यही कल नै आखिरी हो। चुलिएका आँखाबाट आँसु नपोखिएको कहा हो र तर उनले चाल पाउलिन भनेर आँसु लुकाउन बाध्य भए । सहानुभूति दिन सकिन । शब्दहरुको अभाव महसुस गरे । लाखौ कोशिष गरेता पनि म बोल्न सकिन मात्र सुनिरहे । बोल्न सक्ने अवस्थामा उनी पनि कहाँ थिइन र बाध्यताले बोलेजस्तो बोल्दैथिइन् । लाग्छ कि जीवनमा उनी अब फेरि कहिल्यै बोल्ने छैनन , यो बोली नै उनको आखिरी हो जस्तै लाग्यो ।
भन्दै थिईन - जीवनमा पहिलो पटक यसरी अस्पताल आए । सानोतिनो बिरामी पर्दा मेडिकल बाट ल्याएको औसधिले ठिक हुन्थ्यो तर खै अब त ठिक हुन्न होला । जटिल रोग पस्यो शरीरमा । बालबच्चा सानैमा टुहुरा हुने भय । आजसम्म एकदिन एकरात कहिल्यै एक्लै छोडिन तर आज बाबु नानीलाई मामाघर छोडेर म हस्पिटलमा एडमिट भए । तीन बजे मेरो अपरेसन छ मुटुको ।
आँखाको वरिपरि तिनै सन्तान मात्र देखिन्छन । म बाँचे त ठिकै छ यदि फर्किन भने ...........
उनी भक्कानिदै रुन लागिन , रुदा रुदै सुकेको घाँटीबाट रुवाइको आवाज बिस्तारै हराउदै जान लाग्यो , हिक्क हिक्क गरेको आवाज मात्र सुनिदै थियो । रुवाइको आवाजले चुलिएका आँखा यत्रतत्र पोखिन थाले । दिमागमा बे-मौसमको बादल लाग्यो । मन्मा अन्धकारको आधी चल्यो । आँसुका बलिन्द्र धारा नाक , ओठ र चिउडो हुदै घाटिबाट ओरालो लागे । काँपिरहेको मेरो हातबाट फोन फ्यात्त भुइमा झर्यो र फोन काटियो ।
त्यही नम्बरमा फोन गरिरहे । अह फोन लागेन । बारम्बार फोन गरिरहे तर केही समय पछि इरर ट्युन मात्र सुनियो ।
" तपाइले सम्प्रक गर्न खोज्नु भएको नम्बर स्विच अफ गरिएको छ "
एक्कासी घुमिरहेको दिमाग सङ्गै आँखा भित्ताको घडिमा पुग्यो । दिउसको दुई बजेको रहेछ । दिनहु जसो कुराकानी हुन्थ्यो तर यो भन्दा पहिला अर्चिताले कहिल्यै आफ्नो मुटुको समस्या बारे केही बताइनन । मुटुको अपरेसनको कुराले म ह्याङ्ग भए । आखिर आज किन एक्कासी यस्तो कुरा गरिन त्यो मलाइ थाहा भएन । मनले के के सोच्यो । चाहिने भन्दा बढी सोचाइमा दौडिन लाग्यो यो मन । खै किन किन .......
एकमनले सोचे सायद अर्चिता झुट बोलेको हुनुपर्छ । मलाइ डराउन दिन र मेरो मन बुझ्न पनि त यो नाटक रचेको हुन सक्छ । तर त्यस्तो कुनै अवस्था नै थिएन कि अर्चिताले यो सप गर्नु पर्ने आखिर किन ... ?
