चरचर्ती फुटेका कुर्कुच्चा मा रगत नबगोस भनेर त होलानी सवैले खाना खाएर सुतेपछी रापिलो अगेनाको छेउमा बसेर आमाले सल्लाको खोटोले हातखुट्टाका खाल्टा टाल्नु हुन्थ्यो। बुवाले दार काट्न जादा चिउरिको पातमा पोको पारेर ल्याएको सल्लाको खोटो दाहिने पट्टि पालिको भाटमा सिउरेर राख्नु भयको मैले दिउँसो नै देखेको थिए । टुकिको उज्यालोमा तेहि पोको खोज्दा खुर्पेटो खसेको आवाजले म बिउझिए । दिदीहरु मावल गएका थिए । भाइलाइ जोरो आएकोले सुतिरहेको थियो ।
के खसालिस ह ,, ? बुवाको यो चर्को आवाजले निन्द्रा टुट्यो । फेरिपनी निदाय झै गरि सुतिराखे त्यही मझेरिमा बिछ्याइ राखेको सुकुलमा ।
कता परेछ ? खुट्टा बाट रगत बगेर टेक्नै मिलेन !
फुटेको खुट्टा टालु कि भनेर खोटो खोजेको त खुर्पेटो खस्यो । आमाको यो मधुर आवाज कताकता टाढा बोलेको सुनिन्थ्यो ।
उता पट्टि पालिको खाबोनीर हो यता कहाँ हो र ! बुवा नजिकै बोलेको अर्को आवाज प्रस्ट सुनियो । आमा बुवाको यो गाइगुइ आवाजले गर्दा मसक्क निदाउन सकिन ।
हु,हु - हुति आमा एक्कासि रुन लाग्नु भयो ।
आमाको रुवाइले मेरो निन्द्रा पुरै उड्यो । सिरक बाट बिस्तारै आँखा खोलेर हेरे । अगेनाको छेउमा बसेर फुटेका खुट्टा आफ्नो काखमा तेर्साएर बुवाले रापिलो आगोमा खोटो पगाल्दै आमाका फुटेका कुर्कुच्चा टाल्दै हुनुहुन्थ्यो । यति नजिक भएर आमा बुवा बसेको मैले कहिल्यै देखेको थिइन । आमाको दुखाइमा बुवाको यो अघात माया देख्दा किन किन खै मन तेसै भक्कानियो । दुखाइ सहन नसकेर त होला आमा यो रातमा यसरी रोएको । दिनभरिको मेलो , घासपात गर्दा सजिलै हिडेको देखेको थिए । दिउसोमा त कहिल्यै आमा रोएको सुनिन तर आज यो मध्य रातिमा आमा बेस्सरी रोएको प्रस्ट देखे । आगो फुक्दै गर्दा उडिरहेको खरानि यतै पनि आइरहेको थियो । आमा सुक्सुकाउदै भन्दै हुनुन्थ्यो - सुस्त फुक्नुस न केटाकेटी उठ्लान ।
खै किन होला आमा दुखाइ सहन नसकेर हो या अन्य कारणले रुनु भएको थाहा भएन । केटालाई सन्चो भएन । जोरो झन बढेको छ भोलि दबाइ गर्न लानु पर्यो । आमाले दवेको आवाजमा डराइ डराइ बुवालाइ यो कुरा भन्दै हुनुन्थ्यो । भटमास लिएर जा र बेचेर केटालाई दवाइ गरेर आइज । यत्ती भनेर बुवा अगेनाबाट उठेर बिस्तारमा जानू भयो । तर आमा भने अगेनाको छेउमै बसेर ओसिएका आँखा पुस्दै एकोहोरो टोलाइरहनु भयो , खै कुन्नी किन .......
