Monday, 29 May 2017

मोडलिङ क्षेत्रबाटआफुलाइ चिनाउदै मोडेल "बिनु शर्मा"(t99post)

CBA Bashyal,29May Mumbai- मोडलिङ क्षेत्र बाट आफुलाइ अगाडि लैजादै गरेकी बिनु शर्मा, जो अहिले निक्कै नै चर्चा मा हुनुहुन्छ  ! पाल्पा तानसेन मा जन्मियकि बिनु शर्मा को आफ्नो बाल्यकाल पाल्पा मै बितायपनी बिगतको ८/१० बर्ष देखि यता भारतको मुम्बईमा बस्दै आउनु भयको छ ! आफ्नै धेरै कठिनाइ हरुको कारणले यहाँ आउनु भयको बिनु जि ले शुरुका दिनहरु निक्कै नै कस्टदायक र सङ्हर्ष मा बितेको बताउनु हुन्छ ! पछिल्ला समय का केही बर्ष हरु आफ्नो पेशा मा बिताय पनि आज्कल बिनु ज्यु आफ्नो मोडलिङ क्षेत्रमा नै ब्यस्त देखिनु हुन्छ !

३ बर्ष पहिला का दिनहरु लाई हेर्ने हो
भने बिनु ज्यु ले मुम्बई को लोखनवाला मा रहेको लोरेल कम्पनिको एउटा पार्लर मा हेयर डिजाइनर र ब्युटिसियन को काम गर्नु हुन्थ्यो ! त्यहा काम गर्दा गर्दै बिनु ज्यु का आफ्ना तस्बिरहरु क्याटलक मा आउन थाले , जस्को प्रभाव ले बिनु जि को मन्मा आफुलाई मोडलिङ क्षेत्रमा लैजाने रहर जगायो ! तेसको लगत्तै अरु पनि तेस्तै स्वरुम हरुको क्याटलक र एड मा देखिने मौका मिल्यो जस्ले गर्दा बिनु ज्यु लाई थप अझै आफुलाइ नै उत्साहित बनायो जस्को भित्री मनदेखि नै मोडेल बन्ने रहर जाग्यो !
कुनै पनि काम / कुरामा आफ्नो मनदेखि नै लगाव र जिज्ञासा् हुनु पर्दछ असम्भव र असफलता भन्ने कुनै कुरा हुदैन ! जस्को परिणाम र उदाहरण मध्य एक बिनु शर्मा ज्यु लाई हेर्न सकिन्छ

अहिले को दिनहरुमा हेर्ने हो भने स्वदेश मा भन्दा बिदेशमै म्युजिक एल्बम र फिल्म हरु धेरै नै बन्न थालेका छन ! जस्को कारण नेपाल बाट नै मोडेल हरु र बाकी युनिट लियर आउदा आफ्नो बजेट को पनि स्केल बढ्ने हुदा आज्कल यतै नै धेरै हिरोनी / मोडेल हरुलाइ खोज्ने प्रकृया बढेको छ ! मुम्बई र आसपासको क्षेत्रमा धेरै सुटिङ हरु भैरहने हुदा यहाँ का मोडेल हरुलाइ पनि खाली बस्नु पर्दैन ! आफ्नो पहिलो एल्बम "तिम्रो माया यो मुटुको काडा भयछ " बाट शुरु गरेकी बिनु जि लाई साथ दिदै हुनुन्थ्यो भरत कडेल ज्यु ले ! यस्तै बिभिन्न भिडियो एल्बम र बिज्ञापन मा अभिनय गरिसकेकी बिनु ले दक्षिण भारतिय फिल्म "झट्का जरुरी हे" मा पनि अभिनय गरिसक्नु भयको छ! नेपाली मात्र नभयर भोजपुरी र हिन्दी रिमिक्स हरुमा पनि काम गरिसकेकी बिनु को माग अहिले निक्कै नै बढेको देखिन्छ ! मुम्बै मा आफुलाइ सुटिङ मै ब्यस्त राख्ने बिनु ज्यु ले आफ्नो पार्लर को पेशा छाडेर आफुलाइ यो क्षेत्र ल्यायको ३ बर्ष को अनुभव बटुल्दै आजको दिनहरु निक्कै नि ब्यस्त बताउनु हुन्छ !

आफ्नो जिबनलाई मोडलिङ क्षेत्रमा प्रबेश गराउदा शुरुका दिनहरु केही असहज भयता पनि अहिले भने आफुलाइ केही समस्या नभयको र एल्बम मै काम हरु गर्दा समय बितेको पनि पत्तो हुदैन भन्दै बिनु ज्यु ले केही दिन यता अभिनय गरिसकेको म्युजिक एल्बम " मनको कुरा बुझी देउन है मायालु" र "फोन उठाउन गार्हो नमान " हाइलाइट नेपाल ले प्रकाशन गर्दैछ ! आफुलाइ अझै ८/१० बर्ष यो क्षेत्र मा लगे पनि पछिका दिनहरुमा भने आफ्नै ब्युटिसिय पार्लर को बिजनेस खोलेर बस्ने योजना भयको बताउनु हुन्छ ! अहिले अब छिट्टै नै अरुपनी म्युजीक भिडियो हरुको अफर आइरहेको र बिज्ञापन को पनि केही सुटिङ हरु हुने बताउनु भयो ! अहिले को परिबेशमा मोडलिङ क्षेत्र को पनि बढ्दो मागले गर्दा बिनु शर्मा लाई पनि आफुले रोजेको बाटोमा पछुतो छैन ! र खाली बस्नु पनि नपरेको बताउनु हुन्छ !


No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...