गजल -
दुनियाँलाई मौका दियो, दिलमा सजायो।
धोका दियो भन्यो अनि आँसु बगायो।
अनेकथरि बोल्छन्, भन्छन् बुद्धि भ्रष्टहरू,
केही काम छैन उफ्र्यो हिँड्यो सदन ततायो।
सजाएका सपनाहरू अनायासै टुटि गए,
भूकम्प झैँ आइदियो याद मुटु हल्लायो।
बाटोमा भेटिएको पैसा जस्तै उसको माया,
एकछिन हातमा पर्यो अनि पुनः हरायो।
छातीमाथि प्रहार गर्यो अब मरी भन्ने सोच्यो,
नजिक आयो घाँटी थिच्यो दानवता देखायो।
अदिती अर्याल ज्ञवाली
कुलेश्वर काठमाडौ
दुनियाँलाई मौका दियो, दिलमा सजायो।
धोका दियो भन्यो अनि आँसु बगायो।
अनेकथरि बोल्छन्, भन्छन् बुद्धि भ्रष्टहरू,
केही काम छैन उफ्र्यो हिँड्यो सदन ततायो।
सजाएका सपनाहरू अनायासै टुटि गए,
भूकम्प झैँ आइदियो याद मुटु हल्लायो।
बाटोमा भेटिएको पैसा जस्तै उसको माया,
एकछिन हातमा पर्यो अनि पुनः हरायो।
छातीमाथि प्रहार गर्यो अब मरी भन्ने सोच्यो,
नजिक आयो घाँटी थिच्यो दानवता देखायो।
अदिती अर्याल ज्ञवाली
कुलेश्वर काठमाडौ
suprb g suprb
ReplyDeleteअदितिय!!!!
ReplyDelete