Wednesday, 30 October 2019

" तुम्बा "

बार्पाक लाई केन्द्रबिन्दु बनाएर गयको ७.६ रेक्टर स्केलको महा भुकम्प पछि केही परिवार आफन्तिका सहयोग र साथ ले छिट्टै पुनर्निर्माण गरेर बस्ती बसाए त केही परिवार लाई भने बर्षौ बित्दापनि उहीँ पुरानो घाउको ओझेल मै रात बिताउन बाध्य हुनु पर्यो । कुरो ७२ साल बैशाख को थियो । सिन्धुपाल्चोक मा पनि धेरै क्षति भयो । कतिले हार गुहार गरेर सरकार र सरोकार वाला सङ्ग सहयोग पाए त कतिलाई खुट्टामा लगाएका चप्पल फाट्दा सम्म दुगुर्दा पनि अन्याय ले नै हेपिरह्यो । सधैका लागी न्याय नै मरेजस्तो गरि ।

न्याय मेरालागी बनेकै छैन भन्दै ओसिएका आखाका परेलीमा फेरि एक मुस्लो आँसु झार्दै मुना भक्कानिएको भर्खरै जस्तो लाग्छ ।


नेपाल सरकार ले भन्दा पनि ब्यक्तिगत सहयोगको अभियान बोकेर टिमको अगुवाइ गर्ने जिम्मा लिन पाउँदा र भुकम्प पीडितहरुको घाउमा थोरै भएपनी मलम लगाउन पाउँदा आफैमा सौभाग्य र सामाजिक कार्यप्रतिको लगाव , उत्साह र उत्तरदायित्व ले मनग्य मन भरिलो भएको थियो । कहालीलाग्दो दृश्य , बिछोडिएका परिवार , विछ्याइएका मृत शरीर अनि एकोहोरो भयावहको रहमा चुर्लुम्मै डुबेका यी परिवार को बारेमा लेख्ने आट कहिले आएन ।

आए त केवल उनिहरु सङै एकोहोरो बर्बर्ती नुनिला आँसुका ढिक्काहरु ।

७४ साल पुस महिनाको कुरा हो । बिराटनगर , इटहरी , धरान हुँदै धनकुटा जाने मेरो योजना पहिल्यै बनेपनी समय र समस्याको कारण अवसर जुटाउन गार्हो परिरहेको थियो । केही सामाजिक ब्यक्ति हरुको निमन्त्रणामा मलाइ यो पाली भने धनकुटा जाने अवसर जुट्यो । आफैमा गर्वको कुरा थियो । (१५ पुस ) तमु ल्होसारको अवसर मा विभिन्न कार्यक्रम हरु गर्ने र उठेको रकमबाट थप  सहयोगको नया अभियान चलाउने निर्णय सहित बिभिन्न एजेन्डा बोकेर गएको र मलाइ पनि त्यो स्टेजमा आफ्ना कुराहरु राख्न पाउँदा निक्कै गर्व लागेको थियो । स्थानिय पत्रपत्रिका , रेडियो सन्चार , अनलाइन मिडिया तथा पत्रकार साथिहरु ले कार्यक्रम सकिएपछी केही समय दिनु पर्छ भनेर बारम्बार आग्रह गरेको हुदा त्यो दिन त्यही नै ब्यस्त भैयो । साहित्य का ताराहरुको उदयमान शहर धनकुटा मा गएर तुरुन्तै फर्किने योजना बनाएपनी थप १/२ दिन अझै भुल्नु पर्ने भयो ।

