Monday, 1 May 2017

म नेपालकी छोरी हु,नेपाल प्रती माया छ ! मुटुमा नेपाल धड्किन्छ (t99post)भिडियो सहित

CBA Bashyal,मुम्बई ! नेपाली चलचित्र गोर्खा पल्टन र परदेशी बाट नै आफुलाइ चिनाउन सफल एक्ट्रेस तारा शर्मा को वास्तविक जिबनी कथा लाई हामी करिबी बाट नियाल्ने प्रयास ले मेरो सफर पनि शुरु भयो तारा शर्मा जि कै निवास मायानगरि "मुम्बई"

बिगतको लामो समय देखि नै विभिन्न फिल्म , टेलिश्रीङ्खला हरुमा आफ्नो अभिनय प्रस्तुत गर्दै आउनु भयको तारा शर्मा
ज्यु को जन्म लुम्बिनी अन्चल पाल्पा जिल्लाको रायडाडा मा भयको थियो ! आफ्नो बाल्यकालको अध्यन -श्रीराम न्यून माध्यमिक बिध्यालय घोरबन्ध हुँदै पाल्पा तानसेनको पध्मापब्लिक हाइस्कुल बाट गर्नु भयको तारा शर्मा १ भाइ र २ दिदी हरुकी प्यारी बैनी हुनुन्छ! ७ कक्षा देखि नै एक्टिङ गर्न रुचाउने तारा ज्यु ले शुरुका दिनहरुमा मा नेपाल कै विभिन्न जिल्ला र अन्चल हरुमा गयर लोक दोहोरि गितहरु पनि गाउनु भयो ! विभिन्न पुरस्कार सङै राजा बिरेन्द्र को हातबाट पनि सम्मानित अवार्ड हरु ले पुरस्कृत तारा ज्यु ले परदेशी फिल्ममा पनि आफ्नो अभिनय ले गर्दा रास्टृय अवार्ड ले पनि सम्मानित हुनु भयो!
शुरुका दिनहरुमा जे जस्ता कठिनाइ भोग्नु परेता पनि आजको दिन मा आफुलाइ यो स्थान सम्म पुर्याउन आफ्नो कडा परिश्रम , आमा बुवाको आशीर्बाद र साथिभाइ हरुको माया ममताले गर्दा आफुलाइ अहिले यो स्टेज मा देख्दा पनि अझै आफुलाइ पुर्ण रुपमा सन्तुष्टि नभयको कुरा गर्दै तारा शर्मा ले आफ्नो आमा बुबा र घरपरिवार पछि को आफुलाइ बिशेष यो क्षेत्र मा सहयोग गरेर यहाँ सम्म पुग्न सहयोग गर्नु हुने नारायण रायमाझी ज्यु लाई धेरै भन्दा धेरै धन्यबाद दिनु भयो!

आफ्नो पारिवारीक समस्याले गर्दा आफ्नो १५ बर्ष को उमेर मै रोजगारिको सिलसिला मा यु ए इ दुबई मा पुग्नु भयको तारा ज्यु लाई कल्पना पनि थियन जो उहाको वास्तविक जीवन कथा मा आफुले भोगेको पिडाहरु पछिको कुनै दिन फिल्मी दुनियाको काल्पनिक सन्सार मा अभिनय गर्नु पर्ला भनेर ! तर आफुले फिल्म मा काम गर्नु भन्दा नै पहिला ती सिनहरु आफ्नै जिबनमा भोग्नु परेकोले खासै गार्हो नभयको बताउदै तारा ज्यु ले परदेशी फिल्मको सुटिङ मा अभिनय गर्दा आफ्नो वास्तविक बाल्यकाल को स्मरण ले झस्काएको बताउनु भयो!
डाफेकला मन्दिर पोखरा बाट आफ्नो यो सफर लाई शुरु गर्नु भयको तारा ज्यु ले शुरुका दिनहरु दोहोरी गित हरु गायर अनि विभिन्न सडक नाटक हरु खेलेर बिताउनु भयो ! नेपाली कला क्षेत्र मा खासै प्रगती गर्न अलि गार्हो भयको हुदा एकपटक आफुलाइ अझै प्रतिभाशाली र दक्षतापुर्ण बनाउन र यो आफ्नो करियर लाइ अझै मझबुत बनाउ भारतको मुम्बई शहर मा आउनु भयो!