सम्भव थिएन जानपनि । समय बिल्कुल थिएन । अपरेसनको ठिक एक घन्टा पहिला मात्र अर्चिताले यो सप बताइन । यदि म पुग्न सक्ने समय राखेर बताएको भय पक्कै पनि जान्थे ! शरीर त्यहा पुग्न सकेन तर मन भने सेकेन्ड भरमै त्यही पुगेको थियो । आखिर यो सप सहि थियो या गलत ? नबुझी मन सम्हाल्न सकिन । सम्प्रकका अरु बाटा थिएनन , मात्र सोसल नेटवर्क बाहेक । म्यासेन्जर खोले तर अफलाइन भएको तीन घन्टा भैसकेको देखायो ।
म्यासेज गरे ।
अफलाइन रहेछ । म्यासेज गएन ।
म्यासेन्जरमा म्यासेज जावोस पो कसरी । म्यासेज पनि तेसै ह्याङ्ग भएर अड्कियो , जसरी मेरो दिमाग ह्याङ्ग भएको थियो अर्चिता को मुटुको अपरेसनको कुराले ।
साच्चै अर्चिताको मुटुको अपरेसन होला त ? हजार प्रश्नले डेरा हाल्यो मनमा । भयावहका प्रश्नले उठ्न नसक्ने गरि थिचिए म । साहस र धैर्यता गर्ने म मा कुनै सामर्थ थिएन ।
होस पनि त कसरी ?
यी कुनैपनी प्रश्नको उत्तर म सङ्ग थिएन । यदि अपरेसन सफल भएन भने नि ? फेरि मन बिचलित भयो । हातमा मोबाइल र दिमागमा अपरेसनको कुराबाहेक केही साथमा थिएन । फेरि फोन उठाए र आखिरी पटक ट्राइ गरे तर .....
यो पटक पनि उहीँ इरर ट्युन मात्र । समय छोटिदै थियो । यदि अर्चिता सहि बोलेकी थिइन भने अपरेसनको लागी मात्र पन्ध्र मिनेट बाकी थियो ।
एउटा भयाङ्कर आक्रमणको शिकारमा मुसिएको घाइते झै म अनियंत्रित हुँदै जान थाले । घडिको सुइ बाहेक अरु केही देखिन छाड्यो । यो पन्ध्र मिनेट पनि अब पन्ध्र दिन झै लाग्न थाल्यो । जब सुइको काँटा तीन बज्नको लागी नजदिक थियो तब मन्ले भगवान लाइ पुकार्यो ।
पुजाकोठामा पसे । अगरबत्ती बालेर अर्चिताको नाममा भगवानसङ्ग हात जोडेर प्रार्थना गरे । उनको स्वास्थ लाभको कामना सहित छिटो सम्प्रकमा आइदिन पुकारे ।
एक्लै रोए ।
एक्लै चिच्याए ।
मेरो चीत्कार सुन्ने केवल बन्द कोठा र ढुङ्गाका देवता बाहेक अरु कोइ थिएन । भगवानले सुने या सुनेनन त्यो त के था तर मानिस जव एक्लो हुन्छ र विषम परिस्थितिको चपेटमा रोमलिन्छ उस्को नजिक भगवान बाहेक अरु कोइ आउदो रहेनछ ।
बिउँझिदा तिन बजेर चालीस मिनेट गएको रहेछ । म त पुजा कोठामै बेहोस भएछु करिव अड्तिस मिनेट जति ।
मुख सुकेर च्यापचाप्ती भएको थियो । आँसुले भिजेको नुनिलो ओठ मा एकमुठी पानीले छ्यापे , मुख खोकले , आँखा , हात , खुट्टा सबैतिर चिसो पानीले पखाले । घाँटी सुकेर थुक सम्म नआउने भएको थियो । गिलासभर पानी पिए ।
बल्ल केही हद मन स्थिर भयो । दिमाग उहीँ बर्शौ पुरानो स्यामसुङ्ग को फोन झै ह्याङ्ग थियो ।
फेरि फोन गरे तर लागेन । अह फोन लाग्दै लागेन ।
आमा बिनाको बच्चा कति बिचलित हुनेछन । समाजले हेप्ने , साथिभाइले होच्याउने , आफन्तले गिज्याउने यो समाजमा थुप्रै उदाहरण जिवित थिए ।
अर्चिता लाई ठिक भएन भने नि ? ती साना बाबूनानी कहा के गर्लान । न बुवाको माया पाए , न त आमाको काख ! मन फेरि भरिएर चुट्यो । लाग्दैछ अब सायद यो ओठमा हासो र मनमा खुशी कहिल्यै फर्किदैन .................