हेल्लो ! सर म मुना
हिजो हजुरको कार्यक्रम हेर्न म पनि आएकी थिय । २ बर्ष पछि हजुरलाई यसरी धनकुटामा देख्न पाउनु मेरो सौभाग्य नै हो । एउटा भगवानको अवतार फेरि धनकुटामा उदायको देख्न पाउदा लाग्छ आज म अर्को जुनिमा छु । तपाइको सहयोग र दिइएको आत्मबल ले आज म हिले धनकुटामा सानो ब्यबसाय गर्न सफल भय । यहाँ आएर पनि नभेटी जान सक्नु हुन्छ र ? अपेक्षा सहयोग को हैन आशा हजुरलाई एकपटक प्रत्यक्ष भेट्न र बोल्न मन छ । समय पुग्छ भने यो नम्बरमा सम्प्रक गरेर हिले धनकुटा भिजिट गर्नुस है ।
यत्ती भन्दै फोन काटियो । अर्को दिन बिहानै एउटा नया नम्बरबाट आएको फोन थियो ।

यसरी डाइरेक्ट मोबाइलमा फोन आउनु पक्कै नजिकबाट चिनेको मान्छे नै हुनु पर्छ भन्ने लाग्यो । तर हिले जान समय निक्कै कम थियो । बेलुका ४:४५ मा रेडियो नेपाल धनकुटा मा ३० मिनेटको प्रत्यक्ष कार्यक्रममा भलाकुसारी गर्ने निमन्त्रणा लाई पनि अस्विकार गर्न सकिएन । कार्यक्रम निक्कै रोचक प्रसङ्ग मा आधारित थियो र समाज र सामाजिक अभियन्ताहरुको लागी त्यो एउटा बिम्ब थियो । ५:३० को फोन गरे । मुना उहीँ रहिछन जो ७२ सालको भुकम्पमा परेर आफ्नो र आफन्ती गुमाएकी थिइन केवल श्रीमान बाहेक ।

 म , सकुन्तला दिदी , राधेश्याम र प्रविण आजको रात हिलेमा बिताउने र भोलि सबेरै चिया बगान हेरेर फर्किने योजनामा ६:३० बजे हिले पुग्यौ । होटेल " मुनाश्री " मा मुनालाई भेट्ने र आज त्यही नै बस्ने योजना बन्यो । १२ रुम सहितको होटेल " मुनाश्री " ले निक्कै भब्यताका साथ स्वागत गर्यो यो धनकुटा यात्राको अविस्मरणीय क्षण भन्दा पनि कम नपर्ला  । यसरी घटना घटेको दुई बर्षमै यति छिटो यसरी प्रगती गर्नु पनि ठूलो हिम्मतको जरुरत चाहिन्थ्यो । आमा , बुबा , र एउटा छोरो गुमाएकी मुना आज यहाँ उदाहरण बनेर झुल्किएको देख्दा र सुन्दा निक्कै मन प्रफुल्लित भयो ।

लाग्यो अब अस्ताएको सुर्य छिटो नै उदाएर हिलेमा चकमन्न  उज्यालो छर्दैछ ।

तपाईं हरुको सहयोग र आत्मबल नपाएको भय सायद म उतिबेला नै भगवानको प्यारो भैसक्थे होला तर आज आफ्नो खुट्टामा उभिएर यहाँ यसरी जीवन को शुरुवात गर्न पाउनु र आफ्नै  पसलमा तपाइहरुलाइ भित्र्याउन पाउनु नै मेरो सौभाग्य - मुना एकोहोरो बोल्दै थिइन  ।
सकुन्तला दिदी टाउको दुख्यो भन्दै छिटो नै सुत्नु भयो । प्रविण र राधेश्याम दाजु भने तुम्बाको मज्जा लिने भन्दै फतफताउदै थिए । हातमा सल्काइरहेको सुर्य चुरोटको धुवा बेस्सरी माथी दलिनमा गएर ठोकियो जसरी भुकम्प जादा घर भत्किइ आफन्त हरु च्यापिएर दुखान्तको वेदनाले ठोकिएका  थिए - मुना जस्तै कैयौ मानिसहरु उ बेला  ।