करिब १५ बर्ष देखिको बसाइ मा आफुले शुरु का दिनहरु मा भोग्नु परेको पीडा हरु त बर्णन गरेर पनि नसकिने बताउदै तारा ज्यु ले आफू नेपाल बाट आयर शुरुका दिनहरुमा हिन्दी भाषा को पनि समस्या ले गर्दा आफुले चाहेको समयमै आफुलाइ लैजान नसकेको बताउनु भयो! शुरु शुरु मा एउटा पन्खा हल्लाउने सानो क्यारेक्टर को रोल मा काम गरेकि तारा शर्मा ले मुम्बई मा आयर प्रथम - जयजय जय बजरङबली मा महारानि को रोलमा अभिनय गर्नु भयो ! तेस्पछी लगत्तै - इतना करोगी प्यार, पबित्र रिस्ता , क्राइम पेट्रोल, सावधान इन्डिया , मेरि साइराम हिन्दी फिल्म पनि काम गर्नु भयो! तेस्तै गङादेवी भोजपुरी फिल्म जो हिन्दिमा लिडर नामले रिलिज गरियो त्यस्मा पनि उहाको राम्रो भुमिका थियो !

UPComming Movie तर्फ अब छिट्टै नै आउदै गरेको हिन्दी फिल्म अभिषेख चड्डा जि को डाइरेक्सन मा बन्दै गरेको  " हम हे तो दम हे" मा पनि :- अमिताब बच्चन जि /रेखा जि / हेमा मालिनी/ शत्रुघन शिन्हा/ सन्जय दत्त/सोनु सुधा/ हुमा कोरेसि....हरु शीत पनि छिट्टै नै देख्न पाइने बताउनु भयो ! तर पनि आज यदि कोइ डाइरेक्टर / प्रोडुसर हरुले नेपालि फिल्म मा इन्भाइड गरेमा हिन्दी भन्दा पनि आफ्नै नेपाली फिल्म लाई प्राथमिकता दिने बताउदै तारा शर्मा ज्यु ले भन्नू भयो कि -

 " म नेपालकि छोरी हु , मलाइ नेपाल प्रती माया छ ! 
मेरो मुटुमा नेपाल धड्किन्छ "


बैदेशिक भुमिमा रहेता पनि आफ्नो नेपाल प्रतिको माया ममता र सद्भावना रहेको ले आजपनि यहाँ हुने नेपाली कला सस्कृती र विभिन्न प्रोग्राम हरुमा समयले भ्यायसम्म सदैव सामिल भयर नेपाली कला सस्कृती लाई सदै माया गर्नु पर्छ र आफ्नो मातृ भाषा र सस्कृती लाई जगेर्ना राख्नु पर्छ भन्ने कुरा को जानकारी पनि दिनु भयको छ ! जो यो केवल भारतको मुम्बईमा बस्ने नेपाली लाई मात्र नभयर बैदेशिक रोजगार मा आफ्नो मातृ भुमी छाड्न बाध्य समस्त नेपाली को लागि एउटा उदाहरण पनि थियो !
१५ बर्ष को आफ्नो लामो बसाइ मा भने केही दिनहरु एक्लै बिताय पनि बिगतको ७/८ बर्ष बाट यता आफ्नो बाबा मम्मी सङै बस्दै आउनु भयको छ ! आफू एउटा छोरी भयर पनि एउटा छोराको अहम भुमिका निभाउदै ९८ बर्ष को बाबा र ७८ बर्ष कि आमा लाई सङै राखेर उहाको राम्रो हेरबिचार गरेको ले आज पनि तारा शर्मा को बारेमा सोध्दा माता पिता आँखा रसाउछ्न !उहाले आफ्नो कार्यब्यस्तता लाई पनि म्यानेज गदै आमा बाबा प्रतिको माया ले नै गर्दा होला आज यो स्थान सम्म पुग्न सफल हुनुहुन्छ !

माता पिताले सधै दियको आशिर्वाद अनि साथी को जस्तो सहयोग ले आज यहाँ सम्म आउन सफल बताउदै तारा शर्मा जि लाई समयले साथ दियसम्म आउदा दिनहरुमा आफ्नै कहानी बाट पन्जाबी फिल्म बनाउने सोचमा पनि हुनुन्छ जो आफ्नै प्रोडक्सन मा तयार हुनेछ ! फिल्म परदेशी को सुटिङ को लागि नेपाल जाने क्रम मा एक्लै नै नैनिताल देखि गोरखपुर सम्म को त्यो चालू ट्रेन को सफर हरु लाई पनि फेरि एकपट स्मरण गर्दै आफुलाई यहाँ सम्मको सफर मा साथ दिने घरपरिवार, आफन्त जनहरु ,र बिशेष सहयोगि हातहरुलाई एकपटक फेरि हृदय देखि नै आभार ब्यक्त गर्दै , हामी शीत फेरि को बसाइमा भेट्ने आस्वसन दिदै हामी पनि तारा शर्माको ज्यु को उत्तर उत्तर प्रगतिको कामना गर्दै हाम्रो फेसबुक लाइभ कार्यक्रम बाट म Travelers99 को एडमिन Shiva Bashyal पनि ओझेल पर्दछु - धन्यवाद
        - $b© palpa nepal/ Travelers99 (fb)

तारा शर्मा सितको लाइभ छलफल कुराकानी को भिडियो हेर्न को लागि कृपया हाम्रो युट्युबको यो लिन्क मा जानुहोला!


No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...