" अर्चिता "...........!
चिच्याउन मन लाग्यो । बेस्सरी चिच्याए । कोठाकोठाको कुना कुना सम्म नाम ठोकिदै आवाज घुम्दै थियो । अब यो कोठामा अर्चिता को नाम र म बाहेक कोइ थिएन । न मन्मा । न त मस्तिष्कमा ।
सम्झिए हाम्रो चिनजानको त्यो क्षण । एकदिन अफिसबाट फर्किदै थिए । एउटा अपरिचित नम्बरबाट " मिस्डकल "आयो । वास्ता गरिन । एक घन्टापछी फेरि उहीँ नम्बरबाट मिस्डकल आयो । मतलप लागेन । काम परेको मान्छेले फोन गर्नु पर्दछ । मिस्डकल मात्र गर्नेहरुको पछि के लाग्नु । राती खाना खाएर सुत्न लागेको थिए । दस बज्न लागेको थियो फेरि त्यही नम्बरबाट मिस्डकल आयो । कोइ चिनेको मान्छेले नै होला सायद ब्यालेन्स नभएर पनि त हुन सक्छ । सबै कल गलत हुदैनन र सबै मान्छे । केही अफ्ट्यारो परेर पनि हुन सक्छ ।
मन्मा शंका पस्यो ।
फोन गरे ।
हेलो ... तीन पटक यो नम्बरबाट मिस्डकल आएको थियो ।
- तपाईं कहाँ बाट को बोल्दै हुनुहुन्छ ?
- अर्चिता शर्मा ! भतपुर चितवन बाट हो ।
- हजुर नि ?
- म राजेश अधिकारी ! कृष्णनगर चनौटा ।
किन यसरी फोन गरिरहनु भएको थियो ( बोल्न नपाइ सोधेको थिए )
- मोबाइलमा यो नम्बर सेभ थियो । पुरानो साथी अस्मिताको झै लागेर गरेकी थिए । गल्ती भएछ माफ पाउ ।
- बोल्ने कुनै बाटो नराखी शब्ध तेर्साएर अर्चिता साइड लागिन निर्दोष बनेर । केही भन्न सकिन । हवस मात्र भने र फोन काटिदिय ।
आफ्नै काम , समयको अभाव , पारिवारिक चपेट र ब्यबहारिक गन्जागोलमा थन्किएको म खासै फुर्सत कहाँ थियो र । बेफुर्सतिलो थिए म । फुर्सत निकाल्न पनि अफन्तमै केही अर्जेन्ट भयमात्र त्यो समय आउथ्यो । नत्र ।
म यो सप बिर्सिए। अर्चिता को थिइन ? किन फोन गरिन ? साच्चै गल्तिले मिस्डकल गरिन या जानीजानी ? गल्तिले मान्छेले एकपटक मात्र मिस्डकल गर्छ तर यहाँ एउटै नम्बरबाट तिन पटक आएको थियो । मन्मा चिसो पस्यो । शंका का अनेक बाटाहरुले पछ्याउन थाले । एकपटक त फेरि फोन गरु जस्तै लाग्यो । उनको बारेमा सोधपुछ गर्न । तर जरुरी लागेन । दार्जिलिङ को गोर्खाल्यान्डमा भएको आन्दोलनले उग्र रुप लिएको थियो । न्युजपेपर , टिभी , अनलाइन पत्रीका , सोसल नेटवर्क जताततै त्यही समाचार मात्र ।
एक साँझ फेसबुकमा न्युज हेर्दै थिए । म्यासेन्जरमा मिस्डकल आयो । अर्चिताको नाम बाट रहेछ । प्रोफाइल खोले सानो बच्चाको तस्बिर राखिएको रहेछ । कता कता शंका लाग्यो उहीँ मिस्डकल हान्ने अर्चिता शर्मा त होइन ? अब भने चिन्ने उत्सुकता ले डेरा हाल्यो र म्यासेज गरे ।
- तपाई कहाँ देखि ?
