र मापदण्ड थिएन । बच्चादेखि बुढा सम्म , युवादेखि युवती सम्म , कलाकार देखि साहित्यकार सम्म , राजनेता देखि गोठाला सम्म सबै स्तरका नेपालिहरुले आज टोपी लगाएर शिर ठाडो राख्दै हिमाल जस्तै अटल हाम्रो नेपाली टोपी भनेर पनि सामाजिक संजालहरुमा छरपस्ट लेखेका छन । अझ भनौ भने त सामाजिक सन्जाल मा युवतिहरु नै टोपी को सेल्फी पोस्ट गर्नेमा सक्रिय देखिए। एकदिन भएपनी सामाजिक सन्जाल रङ्गाउने उद्देश्यले टोपी को माग ह्वात्तै बढेको देखियो । पछिल्लो समयमा भन्दा अहिले सेल्फिको जमाना ले गर्दा युवतिहरु पनि टोपी लगाएर भ्याइनभ्याई आफ्ना फोटाहरु खिचेर सामाजिक संजालमा पोस्ट गरेका छन । जस्ले गर्दा टोपी दिवस लाई रास्टृय स्तरमा मात्र नभइ अन्तर्राष्ट्रिय स्तरमा नै चिनाउन पहल भैरहेको देखिन्छ । टोपी दिवस रास्टृय स्तरमा मानियतापनी अन्तर्राष्ट्रिय स्तरमा भने अझै मान्यता पाएको भने छैन । अहिले यो छैठौ टोपी दिवस मनाइएको थियो ।
टोपी नेपालको रास्टृय पोशाक हो । ढाका टोपिले नेपाली जातिको पहिचान झल्काउछ । ढाकाको लागि प्रसिद्द जिल्ला पाल्पा हो । ढाका टोपी पाल्पाको पहिचान संग जोडिएको छ । अहिले ढाका को टोपी मात्र नभएर - दौरा सुरवाल , चोली , कोट , आसकोट , ब्याग , टाइ , रुमाल , पछ्यौरा साथै विभिन्न सजावटका सामान हरु पनि बनेका छन । टोपी पाल्पामा मात्र नभई देशको विभिन्न जिल्लाहरुमा पनि पाइनेगरेको छ र यस्को माग बढेको देखिन्छ । विभिन्न सभासमारोह , बिवाहा , पार्टी तथा मेला महोत्सव मा अझ यसको बढि प्रयोग हुने गरेको छ । पाल्पाली ढाका टोपी अन्य दिनहरुमा भन्दा जनवरी १ तारिका दिन व्यापार वृद्धि बढेको पाल्पाका ढाका ब्यापारीहरु बताउछन ।
पाल्पाली ढाका का प्रोपोराइटर कमल भण्डारीले अन्य दिनहरुमा भन्दा टोपी दिवसको दिन झण्डै दोब्बर कारोबार बढेको बताउदछन । अहिले डिजिटल समय को माग र संजाल प्रयोगकर्ताको बिगबिगिले गर्दा टोपी दिवस आफैमा नेपाली पहिचान बोकेको र अन्तर्राष्ट्रिय स्तरमा यस्लाइ मान्यता प्राप्त गर्न भब्य कदम चालेको भएता पनि युवतिहरुको एक जमात भने सेल्फी खिचेर फेसबुक , ट्विटर र इन्स्टाग्राम मा फोटो अपलोड गर्दै यस्लाइ फेसनको रुपमा लिएको पनि देखियो । जस्ले जसरी लिएतापनी आखिर टोपी त लगाइयो हैन र .... ?
टोपी दिवसको दिन नै सन्सारभरी छरिएका नेपाली मनहरुले टोपी लगाएर तस्बिर खिचायर संजाल रङ्गाए , नेपाली हुनुको पहिचान देखाए । यो नै गर्वको कुरा हो । आखिर टोपी टोपी नै हो र पहिचान नेपाली नै , हरेक बर्ष अझै ससक्त ढंगबाट यस्लाइ ठोस कदम चालेर टोपी दिवसलाइ अन्तर्राष्ट्रिय स्तरमा नै मान्यता दिलाऔ र नेपाल र नेपालिको शान बढाऔ । जय नेपाल
शिव बस्याल
1st Jan , Mumbai 2019

No comments:
Post a Comment