रात छिप्पिदै थियो । चिसो अधिक मात्रामा बढेको थियो । च्वास्स मुटुनै घोच्नेगरि बढेको चिसोले एकोहोरो काउन्टरमा राखेको तुम्बामा मन खिच्यो । प्रविण ले मुना सङ्ग तुम्बाको अर्डर गर्यो । प्रयटकिय स्थल भएता पनि अधिक चिसो भएकोले हिले धनकुटा अस्ताउदो सुर्यसङै शान्त र अटल देखिन्थ्यो । मौनता भित्र आफै हराउथ्यो तर घरिघरी गल्लिका भुस्याहा कुकुरको भुकेको आवाजले सन्नाटा बिथोल्थ्यो । कुकुर कराउदा प्रविण कराउथ्यो डिस्टप भयो भन्दै तर आधिरातमा कोठाबाट गाली गरेको कुकुरले कहाँ सुन्थ्यो र प्रविण घरिघरी तुम्बाको नशामा आफै कुकुर भुकेको अभिनय गर्थ्यो - भुउउउ ... भु भु


सुकुटी र सादेको हासको छोइला तेस्रो प्लेट सकिएछ । तुम्बा ४ वोटा सकिन लागेको मात्र थियो । रातको ११ बज्न लागेको थियो । राधेश्याम आफु बसेको ठाउबाट उठ्न खोज्दै थिए । प्रविण निक्कै झ्याप भैसकेको थियो । सल्काएको चुरोट को धुवा तान्दै भन्दै थियो क्या रिल्याक्स गरियो हिलेमा तुम्बा सङ्गै । यतिन्जेल मुना पनि रेस्टुरेन्ट बन्द गरेर हामी बसेको क्याबिनमा आइपुगिन हातमा अरु २ वोटा तुम्बा बोकेर ।

प्रवीण ले अब नपिउने भयो भन्दै अर्को रुमतिर धङ्धङाउदै लाग्यो । राधेश्यामले बचेको तुम्बा तान्दै थियो । उ मस्त नशामा लट्ठिएर नशालु राता आँखा ले हेर्दै भन्दै थियो - मुनाजी तपाईं एक साहसी नारी हो । हुन त तपाइको बारेमा धेरै कुरा त मलाइ थाहा छैन तर घटना पछिको जीवन कथालाइ पल्टाएर हेर्दा म आफैमा हराएको महसुस गर्दैछु । आज के बोले र के बोल्दैछु मलाइ त्यति याद रहन्न तर भोलि बिहान कफि सङ्गै तपाईं सङ्ग गफ गर्नु मन छ । अब भने मलाइ ज्यादा भयो म सुत्छु । यत्ती भन्दै राधेश्याम पनि अर्को कोठामा सुत्न गयो । मुना ले आफुले ल्याएको तुम्बा मलाइ दिदै भन्दै थिइन - नाइ नभन्नुस यो मेरो तरफबाट हो अन्तिम चियर्स गर्नु पर्दछ तव बल्ल वास्तविक जीवन बोल्नेछ । त्यो समय हाम्रो एक चिनजान गर्ने मौका थियो भने यो समयले हाम्रो भेटलाइ दोस्ती र रिलेसन मा परिणत गर्नेछ । मन मुटुको कुनाकुनामा सजाएर चियर्स सर ................।

चियर्स गर्दा ठोकिएको तुम्बा को आवाज भित्ताभित्ता को कुनामा ठोकिँदै कम्पन हुँदै थियो । आएको इको साउन्डले मनलाई नै कम्पन गराएर छाड्यो । पहिलो सुरुप पिएर मुना एकछिनमा आउछु भन्दै आफ्नो कोठातिर लागिन ! म भने चुरोटको धुवामा त्यही आकृती कोर्दै थिय जुन बार्पाकमा ७२ सालमा घटेको घटना थियो । जति पिउदै जान्छु उति नै पिउने मन झन जोसिदै जान्थ्यो । त्यो कहाली लाग्यो कालो दिन सामुन्ने आइदिन्थ्यो र नमज्जाले मुटु छोइदिन्थ्यो , मस्तिष्क हल्लाइ दिन्थ्यो भुकम्पले पृथ्वी हल्लाएझै । बन्द कोठा , बन्द झ्याल र हिटरको तातो सङै तुम्बाको नशाले अब भने चिसो हराइसकेको थियो ।