- भरतपुर चितवन ( उत्तर आयो छिनभरमै )
- के तपाईं मलाइ चिन्नु हुन्छ र ?
- चिन्छु । तपाईं कृष्णनगर बाट राजेश अधिकारी होइन र ? [ सजिलै प्रश्नको उत्तर आयो ]
- हो ! कसरी चिन्नु भयो ? [ जान्ने उत्सुकता ले साउती मार्यो ]
- केही दिन पहिला हाम्रो कुरा भएको थियो । फेसबुकमा अनलाइन देखेर फोन गरेकी थिए तर काटियो फेरि गर्न हिम्मत जुटाउन सकिन ।
- केही काम थियो र ? ( कुरा लम्ब्याउने सोचमा प्रश्न तेर्स्याए )
- नाइ होइन यत्तिकै ! Sorry
- हैन sorry भन्नू पर्दैन के नै गल्ती गर्नु भएको छ र ?
- फेरि पनि कता कता गल्ती गरेकी जस्तो लाग्यो र मात्र ! अन्यथा नलिनु होला ! शुभ-रात्रि
फोन काटियो । मोबाइल मा मिस्डकल , म्यासेन्जरमा मिस्डकल , कुरा बुझ्न गार्हो पर्यो। समय सङै मान्छे आजभोली निक्कै परिवर्तन छन । सोसल नेटवर्क आजभोली ब्यापार को मुख्य केन्द्र नै बनेको छ । मान्छे फसाउने खबर दिनहु जस्तो आएका छन । एक कल , एक बोली , एक दिनमै म कसरी अर्चिता का हरेक कुरालाइ बिश्वास गरेर उन्को मिस्डकल लाई यति सजिलै माफी दिए । आफै अडिक नभएर कतै म चिफ्लिदै त छैन ? आफैलाइ आफैले प्रश्न सोधे तर यस्को उत्तर भने भेट्टाउन सकिन ।
तीन दिन पछि म्यासेज गरे ! अर्चिताको बारेमा सबै सोधे । उन्ले हरेक कुरा सहजै बताइन । कुरा गर्दै जादा घन्टौ बित्यो तर कुरा सकिएनन । राती अबेर हुन लाग्यो । भोलिको अफिस । म नै फोन राख्ने अनुमती मागे । फेरिको दिनमा कुरा गर्ने बाचा सहित त्यो रात छुट्टियौ । हरेक रात यसरी नै कुरामा बित्न थाले । अर्चिताले एकपटक भेट्ने रहर छ भन्दै थिइन । समयको अभाव ले केवल कुरैमा मात्र बर्षौ बितेछ पत्तो भएन । कतिपटक भिडियो कलमा कुरा गर्ने प्रस्ताव राख्दा पनि उनी आफ्नै एउटै कुरामा अडिक रहिन । हामी प्रत्यक्ष भेट्नेछौ । जुन दिन तपाइको समय मिल्नेछ ।
अनुशासन को सिमा नाघेर उनी कहिले अगाडी लागिनन । सदैव सम्मान , आदर र सत्कार ले मात्र सम्बोधन गर्ने अर्चिता सोचे भन्दा फरक थिइन । मलाइ उन्को हरेक कुरामा बिश्वास लाग्न थाल्यो । बच्चाहरुको भविस्यको बारेमा लिएर सधैजसो कुरा राख्थिन । जानेको कुराहरुले सम्झाउने प्रयास गर्थे ।
"आजको दिन राम्रो बनाउने सोच राख्नु पर्दछ , भोलिको सुनौलो बिहानी रोशनी बनेर उदाउनेछ " भन्दै जादा , सम्झाउदै जादा उनी हरेक पटक एकोहोरो भन्ने गर्थिन जीवन सायद लामो आयु लिएर आएको छैन यदि म रहिन भने पनि यी बच्चाहरुको भविस्यमा आइपर्ने अनेक बाटाहरु मध्य सहि दिशा निर्देसन गरिदिनुहोला भन्दै सुकसुकाउथिन अर्चिता । गाली गर्थे । जीवन कसैको पेवा होइन , चाहेर पनि आफुले मागेजती राख्न सकिँदैन । जानू त छ एकदिन तर कोइ छिटो त कोइ ढिलो । मान्छे मरेपनी उस्को आत्मा मर्दैन । फेरि अर्कै रुप धारण गरेर उ जन्मिनेछ । कोइ अतीतमा त कोइ बिगतमा ।
