Monday, 8 April 2019

प्रभातसँगै फेरिपनी उदाउँछ " अदिती अर्याल ज्ञवाली "-T99post

[ गजल ] ,

मन  दुखाउँछ  घरि-घरि  सताउँछ  म  के  गरुँ?
बिर्सुँ भन्छु उसको वाचा याद आउँछ म के गरुँ?

जसले सँगै सफर  गर्दा  मेरो खुट्टा काटिदियो,
काँडा बिझ्ला भन्दै चप्पल पठाउँछ म के गरुँ?

कहिले  नाकाबन्दी गर्छ, कहिले  सीमा मिच्छ,
छिमेकीले  यस्तै  हर्कत देखाउँछ म  के  गरुँ?

जन्माएर सन्तान सुख हुन्छ भन्ने सुनेकी थिएँ,
काखको छोरो सधैं मलाई रुवाउँछ म के गरुँ?

अस्ताउन मन थियो क्षितिजपारिको घाम जस्तै,
प्रभातसँगै  फेरि   पनि   उदाउँछ   म  के   गरुँ?



                                     अदिती अर्याल ज्ञवाली 
                                              काठमाडौ 

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...