कुरा खस्न नपाउदै बर्बर्ती आँसु भुइमा खसेका थे शान्तीका । उनी केहिबेर बोल्न सकिनन । अवाक भइन । घरीघरी हिक्क हिक्क गरेको मधुरो आवाज को टड्कारो परैबाट पनि प्रस्ट सुनिन्थ्यो ।
तिमी यसरी रुनु हुदैन । आफुलाइ सम्हाल्नु पर्दछ । कोहिलाइ नभएर दु:ख । कसैलाइ भएर पनि दु:ख भन्दै सम्झाउदै थिइन निरुता । लगभग २५ बर्षको उमेर हुदोहो शान्तीको । सरलक्क को जिउढाल , गोरो , बाटुलो अनुहार , हल्का ब्राउन र सिल्की लामो कपाल अनि तनावग्रस्त खिन्न मन बनाएर एकोहोरो टोलारहेको त्यो अनुहार कतै चिरपरिचित जस्तो लाग्यो ।
मंगलवारको दिन थियो । रिपोर्टिङको क्रममा म लगायत डोले , प्रेम र इशा चितवन बाट गोर्खा जाँदै थियौ ।
दाजु समय मिल्छ भने हामी मनकामना को दर्शन गरेर अगाडि जाउन है ! इशाले चिया पिउदै भन्दै थिइ । प्रेम ले अल्छी नगरेको हैन तर डोले ले पनि इशाको कुरामा समर्थन जनाएपछी मैले नकार्न सकिन । बिहान करिव दश बजे हामी कुरिनटार पुग्यौ । सुनसान थियो । चहलपहल शून्यतामा विलाएको थियो । कताकता त्रिशुलि सुस्साएको सुनिन्थ्यो । टाटा सुमो गाडी हरु घुइया आउथे अनि एक हुल मान्छे भरेर फेरि अफ्नै रफ्तारमा उसैगरी फर्किन्थे । इशा अगिल्तिर उडिरहेको कपाल लाई मिलाउदै सेल्फी लिदै थिइ मनकामनाको गेट नीर ।
प्रेम पसलमा पानी लिदै थियो ।
डोले ले क्यामेरा को लेन्स मिलाउदै थियो ।
मलाइ शंका लाग्यो र गेटमा उभिएको पालेदाइ लाई सोधे । मन्दिर खुल्ला रहेको तर केबुलकार भने पाच दिनको लागी मर्मत गर्न भनेर बन्द राखिएको छ - पाले दाइले सोधेको प्रस्नको उत्तर फर्काए । यो सुनेर इशा खिन्न हुँदै थिइ । प्रेमले भन्दै थियो - मलाई जानेमन थिएन त्यसैले ठिक्क परो । अब केबुलकार पनि बन्द छ कसरी जाने इशा ? यात्रुहरु टाढाटाढा बाट यहा दर्शन गर्न आएका थिए । त्यहाको जिप व्यवस्थापन समितिले केबुलकार सन्चालन नहुदासम्म भनेर अबुखैरेनिको बाटो हुँदै मन्दिर सम्म जाने आउने व्यवस्था मिलाइदिएको रहेछ प्रतिब्यक्ती रु ६००/- लिएर ।
भारतिय नम्बर प्लेट भएको एउटा बसबाट करिव ६०/६५ जना जति श्रद्धालुहरु उत्रिय । केबुलकार चड्ने सपना इशा को झै अधुरो रह्यो तिनिहरुको पनि । आउनेजाने सवै यात्रुहरु पालेदाइ सङ जानकारी लिदै थिए । त्यत्तिकैमा एउटा हाइस आएर देब्रेतिर मोडियो र घ्याच्च साइडमा रोकियो । धादिङ्ग बाट घुम्न आएको एउटा सभ्रान्त परिवार रहेछ । उनिहरु सङै हामी जम्मा नौ जना भयौ । एउटा सुमो बुक गरेर अबुखैरेनिको बाटो हुँदै मनकामना मन्दिर जाने फैसला गर्यौ ।