खै मलाइ थाहा भएन । अर्चिता सधै प्रायजसो खिन्न र दुखी मनमा बल्झिरहन्थिन तर कहिल्यै आफ्नो ब्यक्तिगत दु:ख भने पोखिनन । केवल पारिवारिक र सामाजिक कुरा बाहेक । समय अनुसार चल्न गार्हो छ । बढ्दो महङ्गी , साथिभाइ र समाजको तडकभडक अनि कम्पिटेसन को दुनियाले गरिवलाइ खर्ल्याप्पै निल्यो । गरिवि निवारणका अनेक प्रायोजना सरकारले ल्याएतापनी तिनी सबै क्षणिक भए । देशको ढुकुटी रित्याउनु र जनताको आँखामा छारो हाल्नबाहेक कसैले उखरपट्टो लगाएनन । चाहे गणतन्त्र आवोस या लोकतन्त्र । आफ्नो दु:ख सधैको पैतालामुनी अरुको दु:ख सधै पहाड । खै के खै के ।
अर्चिताको त्यो चिनजान लाई बल्ल नजिकबाट महसुस गर्न लागे । उनले भनेका एक एक शब्दहरु मन , मस्तिष्क र मुटुमा सलबलाउन थाले । साच्चिकै उनिसङ्ग प्रत्यक्ष भेट्ने , देख्ने कुरा के कुरैमा सिमित रहला त ? हरेक कुराहरु र गरेका बाचाहरु अधुरै रहलान त ? यो भन्दापनी अझ ठूलोकुरा ती बच्चाहरुको बिचल्ली हुने भयो । टुहुरा नानिबाबु बेसहारा हुने भए । कोपिला हाल्दै गरेको सुनौलो भविस्य माली विनाको बगैचाको फूल झै ओइलाउने भयो । अर्चिताले हरेकपटक भनेको त्यही एउटा कुरा मात्र दिमागमा घुम्न थाल्यो । बच्चाहरुको सुनौलो भबिस्यमा ध्यान राख्दिनु होला , सायद अब म धेरै बाच्दिन होला । अर्चिताका छोराछोरी मामाघर होलान या अन्तै अरु कसैको घरमा ? अर्चिताको मुटुको अपरेसन सफल भयो या भएन ? हरेक कुराहरु ले मनलाइ बिचलित बनाउदै लान थाल्यो । आज सातौ दिन बित्दापनि केही खबर आएन । न त फोन लाग्यो , न अनलाइनमा अर्चिता देखा परिन । मनलाइ सम्हाल्न गार्हो पर्यो । एकोहोरो अर्चिताको बारेमा मन्मा कुरा खेल्न लाग्यो । ति बच्चाहरुको भविस्यको बारेमा चिन्ताले खोतल्न लाग्यो । अब के गर्ने ? एकपटक जसरी पनि खोज्नु पर्यो ! भनेकै आधार अनुसार भरतपुरको अस्पताल गइ समय , मिती र नाम दिएर अर्चिताको बारेमा खबर निकाल्न सकिन्छ कि भनि चितवन जाने सोच बनाए । अफिसबाट पाच दिनको छुट्टि लिए । काठमाडौ जाने नाइट बसमा चडेर चितवन जाने योजना सहित बसको टिकट निकाले ।