त्यसपछि भने बुवा केही बोल्नु भएन , बोलेको सुनिन । आमा निक्कै बेर अगेनाको छेउमै बसेर रोइरहनु भयो र बिस्तारै उठेर भाइको निधार छाम्नु भयो । लोटामा रहेको पानीमा आफ्नो ओएलको पछ्यौरा चोपेर निचोर्दै भाइको निधारमा सेकेको मैले देखे । त्यो रात आमाले बत्ती निभाउनु भएन । केही बेरपछि आमा भाइको आडैमा सुत्नु भयो । भाइको देब्रेपट्टि म सुतिरहेको थिए निदाएजस्तो गरे । आमा बिचबिचमा उठेर भाइको निधार छाम्नु हुन्थ्यो । बिचमा भाइले सिरक फाल्यो र बेस्सरी रुन लाग्यो । अस्पटायो निक्कै । भाइलाइ बर्ता भयो । आमा फेरि उसैगरी लोटाको पानीमा पछ्यौरा चोपेर निधारमा सेक्न लाग्नु भयो । बुवा भने फेरि त्यो रात उठ्नु भएन । निदाउनु भयो या भएन खै ।
रातिनै आमाले एउटा बोरामा भटमास बानेर ठिक्क पार्नु भयो । बुवाले भटमास बेचेर दबाइ गरेर आइज भन्दै सुत्न जादा भनेको कुरा सुनेको थिए । आमा त्यो रात निदाउनु भएन । त्यो रात घरमा बत्ती निभेन । तर कत्तिबेला निदाएछु । बिउझिदा आमाले बानेर राखेको भटमासको बोरा त्यहा थिएन । यताउती हेरे न आमा हुनुन्थ्यो न त भाइ थियो बिस्तारामा । चिसोको सिरेटोले आखा सुन्निएका थिए । बुवाले मनतातो पानीले आखामा लागेका कचेरा पखालिदिनु भयो र गाग्री बोकेर पानी लिन जानू भयो । म पालिको भाटामा सिउरिएको चिउरिको पात लाई लठ्ठीले घोचेर झारे र आफ्नो खुट्टामा दले । खुट्टा अररो भयो ! च्याप च्यापति सल्लाको चोप लाग्यो । आगनमा गए । भुइको माटो सरलक्कै टासिएर खुट्टो बाक्लो भयो । त्यसपछी म आगनमा बेस्सरी उफ्रिए बुवा पानी लिएर घर नआउन्जेल ।
बाल्यकालको यो एक हृदयवारक दृस्य आजपनी आखाको वरिपरि नाचिरहन्छ । आमाका खुट्टा फुटेर रगत बग्दा पनि आमाले मलाइ दुख्यो टेक्न मिलेन दवाइ गर्न लैजानु कहिल्यै भन्नू भएन । तर भाइलाइ जोरो आउदा रातभरी नसुती पानी पट्टी लगाउदै रुदै बस्नु भयो । भटमास बेचेर दवाइ गर्नु पर्यो भनेर बोरामा भटमास र भाइलाइ बोकेर बजार छिर्नु भयो । कत्ती कारुणिक दृश्य थियो होला । तर म त्यो दृश्य देख्न पाइन । आमा घरबाट निस्किदा म निदाएको रहेछु । जानेबेला मलाइ उठाउनु भएन । उठाएको भए सायद म पनि पछि लाग्थे होला । मलाइ पनि बजार देख्ने निक्कै रहर थियो त्यो बेला ।
बर्षौ बित्यो । समय सङै हरेक कुरा परिवर्तन भयो तर आमाले गरेको माया , आमाको दु:ख र गरिबी जिन्दगीको रेखामुनी पिल्सिएको आफ्नै परिवारले आज केही स्टेप फड्को मार्दा पनि मलाइ भने उहीँ बर्षौ पुरानो आफ्नै पारिवारिक उल्झनहरुले तर्साइरहन्छ बेलाबेलामा ।
कसैले चाहन्न आमा गुमाउन । तर विधिको विडम्बना एकदिन यो धर्ती छोड्नै पर्दो रहेछ । सवैले एकएक गरि आफ्नो र आफन्त गुमाउनु पर्दो रहेछ । दु:ख लाग्छ नमज्जाले नै । कसैले कतैबाट आमा भन्दै बोलाउदा पनि आफ्नै मस्तिष्क टोलाउछ उहीँ चिताको आगोमा दनदनी बलेकी आमाको सम्झना आउँछ र मन भक्कानिन्छ । भनिन्छ बिगत बिर्सिनु पर्छ तर हरेक बर्ष एकतिस्टिमा श्राद्द गर्न कपाल मुन्डन गर्दा उहीँ आर्यघाट को सम्झनाले जिउदै जलाउछ । दशैको चटारो , विवाहको पहिलो बर्ष भारी लाने चलन अनि कोसेली बनाउदा छोराछोरीले खालान भनेर त होला उबेला पनि आमाले चाहिने भन्दा बढी रोटि र पक्वान हालेको तर ..........