पछाडिको सिनहरु खिच्न भनेर डोले र प्रेम पछाडी बसिहाले । बिचको सिटमा धादिङ्ग बाट आएको दुई परिवार का चार जना बसे अगाडिको सिटमा म थिए । हाइस चलाउने ड्राइभर पनि पछाडी नै बस्यो । इशा भने पछाडी बस्दिन भनेर मेरो छेवैमा अगाडि नै आएर बसि । हाम्रो यात्रा शुरु भयो । करिव डेढ घन्टा पुग्न समय लाग्ने भन्दै थिए सुमोका ड्राइभर ले । पन्ध्र मिनेट पछि अबुखैरेनी पुगेर सुमोमा पेट्रोल हाल्न भनेर जिप रोकियो । भाडा मिलाउदै गर्नुस है भन्दै ड्राइभर पिसाप गरेर आउछु भनेर परपट्टी निस्किए । यात्रुहरु पनि कोइ चिसो किन्न त कोइ रिचार्ज कार्ड लिन भनेर उत्रिय । डोलेलाइ इशाले फेन्टा ल्याइदिन भन्दै थिइ । प्रेम हाइसको ड्राइभर सङ्ग मजाले गफिइरहेको थियो । भर्खरै भएको पत्रकार रबि लामिछानेको घटनाको बारेमा छ्लफल गर्दै थिय उनिहरु ।
अबेर हुने भयो ।
घामले पोल्यो । गर्मीले मर्ने भैयो भनेर यात्रुहरु चिच्याउदै थिए । सबै ड्राइभर आउने पर्खाइमा थिए । एक घुटुक स्प्राइट पिएर निधारको पसिना आफ्नो दुपट्टाले पुस्दै छिटो जाउ न ड्राइभर लाई बोलाउनुस न दाजु भन्दै थिइन एउटि युवती । बीस मिनेट यहि ढिला भयो । त्यत्तिकैमा ड्राइभर आइरहेको परैबाट प्रस्ट देखियो । सबैको अनुहारमा फेरि निराशा को तुवाँलो फारेर मन्दिर जाने उत्सुकता ले एउटा इटा थप्यो त्यो चर्को गर्मीमा ।
उफ्फ कस्तो गर्मी !!
मान्छे नै मार्ने गर्मी !! ज्यानमारा गर्मी !!
ड्राइभरको पछिपछि व्हिलचियर धकेल्दै एउटि युवती आइरहेकी थिइन । यो दृश्य इशा एकोहोरो हेरिरहेकी थिइ । कस्तो कारुणिक दृश्य त्यो । सृष्टिको सृजना पनि कस्तो कस्तो । त्यो गर्मीमा यसरी एउटि नारिलाइ व्हिलचियर मा लिएर हिड्न निक्कै कठिन थियो । खाल्टाखुल्टी परेको सडक , धुलो , त्यसमाथि ३८° को चर्को घाम । मन्मा हजारौ प्रस्नने डेरा हाले । नभन्दै व्हिलचियर हाम्रो सुमो नीर आएर रोकियो । यो बैनी पनि मनकामना जान भनेर आएकी रहेछन । मिलाएर लैजान परो । ड्राइभरले भन्दै थिए । सबै कराउन थाले । अबेर भयो । गाडिमा बस्ने ठाउँ छैन । कच्ची साघुरो बाटो छ रे । कसरी लैजानु उहालाइ ! बरु अरु गाडिमा आउनुस न । धेरैजसोको यहि उत्तर थियो ।
बिचारा ड्राइभर लाई रोइ कराइ गरेर त होला नि उ पनि हार्न नसकेर दया पलाएर उनिलाइ हिड्नुस म मिलाएर लैजाउला भनेको ।
इशा मलिन हुँदै हेर्दै थिइ । आफ्नो उमेरकी एउटि नारिले यस्तो कष्टकर जीवन बिताउनु पर्दा कस्तो पीडा भएको होला भनेर सोच्दै थिइ होला उ । तर केही बोल्न भने सकेकी थिइन ।
निक्कै दया लागेर आयो ।
व्हिलचियर गुडाउने बैनीले बारम्बार आग्रह गर्दै थिइन । बिहान नौ बजेदेखी म उहालाइ सबै गाडी रोकेर मन्दिर पठाउन खोजिराखेकी छु तर कोहि कसैले लान मन्दैनन । भन्दै सुनाउदै थिइन उनी । यदि उहाको ठाउमा म हुन्थे भने बस्ने ठाउँ नहुदा पनि मिलाएर लैजान्छौ बैनी आउनुस भनेर आफै गाडी रोकिन्थ्यो होला । सिटमा बसेका केटाहरु सिट छोडिदिएर नजिकै छोइने गरि आडैमा उभिन्थे होला । आज एक अपाङ्ग लाइ यो भेदभाव ।
हिड्न नसकेर के भयो र ?