कृष्णनगरदेखि काठमाडौ जाने बस रात्रि आठ बजे छुट्यो म सिट न : 11 A मा बसेको थिए । बस छुटेको करिव चार घन्टा जति मात्र भएको थियो । अर्चिताको त्यही पुरानो नम्बरबाट मिस्डकल आयो । सात दिनदेखि स्विच अफ रहेको नम्बरबाट एक्कासी मिस्डकल आउदा खुशिले गदगद भए । जे भएपनी अब अर्चिता ठिकठाक छनहोला जस्तो लाग्यो । चिन्ता र शंकाको डर केहिहद कम भएको महसुस गरे । केहिबेर त्यही मिस्डकल को नम्बर हेरिरहे । लाग्यो अब केही चमत्कार पक्कै हुनेछ । खुशिको सिमा नै रहेन । हतार हतार फोन गरे । दुई रिङ्ग् मै फोन उठ्यो । तर यहाँ अपरिचित आवाज थियो । यो आवाज अर्चिताको थिएन । अर्चिताकि सात बर्षकी छोरी मुनाको थियो । मदन त अझै फोन लगाउन र राम्रोसङ्ग बोल्न सक्ने भएको थिएन । एक तमासले स्वास रोकिएला झै भयो । आफ्नै शरीर चिसो सिताङ्गे भएर आयो । सेकेन्ड भरमै आफैमा हराए । म कहाँ छु या छैन केही थाहा पत्तो पाइन । म अर्धचेत झै भए । लाग्यो अब बिचल्लिको आपत आइलाग्ने भयो । यो बिपत घडिमा सम्झाउन सक्ने र सम्हाल्न सक्ने म मा कुनै जादुको छडी त थिएन । म पनि त त्यही हाड , छाला , मासु र कोमल मुटुले धड्किइरहेको र अक्सिजनले बाचेको मानव जातिको संबेदनसिल टुक्रा त हु । सहन नसक्ने कोमल मन , पत्रपत्र परेको कमलको फूल जस्तै । मानव जातिको जिउदो हिस्सा ! तर आफैमा मरे सरह लाग्न लाग्यो ।
- " बाबा " मामु हामिलाइ छोडेर टाढा जानुभयो । अब आउनुहुदैन गरे मामाले भन्नू भएको फोन काटियो.......
" बाबा "
म नि:शब्ध भए । म मा अब केही आट र साहस आएन । मन जीउँदै पोलिएझै दुख्न लाग्यो । हजारौ मानिसहरुले एकैपटक ढुङ्गा ले हानेजस्तै लाग्यो । सयौं सुइया मेरो शरीरमा रोपे जत्तिकै सबै शरीर चस्किन लाग्यो । अब अर्चिता यो सन्सारमा रहिनन । उन्लाइ भेट्ने र प्रत्यक्ष देख्ने यो सपना अधुरो नै रह्यो तर यी बच्चा जस्ले आज फेरि उहीँ नम्बरबाट मिस्डकल गरेर " बाबा " भने !
म हजारौ फिट माथिको छागाबाट खसे सरह भए । अह हुन सक्दैन । यो सप एक चमत्कार भएर अर्चिता बाच्नु पर्दछ । मनले मानेन र फेरि फोन गरे । फोन उठ्यो अर्चिताका भाइ बोल्दै थिए र दिदिको मुटुको अपरेसन सफल भएन । आज तीन दिन भैसक्यो । दिदी रहनु भएन । डायल कलमा यो नम्बर सेभ रहेछ । भान्जिलाई भुलाउन मोबाइल दिएको थिए हजुरलाई मिस्डकल पो गएछ । Sorry
- तपाईं को नि ? ( भाइले प्रश्न थपे )
- " बाबा " तपाइकी भान्जिको आजदेखी ................. क्रमशः
तस्बिर स्रोत : गुगल 📌
[ समय सापेक्ष घटनालाई शब्दमा उतार्दा म पात्रले अभिनय गरेतापनी यो एक काल्पनिक थियो । अन्यथा लिएर अन्योलमा मा नरहनुहोला धन्यवाद ]
[ टुहुरो जिन्दगी ] Coming soon ...
BY - शिव बस्याल
१५ नोभेम्बर २०१९ , मुम्बई

No comments:
Post a Comment