दशैले सवैलाइ छोइसकेको थिएन ।
तर हाम्रो घर भने दशै आएजस्तै थियो । घर वरिपरि मिठा स्वादिष्ट रोटिहरुको पक्वान सुगन्ध मङमङ्ती उडिरहेको थियो । यो रोटि भाइको बिहेको भारी लैजान तैयार गरिएको थियो । सवै तैयार गरेर ससुराल लैजाने दिन बिहान आमा आगन अगाडि सिमिको कोसा टिप्न लाग्दा एक्कासी रिगटा लाग्यो भन्दै ढल्नु भयो । तुरुन्तै भाइले बोकेर आमालाई आगनको कुर्चिमा राखेको थियो । गुल्कोज पानी पिउनु भयो । रुमाल भिजाइ टाउकोमा राखिदिए । भाइलाइ जोरो आउदा आमाले आफ्नै पछ्यौरा भिजाएर पानी पट्टि गरिदिएको बेस्सरी याद आयो । केही बेर आमा आँखा चिम्म गरिरहनु भयो । बोल्नु भएन केहीपनि । पाच मिनेटमा आमा बल्ल बोल्नु भयो । अलि ठिक भयो । त्यो दिन आमाले मलाइ ठिकै छ अब आत्तिनु पर्दैन भन्नू भयो । सवै प्रकृया पूरा भयो । दशैको भारी लगियो । दशै मनाइयो । यो बर्ष खुप रमाइलो भयो । मलाइ कताकता आमाको बोलिमा फरक महसुस हुन लाग्यो । घरिघरी बोली लड्बडिन्थ्यो । एउटै कुरा पनि रिपिट त्यही कुरा दोहोर्याइ तेहेर्याइ भन्न लाग्नु भयो । मलाइ आमा अस्वस्थ भएको शंका लाग्यो । तुरुन्तै अस्पताल लगे । चेकजाच पछि स्वास्थ सामान्य रहेको र केही दिनलाइ औषधि दिएर आमालाइ रिफर गरिएको थियो ।
गरिविको छायाले पछ्छ्याइरहेको थियो। यो छायाबाट निस्किन सकिरहेको थिइन त्यसैले त स्वदेसी भुमी र अस्वस्थ आमालाइ छोडेर मन भारी बनाउदै अनेकौ सपना बुन्दै परदेशिएको थिए । बिचरा भाइले पनि त कहाँ चाहेजती पढ्न पायो र उ पनि त बाल्यकालमै परदेशियो नि म सङै ! बारम्बार आमाको चिन्ताले पिरोल्न लाग्यो । आफुले खाइ नखाइ , आफ्नो स्वास्थको पनि बेवास्ता गरेर यति दु:ख गरि हुर्काएको हामी अब आमालाई छोराको काख चाहिने बेला सगै हुन पाइएन । मन नभएर त होइन नि । के रहर थियो र ? यस्तै त थियो अधिकाम्स युवाहरुको पीडा । छोरासङ्ग बोल्छु भनेर खाना खादाखादै छोडेर फोनमार्फत हेल्लो भनेर पल्टिएकी आमा फेरि कहिल्ल्यै आफै उठ्नु भएन। त्यो नै अन्तिम बोली थियो । अर्धचेत आमा १४ दिन अस्पतालमा बसेर यो सन्सार बाट बिदा हुनु भयो । कसैलाइ नहेरी , कोइ सङ्ग नबोली नै उज्यालो अनुहार लिएर नै बत्ती जस्तै निभ्नु भयो यो परिवार , समाज र धर्तिबाट ।
के फेरि आमा फर्किएर आउनु होला त ? आउनुहुदैन सवैलाई थाहा त छ ।
तर आउनु हुन्छ घरिघरी मेरो सपनिमा ।
भन्नू हुन्छ - अन्तिम पल्ट बोल्न खोजे तर समय सकिइसकेको थियो , ढिला भयो । माफ गर छोरा । परिवार प्रतिको माया , ममता र आशीर्वाद सदैव साथ छ । छोराछोरिका जस्तै सपना हरेक आमाबुबाका पनि हुन्छन । छिटो त्यो प्रगती देख्न पाइयोस । कुनैदिन सपनिमा अधुरा कुराहरु सवै भन्नेछु । म त्यो दिनको प्रखाइमा छु अब गय है ।
झसङ्ग भएर तर्सिन्छु ।