बुद्दी , विवेक र चेतना सबल मान्छेको भन्दा कैयौ गुणा उत्कृष्ट र अनुशासित छ शान्तीको ।
चितवनदेखी आउनु भएको रहेछ ।
एकपटक मनकामना मन्दिर पुगेर आफ्नो अन्तिम इच्छा माग्छु र जीवन परित्याग गर्छु भनेर जीवनदेखी हरेष खाएर हिजो कुरिनटार आउनु भएछ । केबुलकार को बन्दले गर्दा अबुखैरेनिबाट जिप पाइन्छ भनेर कसैले भनेपछि करिव दुइ घन्टा लगाएर आफै व्हिलचियर गुडाउदै यो गर्मीमा यहाँ आउनु भएछ । कहि कतैबाट पनि जाने सम्भावना नदेखेपछी अरुण खोलामा हाम्फालेर मर्ने सुरले चोकबाट घुमेर ओरालो झर्दै गर्दा एक्कासी लड्नु भयो । विपरीत दिशाबाट म हतारिदै आए र उठाए । पानी पिलाए । दर्दनाक र बिचलित अवस्थाका उहाका वेदनाहरु सुन्दा म उहासङै निक्कै रोए । रात पर्न लागेको ले उहालाइ एक्लै छोड्न सकिन र रुममा लगे । रातभर न त उहाँ निदाउनु भयो न त म नै निदाउन सके । उहाको जीवन स्टोरी सुन्दा जीवन आखिर के रहेछ । हामी हातखुट्टा सग्ला भएर पनि उहाको अगाडि केही गर्ने आट नगरी नरकिय जीवन बितायका रहेछौ जस्तो महसुस भयो । आफैमा आत्मग्लानि लाग्यो । उहाँ भन्दा पहिला म आफै जीवन समाप्त गरुजस्तो लाग्यो तर आफुलाइ भन्दा पनि उहालाइ सम्झाउन र सम्हाल्न उचित ठाने । अनेकौ उदाहरण देखाएर उहाको मरिसकेको आत्मामा केही श्वास भरिदिने कोसिस गरे । तर उहाको मनकामना पुग्ने अन्तिम इच्छा को खुड्किलो यहि नै रहन्छ कि भनेर मैले उहालाइ मन्दिर पुर्याउने वचन दिएकी थिए । दाजु जसरी पनि शान्तीलाइ सकुसल फर्काएर यहि ल्याइदिनु बरु उहाको घरसम्म पुर्याइदिने जिम्मा म लिउला । निरुताले मलाइ एकान्तमा भनेपछी मुटु च्वास्स घोच्यो । नघोचोस पनि त कसरी । जसरी पनि उनको इछ्या पूरा गरिदिने वचन दिए , मैले निरुतालाई ।
बरु म पछाडी बस्छु दाजु उहालाइ अगाडि नै राख्नुस भन्दै इशा गाडिबाट उत्रिएर पछाडी प्रेमको आडैमा बस्न गइन । डोले र ड्राइभर मिलेर शान्तीको व्हिलचियर गाडिको छ्तमा राखिदिय । शान्ती बिस्तारै गाडिको ढोका समातेर एउटा खुट्टा माथी राखेर हातको बलले सिट समात्दै निकै जोखिमपुर्वक सिटमा बसिन । बिचको सिटमा बसेको एउटि महिला ले शान्तीलाइ गडिमा उक्लिन सपोर्ट गरिन । खुइया सुस्केरा हाल्दै धन्यवाद को कृतज्ञता फर्काइन शान्तीले ! सबैलाइ ।
रोकिएको गाडी एक मुस्लो धुवा हावामा उडाउदै अरुण पारिपट्टी जङ्गलको बिचौबिच कच्ची बाटोतर्फ मोडियो । आफ्नै रफ्तरमा हुइकिएको गाडी साघुरो एउटा जिप मुस्किलले हिड्न मिल्ने उकालो बाटोतर्फ सोझियो । गाडी ले हल्लाउदा शान्तीको टाउको , कुम र शरीर घरिघरी मेरो शरिरमा ठोकिन पुग्थ्यो । यसरी एउटि यौवन अवस्थाकी किशोरीको सम्वेदनशिल अङ्गहरु मेरो शरिरमा घर्सण हुदापनी मलाइ यौवनको