सरि सर ...
मलाइ अलिक कम्फर्टेबल भएन र ड्रेस चेन्ज गर्न गएकी थिए ।
जिन्स र टिसर्ट खोलेर उनले गुलावी सिल्की लामो गाउन लगाएर आएकी थिइन । लामो खैरो कपाल , बाटुलो गोलो अनुहार , राता पुट्ट परेका गाला , काला नसालु आँखा र छिनेको कम्मर माथी उठेका शरिरका विभिन्न भागहरु एक एक मन लोभ्याउने खालका देखिन्थे तर मैले उनको यौवन र आकर्षक शरीर भन्दा पनि उन्लाइ भुकम्पमा परेको अवस्थामा चित्रण गर्ने कोशिश गर्दै थिए । त्यतिकैमा लाइट गयो । मुनाले क्यान्डिल सल्काइन । क्यान्डिलको मधुरो  रोशनिको प्रकाशमा मुनाको अनुहार झन चम्किलो र नशालु देखिन लाग्यो ।

सर ! कहिले फर्किने योजना छ काठमाडौ ?
- भोलि नाइटमा जाने ।
भोलिको दिन बस्न मिल्छ भने बस्नुस न ?
- आज यो समय पनि मुस्किल सङ्ग मिलाइयो । तपाइको निमन्त्रणा लाई हार्न सकिएन ! तर भोलि भने सम्भव छैन मुनाजि कर नगर्नुस है ।

- खै के भनौ र मिल्दैन भने त । तपाइलाइ देख्दा बिर्सिएको घाउ फेरि दुख्न थाल्यो । कता कता खुशिले मन उमङ्ग भएर उड्यो । हर्षका आँसु बगाए कति ।  यदि त्यो समय तपाइहरुको आत्मबल नपाएको भए आज यसरी आफ्नै खुट्टामा उभिन सकिन्नथ्यो होला ! मुना बोल्दै थिइन ।
श्रीमान पनि १ बर्ष भयो कतार जानू भएको । उहाको सहयोग र आफन्तको जोडबल अनि तपाइले दिएको साहसले आज यहाँ सानो भयपनी व्यवसाय शुरु गरे ! सोचे भन्दा निकै राम्रो छ । उनी एकोहोरो बोल्दै थिइन ।
निभ्न लागेको चुरोटले चुरोट सल्काउदै ।

जीवनमा आउने हरेक उतारचढाव सङ्ग सामना गर्न सक्नु पर्दछ । धैर्य राख्न सक्नु पर्दछ । समय सधै एकै नास हुदैन । कहिले हासो त कहिले रोदन यहि त हो जिन्दगीको परिभाषा ! बिगत बिर्सिनु पर्दछ । अतितमा केही राम्रो गर्नु पर्दछ तब बिगतले केही पाठ सिकाउछ । उबेला हिम्मत हारेको भए जीवन भयावह मै जान्थ्यो होला ! अब राम्रो छ र राम्रो हुदैछ । श्रीमान पनि राम्रो काममा लाग्नु भएछ । तपाइको आफ्नै बिजनेस ! अगाडीका दिनहरु सुनौला हुनेछन । समाज र सामाजिक बन्नुहोस । इस्वर प्रती आस्था राख्नुस । मन प्रफुल्ल हुनेछ । जस्ले जीवनका अग्रिम पाइलाहरुलाइ उर्जा दिनेछ । तपाईं एक युद्द जितेको नारी हो जो हिम्मतवाली हुनुन्छ । आज यसरी यहाँ पनि तपाइलाइ भेट्न पाइनेछ भनेर कल्पना समेत थिएन तर भगवानको कृपाले एउटा कार्यक्रम बिच भेट गराइदियो ......