प्रार्थना गरेर अन्जुली भरिको जल अर्पण गर्न बाहेक अरु के नै विकल्प छ र । भित्तामा झुण्डिएको तस्बिर देख्दा बाबू " मुडुली आमा " भन्दै फिस्स हास्छ । उस्लाइ के था र । बच्चा त हो । आमा को ब्रेन अपरेसन गर्दा टाउका को रौ सबै खौरिदिएर मुडुलो बनाइदिएका थिए डाक्टरले । यो सवै ठूलो भएपछी आफै बुझ्नेछ तर अहिले मासुम बच्चाको कलिलो मस्तिष्कमा जटिल र भयावह कुराहरुको रास थुपारिदिन उचित लागेन । फेरिपनी उस्ले मुडुली आमा भन्दा उहीँ अस्पतालमा आमाको त्यो दृश्य आँखा र मस्तिष्कमा नाचिरहन्छ । जिन्दगी र अनेकौ प्रयासबाट पनि हार खाएर अन्तिम बिकल्प भगवान पुकारेको पनि ब्यर्थ गयो ।
आमालाइ फेरि जिवित बनाएर घर आगनमा सजाउने कुरापनी एउटा सपना मात्र बन्यो । सन्चो बनाएर घरमा ल्याउने आश्वासन पनि श्रीमति , बुवा र आफन्तलाइ झुट बोले जस्तो भयो । आखिर पशुपति आर्यघाटमा आमालाइ दाहसस्कार गरेर ताबोको लोटामा आमाको अस्तु बाहेक केही फर्काउन सकिन राजधानीबाट । यो मेरो जिवनको सवैभन्दा ठूलो चुनौतीपुर्ण हार थियो ।
जिवनभर नमेटिने गहिरो दाग थियो । बोक्न नसकिने ठूलो भार थियो । फेरिपनी हिम्मत कहाँ हारे र । बाकी परिवारको जिम्मेवारी म माथि नै थियो । त्यसैले बारम्बार आमा लिन आउदा पनि म संयुक्त परिवारको जिम्मेवारी बकि छ । आमा केही समय अझै एक्लै पर्खाउन विवश छु आशीर्वाद दिनुस है भन्दै सपनाबाट बिउझिरहेको हुन्छु । के आमाले एक्लो महसुस गर्नु भएको होला र ? कति आफन्तिहरु पनि त यो धर्ती छोडेर परलोकमा गयका छन । के तिनिहरु सबै सङै छैनन होला र ? किन अझै पनि आमाले एक्लो महसुस गर्नु हुन्छ ? आमाका मन्मा हजारौ अधुरा कुराहरु छन जो जानेबेला भन्न पाउनु भएन । दशैको बेला अचानक आमालाइ रिगटा लाग्नु र अचेत हुनु , पछि आमाको आवाजमा परिवर्तन देखिनु , यो सायद हार्टअटेक को पहिलो झट्का थियो जस्तो लाग्छ मलाइ । ठिक ३ महिना पछि अचानक छोरासङ्ग बोल्छु भनेर मोबाइलमा हेल्लो भन्दै पल्टिनु यो आखिरी र ठूलो झट्का थियो जस्ले ब्रेनको नशा फुटायो । जस्का कारण आमालाइ जिवित राख्न सकिएन । यो एक चुनौतीपूर्ण हार थियो । नमज्जाको हार थियो । भयानक दुर्घटना थियो । परिवारको एक गार्जन बिछोडियो । जस्का कारण आजपनी आमाबिना टुहुरो हुनु पर्यो ।
मुडुली आमा भन्ने कलिला अबोध बच्चाहरुलाइ कहिल्यै टुहुरो महसुस हुन नपरोस , उनिहरुलाइ मार्गदर्शन र न्यानो काख कहिल्यै नछुटोस । फेरिपनी कताकता आमा एक्लिदै भट्किएको र सपनिमा बारम्बार सङै जान लिन आएको कुराले कतै ....................
[ चाहेर पनि लेख्न सकिन । माफी चाहन्छु । कतिपय कुराहरु शब्दमा पनि उतार्न नसकिदो रहेछ । लेख्दै जादा ओसिएका आखाले टाइप गर्न गार्हो बनायो । भक्कनिएको यो आवाज बाहिर अरुले सुन्लान कि भनेर झ्याल ढोका बन्द गर्दाको यो पल ले सधै परिवारको ढोका त बन्द गर्दैन जस्तो लाग्छ । तर आखिर छोडेर जाने केही थान यादहरु , सत्कर्मका संयोगहरु र यहि शब्दमा लेखिने नाम मात्र रहेछ । जिन्दगी यस्तै त रहेछ । ]
- शिव बस्याल
२७ डिसेम्बर २०१९ , मुम्बई
" मुडुली आमा "

No comments:
Post a Comment