उन्मातले कत्तिपनी छोएन । छोयो त केवल शान्तीको त्यो कारुणिक जीवन र जिउने आशा मरेर कैयौ पटक आत्महत्या गर्ने प्रयास गरेका कुराहरुले । म धेरै कुरा जान्न चाहन्थे उनको बारेमा । तर त्यो सबैकुरा सोधिरहन पनि सबैको अगाडि उचित लागेन । केही बेरमा शान्ती ले आफ्नो पुरै टाउको र शरिरको भार मेरो शरिरमा आड लिइन । उन्को शरीर पहिला भन्दा निक्कै तातो हुँदै गएको थियो । गाडिको झ्यालबाट आइरहेको हावले उडिरहेको उन्को शिल्की कपलका केही रौहरु उडेर मेरो गाला र आखामा स्पर्श गरिरहेका थिए । शान्तीको शरीर पुरै म माथि नै ढल्कियो । अब उन्को शरीर पनि मेरो शरिरले धान्नु पर्ने भयो । रात अनिदो भएर होला उनको आखामा निन्द्राको सागर उर्लियो । उनी गहिरो निन्द्रामा फ्वाँफ्वाँ गर्दै निदाउन पुगिन ।
शान्तीलाइ सहज होला भनेर मेरो आफ्नो हात बिस्तारै उन्को टाउकोनिरबाट छिराएर उन्लाइ आड दिए । उन्ले आफ्नो देब्रे हातले मलाइ अङाल्दै आफ्नो छाती मेरो शरिरमा टसाइन । तिब्र गतिमा गुडिरहेको गाडिमा सबैजसो निदाएका थिए । इशाहरु भने टाढा टाढाको सिनहरु खिच्दै गफिदै थिए । मलाइ भने एक तमासले मुटु चस्किरहेको थियो । मन बिचलित भैरहेको थियो । भगवान को बरदान त होला कसैलाइ कस्तो जीवन त कसैलाइ यस्तो पिडादायी ! उनी मस्त निन्द्रामा थिइन । सायद कसैको न्यानो अङ्गालोमा यसरी उन्लाइ पनि त अङ्गालिन मन थियो होला यो उमेरमा । यौवन ले कस्लाइ छुदैन होला र युवा अवस्थामा । उनी केवल हिड्न मात्र नसक्ने थिइन तर उन्का अरु शरीर र अङ्हरु भने सक्रिय थिए । उनी गाडिमा बसेको बेला लाग्दैनथ्यो उनी अपाङ्ग हुन । दयालु अनुहार , चम्किला नयन र भरिलो ओठ र पुस्ट परेर उठेको रसिलो छातिले उनको यौवनलाइ फक्राइरहेको थियो । उनी फुल्दै गरेको गुलाव जस्तै आकर्षक देखिन्थिन । गाडी चलाउदै गर्दा ड्राइभरका आँखा भने शान्तीको शरिरमा सलबलाइरहेका थिए । मैले नदेख्दा उ प्राय यतै हेरिरह्न्थ्यो र झट्ट अगाडि फर्किन्थ्यो । मलाइ भने आफ्नो प्यारो बच्चालाइ अङ्गालेर अन्कमाल गर्दै निस्चल प्रेमको भावले छोपेको भन्दा अरु मन्मा केही उब्जिएन । शान्तीलाइ के भैरहेको थियो त्यो मलाइ जान्नु पनि थिएन । तर उनी भने गहिरो निन्द्रामा थिईन । सायद जिवनको अबिस्मरणिय पलको सपना देख्दै थिइन ...........
गाडी ले एक्कासी ब्रेक लाउदा गाडी बेस्मारी झ्याकियो , अगाडी हुत्यायो सबैलाइ , ! सबै डरले चिच्याए । सेकेन्ड भरमै सबैको निन्द्रा कुलेलाम ठोक्यो । शान्ती डराएर झन मलाइ च्याप्प समातिन । यसरी उनी झ्याक्किएर हुत्तिदा दुबै हातले उनलाइ चरप्प समाते ! उनी नागबेली बेरिएझै मेरो शरिरमा बेरिइन ।
सबैले हल्ला गर्न लागे ।
के भयो ? के भयो ?