बोल्दै जादा कुराहरु सकिएनन तर बलिरहेको क्यान्डिल भने सकिन लाग्यो । छिनभरमै निभ्यो । अरु क्यान्डिल सबै सकिए । एक्स्ट्रा क्यान्डिल नभएको र सकियको भन्दै थिइन मुना । चुरोट तान्दा कताकता उज्यालोले मुनाको चेहेरा रातो देखिन्थ्यो । उनी नजिकै आइन र आफुले पिउदै गरेको चुरोट दिदै भन्दै थिइन - काश आजको रात लाइट नआइदियोस । खै के सोच्दै थिइन । उनको मन्मा के भैरहेको थियो त्यो मलाइ थाहा थिएन । उन्लाइ निक्कै नशा लाग्यो । पिउदै गरेको तुम्बा मलाइ पिलाउदै थिइन । यत्तिकैमा उनी उठ्न खोजिन तर कन्ट्रोल हुन सकेन उनी मेरो शरिरमा गर्ल्याम्म ढलिन ।
सरि सर .... [ केही होसमा बोल्दै थिइन त केही बेहोसमै ]

बिस्तारै उठाएर बेडमा सुताए तर उन्ले मेरो हात छोडिनन । रम रम पारेक तुम्बाको नशा झन बिस्तारै तेज हुँदै थियो । मैले उनको हातबाट आफ्नो शरिर फुस्काए । र बचेको तुम्बा पिउन थाले ! कोदो को थियो या गहुको त्यो त मलाइ के था ? जे को पनि थियो तिनपाने भन्दा कडक थियो । समय छिप्पिदै जादा नशा पनि छिप्पिदै थियो । औंसीको रात झै !
उनिलाइ छमछमाउदा चुरोटको प्याकिट फेला पारे । सल्काउदै गरेको लाइटरको उज्यालो ले केही बेर अध्यारो कोठा पनि चकमन्न भैदियो । तुम्बा टेबलमा पल्टिएको रहेछ , त्यस्तै झ्याप परेर उनी ....... !
लगाइराखेको गुलावी रंगको नाइट ड्रेस पनि कुर्चिको बारमा झुन्डिइरहेको थियो । छिनभरमै सलाइको उज्यालो हरायो , उसैगरी अध्यारोमा हराइन उनी ।
नशामा भन्दै थिइन -  " तुम्बा " .... खोइ ??



मुना लाई नशा चढ्दै थियो । उनी अनियंत्रित हुँदै गइन । तुम्बाको नशा भन्दा यौवनको (जवानीको) नशा बढ्दै गयो । एक जवान लक्का नारीको शरीरबाट तुम्बाको भन्दा कामुकताको उत्तेजित गन्ध आइरहेको थियो । जीवनमा यसरी परस्त्री को गन्ध मैले यत्ती नजिकबाट नियालेको थिइन । उनी छमछमाउदै फेरि मेरो नजिक आइपुगिन । एक्कासि नफुत्किने गरि मेरो अङालोमा उन्का हात कसिला भय । उन्को शरीर मेरो शरीरमा टासिएको थियो । मानौ उनी प्रेममा उत्तेजित भएर मेरो शरिरमाथी आफ्नो शरिरको गाता हाल्दैछन । उनी नशामा के के बोल्दै थिइन तर केही बुझिन्थ्यो त धेरै अस्पस्ट सुनिन्थ्यो । टासिएको उन्को नरम छाती निक्कै तातो र छिटोछिटो धड्किरहेको थियो । छिनभरमै उनी निर्वस्त्र भइन । मलाइ निक्कै असहज महसुस भैरहेको थियो । देब्रे हातले मेरो गर्धन समातेर आफ्नो गुलावी ओठ ले ओठमा चुम्न थालिन । मुखबाट तुम्बाको भन्दा उत्तेजना को तातो गन्ध आइरहेको थियो । हातहरु सल्बलाउदै शरीरबाट ओरालिदै थिए । उनी कामुकताको चरम शुखमा पौडिन चाहन्थिन । कतिपटक फुस्किने प्रयास गरेतापनी उन्का कसिला हातहरु मेरो शरिरबाट फुस्काउन निक्कै गार्हो भयो । भन्दै थिइन - सर माफी चाहन्छु तर बर्षौ पछि आज यो अवस्थामा पुगेकी छु । श्रीमान गयपछी एक्लिएको शरिरले आज फेरि हनिमुन मनाउने जोसमा छ । प्लिज मेरो मन बुझिदिनुस । यत्ती भन्दै उनले मेरो टिसर्ट खोल्न थालिन । उनी आफैलाइ सम्हाल्ने स्थितिमा थिइन । मलाइ भने उनको हिजोको अवस्था र समय आँखाभरी याद आयो । आँखा रसाय ! मुना सङ्ग हिजोको व्यबहार र आज नशामा गर्न लागेको यो व्यबहार निक्कै फरक पाए । तुम्बाको नशाले छोएपनी मलाइ भने यौवनको नशाले फिटिक्कै छोएन आज यसरी मुना निर्वस्त्र भएर अङ्गालिदा पनि मलाइ भने कामवासनामा कत्तिपनी डुब्न मन लागेन बिगत महा-भुकम्प ७२ कि उहीँ मुना सम्झे ।