नअत्तिनुस घुम्टिमा बाइक आएको रहेछ ओरालोमा उस्को ब्रेक लागेन त्यसैले इमर्जेन्सी ब्रेक लगाउन पर्यो आत्तिनु पर्दैन । बल्ल राहतको श्वास फेरे सबैले । हतपत मेरो शरिरमा कस्सिएका हात फुकाउदै सरि सर भन्दै पर सर्ने कोसिस गर्दै थिइन शान्ती ।
ड्राइभर ले सुझबुझले ज्यान बचाइदिएको भन्दै सबैले उसैको तारिफ गरे । नत्र त गाडी सयौ मिटर तल भिरमा पुग्ने थियो । मान्छे त खोजेर पनि भेटिदैनथे होला ! सबैले त्यो तलको भिर नियालेर हेर्दै राम राम भने । आज मनकामना माताको शक्तिले हामी बच्यौ भन्दै सबैले मनकामना माताकी जय जय को आवाज निकाल्न थाले । बालबाल बचियो भन्दै सबैले राहतको श्वास फेरे । कोइले त आत्तिएर पानी पिउन थाले । गाडी साइडमा लगाय ड्राइभरले । एउटा पुरानो बोतल निकालेर घटघट्टती पानी पिए । बाफ्रे भन्दै पसिना पुसे र एक तमास ले मन्दिर पट्टि फर्केर हेरिरहे ! मौन भएर ।
शान्तीलाइ पनि प्यास लागे जस्तो लाग्यो मलाइ । झोलामा रहेको फ्रुटी निकालेर दिए ! लिन इन्कार गर्दै थिइन तर मलाइ आफ्नै दाजु सम्झिदा हुन्छ भनेपछी मात्र उनी बल्ल पिउन लागिन ।
डर र लाजले फेरि आफुलाइ अलिक पर सार्ने कोसिस गर्थिन । यसरी बारम्बार ठोकिदा उन्लाइ अलिक असहज भएको महसुस गरे म । शान्ती जि केही अफ्ठ्यारो मान्नु पर्दैन तपाइले । म पनि हजुर को एउटै परिवारको दाजु जस्तै त हो । मलाइ दाजु सम्झिनु होला ! बरु अफ्ठ्यारो भयो हजुर लाई अलिक वर सरेर बस्नुस न । यति भन्दा उनी नाइ भको छैन मात्र भनेर फेरि मौन बसिन ।
अब दश मिनेटमा पुगिन्छ भन्दै थिए सुमोका ड्राइभरले । नभन्दै लटरम्म फलेका सुन्तलाहरु हेर्दाहेर्दै मन्दिर को पार्किङ्ग मा पुगियो ।
सबै फटाफट निस्किएर मन्दिर तिर उक्लिन लागे । शान्ती भने आफ्नो खुट्टाले हिड्न सक्तिनथिन । उनको खुट्टा भनेको नै उनको व्हिलचियर थियो । सबै झरिसकेपछी हाइसका ड्राइभर र प्रेम भएर उनको व्हिलचियर गाडिको छ्तबाट ओरालिदिए । उन्को दाहिने हात समाउदै कम्मरमा सपोर्ट दिएर बिस्तारै उन्लाइ गाडिबाट उतारे यो दृस्य इशा ले बडो ध्यानपुर्वक हेरिरहेकि थिइ । शान्तीको पर्स भने अब इशाले मैले लगिदिन्छु दिदि भदै समाइ। उस्ले दिदी भनेर सम्बोधन गरेको यो पहिलो पटक थियो । त्यसो भन्दा शान्तीले पनि आफ्नै बहिनी भेटे जत्तिकै भयो भन्दै मुस्कुराउदै थिइन । अबुखैरेनिबाट हिडेदेखी उनको ओठमा मुस्कान छरिएको मैले देखेको थिइन । सायद उनी हिड्न नसक्ने भयदेखी को यो पहिलो पटक मुस्कुराएको हुनु पर्छ । मलाइ लाग्छ अब उन्को ओठमा केही मुस्कान र खुशिको बिजारोपण भएको हुनुपर्छ । त्यसैले त आज शान्ती ले खुशिको अंकुर यहाँ मनकामना मा पोखिइन ।
कुनै बेला म र प्रेम त कुनै बेला ड्राइभर र डोले ले गरि पालैपालो बोकेर शान्तीलाइ मन्दिरमा लग्यौ । उनी यसरी सकुसल मन्दिर आउन सकेकोमा निकै प्रफुल्लित देखिन्थिन । साइडको पसलबाट पुजा सामाग्री किनेर उनी पनि मन्दिर तर्फ लाग्दै थिइन त्यहा सुरक्षामा खटिएका सुरक्षागार्ड हरुले शान्तीलाइ मन्दिर भित्र र परिसरमा पुजा गर्द हिड्न मद्दत गरे । हामी पनि पुजा सक्यौ । सत्रौ शताब्दीमा प्यगोडा शैलिमा बनेको यो मनकामना मन्दिर नेपालमा निक्कै प्रख्यात छ । यहाँ मागेको मनोकामना माताले पूरा गरिदिनु हुन्छ भन्ने बिश्वास सवैमा छ । करिव आधा घण्टा पछी त्यसरिनै सवै मिलेर शान्तिलाइ सुमोको सिटमा ल्यएर राख्यौ । सबैजना अब गाडिमा बसेर फर्किने तयारी भयो । गाडी आफ्नै सुरमा बिस्तारै ओरालो लाग्यो । मन्दिरबाट फर्किदा सबैका अनुहार उज्याला र फ्रेस देखिन्थे । मनकामना माता सङ्ग शरण परेर आफ्नो मनको इच्छा पुरागरिदिनु भन्दै माताको चरणमा माथा टेकेकोमा शान्ती पनि निक्कै खुसी देखिन्थिइन ।
फर्किदा भने बिस्तारै शान्तीले कुरा गर्न लागिन । उनी आफै बोल्दा मलाइ पनि निक्कै खुशी लाग्यो । तर मन्मा भने उनी बारम्बार आत्महत्या गर्ने प्रयास गरेको र मनकामना मातालाइ अन्तिमपटक भेटेर फर्किने भन्दै निरुता लाई भनेको कुराले बारम्बार मन बिथोल्न लाग्यो । अब शन्ती ले यस्तो काम नगरे हुदोहो । मन्मा आत्महत्या गर्ने सोच नबनाए हुदोहो । माता मनकामनाले शान्तीलाइ रक्षा गरून् । तिन्लाइ जिवनको सत्मार्गबाट सजिलै पार गराइदिउन । एक दिन यो समाजमा उदाहरण बनेर समजका कु-दृस्टि लाई चिरेर एक नमुना बनेको देख्न पाइयोस । मैले मेरो लागि भन्दा पनि मनकामना माताको शरणमा आज यहि वरदान मागे शान्तीको अपुरो जिवनको लागी .......
यस्तो घटना कहिले भएको हजुर लाई ? जन्मिदै कि पछि ? मेरो प्रस्न नसकिदै उन्को जवाफ थियो - पाच बर्ष भयो ।
कसरी ? मैले सोधे
उनी मौन थिइन , सायद बताउन चाहिनन ।
- सायद इस्वर दादहरुले सहयोग नगरेको भए आज म यो दुनियामा रहन्न्थे होला । उहि्ल्यै पाच बर्ष पहिला नै मरिसक्थे होला । यसरी हजुरहरु सङ्ग भेट हुन्थेन होला । सङै मनकामना जान पाइदैनथ्यो होला । उनी एकोहोरो आफ्ना दुखान्त पोख्न थालिन । उनले यसो भनिरहदा मलाइ उनको वास्तविक नाम जान्न रहर जाग्यो । उन्को नाम शान्ती नै थियो या अर्कै ।
शान्ती जि हजुरको नागरित्ताको नाम के नि ? मैले सोधे
- रिता शर्मा । तर मलाइ सबैले शान्ती भनेर बोलाउछन । उत्तर आयो
म अचम्मित भए । म लगायत केही साथिहरु मिलेर करिव ९ लाख जति जम्मा गरेर रिता शर्मा को स्पाइनल सर्जरिको लागी सहयोग जुटाएका थियौ ठिक पाच बर्ष पहिला । तर अप्रेसन सफल भएपनी उनी हिड्न नसक्ने भइन भन्ने कुरा डक्टर को टिमले हामिलाइ जानकारी दिएका थिए । त्यतिबेला उनको लडेको र बिरामी अवस्थाको बिचलित अनुहार मैले बिर्सिएको रहेछु अहिले उनी निक्कै राम्री र विवेकशील भएकि रहिछन । म अचम्म परे ! मैले यो कुरा उन्लाइ बताइन कि म नै त्यो इस्वर पोख्रेल हु जुन हजुरको पाच बर्ष अघि एउटा अभियान चलाएर केही आर्थिक सहयोग गरेका थियौ । जस्को कारण आज रिता शर्मा लाई भेट्न मनकामना माताले यो अवसर जुटाइदिनु भयो । मलाइ निक्कै खुशी लाग्यो । मलाइ अब शान्तीको आमा बुवा सङ्ग भेट्न मन लाग्यो । म निक्कै बेर केही बोलिन । शान्ती पनि यताउता हेर्दै थिइन ।