यत्तिकैमा मुना निदाइन । केहिबेरमा बत्ती आयो । घडी हेरे रातिको २:०० बजेको रहेछ । चाहेको भय यो अँध्यारो रातमा पनि उज्यालो प्रेम थियो जुन उन्मात र बैशले चुलिएर पोखिएको थियो । शरिरभरी मह लत्पतियझै लत्पतिएको थियो र पनि चाट्न मन लागेन । मलाइ नशामा कसैको शरीर सङ्ग खेल्नु थिएन नाकी कसैको इज्जत ............
उनी बेहोसमै सुतेकी थिइन । नशा झन झन चड्दो थियो । बेडमा तितरबितर उन्का ब्रा र पेन्टी बिस्तारै मुनालाइ लगाइदिए । कुर्चिमा झुन्डिएको उनको गुलावी गाउन पहिराइदिए ।  उन्लाइ सजिलो हुनेगरी सुताइदिएर ढोका लगाइ म अर्को रुममा सुत्न गय ।

बिहान ८ बजे मुनाको कल आयो - सर तपाईं कहाँ  ?


मैले पल्लो कोठामा भयको जानकारी गराए । राती अबेर सम्म बसेको र तुम्बा पिएको ले सबै सुतिरहेका थिए । कफिको कप सङ्गै मुना म सुतेको कोठामा आइन भन्दै थिइन - Sorry sir

मलाइ गुलियो कफि पनि फिका लाग्न लाग्यो । समय सङै समाज कतातिर जादैछ । समय परिवर्तन सङै मान्छेको मन परिवर्तन हुन कुनै समय ले उछिन्दैन । बिदेशी भुमिमा रगतको पसिना बेचेर ज्यानको बाजि राखी मृत्यु सङ सिगोरी खेल्दैछन श्रीमानहरु ।  तर यता बैशले उन्मात भएका श्रीमती हरु नशा सङ्गै सेक्सको अधिकतम खोजिमा शिकार खेल्न पछि हट्दैनन । जिवनमा यस्ता स्टण्ड बाट पनि वच्न सफल भय । यो एक मुनाको मात्र कथा होइन । बिदेशिने अधिकांश नेपाली  युवाहरुको परिवारको दर्दनाक सत्यकथा थियो । अहिलेको भड्किलो समय र फेसनको दुनियामा रोमलिएको बिकृती र बिसङ्गतिको एउटा अंश थियो ।

कफिको प्याला राख्दै सुदिपले आफ्नो जिवनयात्रामा भोगेको वास्तविक भोगाइ सुनाउदै थियो । समय सापेक्ष र सान्दर्भिक लाग्यो र सुदिपको यो स्टण्डलाई अक्षरमा समेट्ने प्रयास गरियो ।

क्याफे सपबाट बाहिरिदै गर्दा सुदिप आखिरी हग गरेर दरबारमार्गबाट छुट्टियो .......... 

                                        ! धन्यवाद !

     [ धूम्रपान , मदिरापान स्वास्थको लागी हानिकारक छ ]
                                -  शिव बस्याल 
                             30 अक्टोबर , मुम्बई 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...