हामी अबुखैरेनी पुग्यौ । शान्तीले म यहि उत्रिन्छु भन्दै थिइन । एकपटक निरुता सङ्ग पनि भेटेर जान्छु भन्दै थिइन । मलाइ अब यो अवस्थामा शान्तीलाइ एक्लै छोड्न मनले मानेन । म लगाएत हाम्रो टिम सबै अबुखैरेनिमै उत्रियौ । अपरान्ह चार बज्न लागेको थियो । भोकले गर्दा सबै आत्तिएका थिए । शान्तीलाइ डोलेले बोकेर रेस्टुरेन्टमा लग्यो । प्रेम र म व्हिलचियर लाइ ओरालेर लगिदियौ रेस्टुरेन्ट भित्र । शान्तीले इशालाइ आफुलाइ बाथरुम लागेको कुरा गरिछन । इशाले शान्तीलाइ वासरुम जान मद्दत गरिन । अबुखैरेनिबाट मनकामना जानेबेला निरुताले फर्किएपछी मलाइ यो नम्बरमा फोन गर्नु होला शान्तीलाइ म चितवन फर्किने व्यवस्था मिलाइदिन्छु भनेको हुदा म निरुतालाइ हामी थकाली भान्छा घरमा रहेको जानकारी गराए । उनी आफू नजिकै को दुरिमा रहेको र तुरुन्तै आउने भनेर फोन राखिन । हाम्रो खाना को अर्डर नआउदै निरुता आइपुगिन । उनी खाना खाएको र आफुले चिसो मात्र पिउने भन्दै खाना खान मानिनन ।
हाम्रो टिम भोलि १२ बजे स्पेसल रिपोर्टिङ गर्नको लागि गोर्खा हिडेको थियो । भोलि बिहान जसरी पनि गोर्खा पुग्नु पर्ने थियो । साझ सल्लाहा गरेर सङै सबैजना यहि अबुखैरेनिमा बस्ने र बिहान ५ बजेको गाडिमा गोर्खा जाने प्लान गरियो । प्रेम , इशा , डोले , शान्ती र म निरुताको कोठामै बसियो । रातभरी कोइ सुतेनन । जीवन के कसरी पनि बाच्न पर्दो रहेछ भनेर शान्तीले आफ्नो यो पाच बर्षमा भोगेको भोगाइ सुनाउदा सुनाउदै कतिबेला आशुमै डुब्थिन त कतिबेला रुदारुदै बेहोस हुन्थिन । समाज ले हेर्ने दृष्टि , अपहेलना र हरेक को नजरबाट हेपिनु पर्दा को पीडा सुनाउदा इशा पनि कम रोएकी थिइन । निरुता का आँखा सुन्निएका थिय । जब रुदारुदै बेहोस अवस्थामै घरिघरी हिक्क हिक्क गरेको शान्तीको यो पिडाको आवाज र वेदनामा आँसु देख्दा प्रेम र डोले पनि आफुलाइ सम्हाल्न सकेनन । प्रेम भन्दै थियो - दाजु यस्तो दु:ख त शत्रुलाइ पनि नपरोस जुन अवस्था शान्ती जि लाई परेको छ ।
शान्ती रुदै सुनाउदै थिइन । समाज र अरुको त के कुरा गरौ नौ महिना कोखमा राखेर हुर्काएर जन्मदिएकी मेरि आमाले बारम्बार " यो रन्डी उतिबेला नै मरेको भय " आनन्द हुने थियो । दुख पाई आफुले पनि अरुलाइ पनि यस्को टन्टा सधै भन्दै सराप्दै गरेको कुरा सुन्दा आफुलाइ रोक्न सकिन सम्झिय मेरि आमालाइ । हाम्री आमा कहिले कसैलाइ यस्तो भन्नू भयन कति माया गर्नु हुन्थ्यो तर आज हामिले आमालाइ माया दिने समयमा आमा रहनु भयन । ती आमाको कोखबाट भन्दा बरु शान्ती मेरो आमाको कोखबाट जन्मिएको भय आज यस्तो अवस्थामा सायद देख्नु पर्दैनथ्यो होला । मेरो आमा यसरी सत्तेसराप गर्नु हुदैनथ्यो । हामी दाजुभाइ कति धेरै माया दिन्थ्यौ । शान्तीको हरेक पाइलामा खुट्टा बनेर उभिइदिन्थ्यौ । खै आज त्यो शर्मा परिवारको आफ्नो छोरि प्रतीको माया मोह , खै त आमाबुवाको प्यार , खै त दाजुभाइको स्नेह । खै त्यो समाजको सु - दृष्टि मलाइ यो परिवार , यो समाज र ती दाजुभाइ प्रती घृणा लागेर आयो । एकपटक शान्ती सङै उन्को घर गएर आमा बुबा , दाजुभाइ र त्यो समाजलाई भेट्न मन लाग्यो । आज आफ्नै घरबाट अपहेलित हुनुपर्छ भने त्यो छोरीलाइ भोलि त्यो समाजले कस्तो नजरले हेर्ला ! भोलि यस्तै अरुपनी शान्तीहरु जन्मिएलान देशमा । उनिहरुको भबिस्य कतातिर मोडिएला । यस्तो शरीर हुदापनी शान्ती प्रती हिम्मत , जोश जागर र मिहिनेत देख्दा मलाइ अत्यन्तै दया लाग्यो ।
म भोलि को गोर्खा रिपोर्टिङ को लागी नजाने मन बनाय । सबैले सल्लाहा दिए र उनिहरु बिहान पाच बजे गोर्खाको लागि बिदा भय । म र शान्ती करिव आठ बजे निरुता सङ बिदा लिएर चितवन तर्फ लाग्यौ । बसमा यात्रा गर्दा म धेरै कुरा सम्झाय शान्तीलाइ । म त्यो अभियन्ता इस्वर दादा हो भनेर चिनाइन । उन्लाइ जीवन र जिन्दगी को बारेमा निक्कै उदाहरण देखाय । उन्लाइ कहिले आफुले हार मानेर आत्महत्या नगर्ने कसम खुवाय । समय ले साथ दिएसम्म सक्दो सहयोगको आस्वासन दिएर उन्लाइ थोरै भयपनी उनको जिवनमा खुशिको रङ्ग हरु भरिदिने मन बनाए । उनी पनि आफ्नै सम्झेर अङालोमा निदाउन पुगिन । रातभरको निन्द्रा ले गर्दा होला शान्तीले निक्कै टाउको दुख्यो भन्दै थिइन । आफ्नै ब्यागबाट प्यारासिटामोल निकालेर खुवाय । तिमिलाइ सधै भरी यसरी नै आवस्यक र अफ्ठ्यारो पर्दा सहयोग र साथ दिन पाइयोस , यत्ती नभन्दै शान्ती झन झम्टिएर रुन लागिन । मलाइ निक्कै पीडा भयो । त्यो रुवाइ र आशुले मलाइ पनि चुर्लुम्मै डुवायो । आफुलाइ कति कन्ट्रोलमा राख्न खोज्दा खोज्दै पनि सकिन कताकता बाट हिक्क हिक्क को आवाज फुस्कियो । वल्तिर पल्तिर हेरे सबै यात्रुहरु निदायका थिए । हतपत आफुलाइ सम्हाले किनकी शान्तीलाइ सम्हालेर उनको आमा बुवाको काखमा छोड्नु थियो र उहाहरुलाइ म नै हो तपाइको छोरिलाइ पाच बर्ष पहिला अस्पतालमा सहयोग गर्ने इस्वर , जस्ले गर्द आज यो संयोग र मनकामना माताको आशिर्वाद ले भेट गरायो भन्नू थियो । उहाहरुको छोरी प्रतिको व्यबहार मा पतिवर्तन ल्याउनु थियो , दाजुभाइलाइ बैनिप्रतिको स्नेह र माया सिकाउनु थियो । जुन समाजले आज घृणा गरेको छ त्यही समाजमा शान्तीलाइ एउटा उदाहरण बनाएर पारदर्शी एइना बनाउनु थियो त्यसैले यो यात्रा लामो थियो ........
" शान्ती " True Love Story
क्रमशः
By - Shiva Bashyal
30 september / Mumbai

No comments:
Post a Comment