Thursday, 25 May 2017

"परिबर्तन सम्भव छ तर आत्मसाथ आफैबाट हुनुपर्दछ"(t99post)

CBA Bashyal,KTM 25 May! फेसबुक लाई सामान्य रुपबाट नियालेर हेर्दा केवल सम्प्रक माध्यम, दु:ख सुख बिसाउने चौतारी अनि फोटो हरु राख्ने एलबम जस्तो लाग्छ! तर मन हुने हो भने यसैबाट धेरै कुरा हरु गर्न र सिक्न सकिन्छ, कहिले नदेखेको र नभेटेको ठाउका मान्छेहरुसित पनि अप्रतक्ष्य रुपमा चिनजान गर्ने मौका पायन्छ !जस्ले गर्दा आफुले एक्लै गर्न नसक्ने कामहरु पनि सबै मिलेर गरे सहज रुपमा पूरा गर्न सकिन्छ ! यस्का परिणाम र उदाहरण हरु थुप्रै छन !  "असम्भव केही छैन र सम्भव पनि सजिलो छैन" ! जब मान्छेले केही गर्छु भन्ने अठोट लिन्छ र भित्री मनबाट आफ्नो लगाव लगाउछ तब असम्भव पनि सम्भव मा परिणत हुन्छ! विभिन्न उदाहरण मध्य आज हामी कुरा गर्दै छौ यस्तै सोसल साइट फेसबुक बाट सुरु गरियको अभियान -
                   "PEACE FOR PEOPLE" 
                            पिस फर पिपुल

२०६६ साल मङ्सिर महिनामा स्थापना
गरियको यो अभियान ले देशमा शिक्षा को ज्योती ले सबैलाइ रोशनी प्रदान गरोस भन्ने उद्देश्य बोकेर विभिन्न गार्मिण ठाउँ हरुलाई लक्ष्यित गर्दै त्यहा का गरिब र असह्य बालबालिका हरुलाइ शिक्षा को लागि पहल गर्दै आयको थियो ! शिक्षाको पुर्वाधार अन्तर्गत १४ भागमा करिब १८०० बालबालिका हरुले सहयोग प्राप्त गरिसकेका छन ! अहिले सुरुमा - रामेछाप , काभ्रे, सुर्खेत , नुवाकोट र धादिङ मा यो अभियान चलाइयको छ ! Peace for People अन्तर्गत नै हालसम्म २ वटा बिधालय भवन पनि निर्माण गरेको छ ! १- श्री भुमेस्थान आधारभुत बिध्यालय (काभ्रे) २- श्री जनता आधारभुत बिध्यालय (धादिङ)


हालसम्म प्राथमीक बिध्यालय हरुमा १-५ कक्षा सम्मका बिधार्थी हरुलाई पढाइ मा आवस्यक भौतिक सामान हरु उपलब्ध गरायको थियो भने कक्षा ६-१० सम्म का बिधार्थी हरुलाइ छात्रवृत्ति उपलब्ध गराइ बार्षिक पढाइ खर्चमा सहयोग गर्दै आयको छ ! छात्रवृत्ति दिने क्रममा क्रमिक रुपले बढ्दो क्रम जारी नै छ ! पहिलो बर्ष ५ जनालाइ दियको थियो भने दोस्रो बर्ष ६५ जनालाइ र अहिले तेस्रो बर्ष १०० जनालाइ दिने योजना छ ! शिक्षा को ज्योती बाट बन्चित बालबालिका हरुलाइ दिब्य ज्योती प्रदान गर्ने उद्देश्य बोकेर हातमा शिक्षाको मिसाल बोकेर हिड्नु भयको PEACE FOR PEOPLE कि CO- फाउन्डर/डाइरेक्टर MISS "Punam khadgi" 
                       "PUNAM KHADGI"

 ज्यु को जन्म २०४९ साल काठमाडौ मा भयको थियो ! आफ्ना विभिन्न समस्या हरुलाइ बिर्सेर पनि पुनम ज्यु ले यहि सामाजिक सन्जाल फेसबुक बाट नै यो अभियान चलाइ सहयोग को अपिल गर्नु भयो ! देख्दा र सुन्दा सामान्य लागे पनि गरेर देखाउन थुप्रै चुनौती हरुको सामना गर्नु पर्ने थियो ! आफ्नो एउटा फेसबुक एकाउन्ट द्वारा नै यो अभियान यत्तिको सफल होला भन्न पनि सकिने अवस्था थियन तर पनि आत्मबल र आत्मबिश्वास को साथ अगाडि बडेर नै शुरु गरेको अभियान ले गर्दा आज १८०० बालबालिका हरुले शिक्षा प्रदान गरिरहेका छन ! ग्रामिण ठाउमा गयर अभिभावक हरुलाई प्रेरित गरायर स्कुल निर्माण गरि बच्चाहरुलाइ स्कुल को प्रबन्ध मिलाइ दिनु कुनै सानो कुरा थियन !

 एउटा फेसबुक को माध्यम बाट आर्थिक सङ्कलन गरि आफ्नो कार्यमा अग्रसर पुनम ज्यु का कतिपय रातहरु पनि दिन मा परिणत हुन्थे ! आफुले बिश्वास दिलायर आर्थीक सङ्कलन गर्नु र कहाँ कहाँ र कस्तो ठाउहरुमा लगानी गर्ने भन्ने कुराहरुको तर्जुमा तयार पार्नु तेसपछि ग्रामिण ठाउँ हरुमा भिजिट गरेर गरिब बच्चाहरु मुल्यांकन गरि उनिहरुको बार्षिक शिक्षा खर्चको को प्रबन्ध मिलाइ सहयोग जुटाउनु नै उहाको सपना थियो जुन आज आयर सफल भयको छ !

"सबैका लागि गुणस्तरीय शिक्षा " भन्ने मुल नारा लियर निस्कनु भयको पुनम जि आफ्नो ब्यक्तिगत कामहरु भन्दा पनि यस्तै सामाजिक कामहरुमा आफैलाई  ब्यस्त राख्नु हुन्छ ! शिक्षाको ज्योतिबाट बन्चित हुन नपरोस भन्दै गुणस्तरीय शिक्षा सबैको लागि हुनु पर्दछ भन्ने सोच का साथ अठोट लियकी पुनम खड्गी शीत तपाईं हामी ले पनि केही सिक्नु पर्दछ ! यदि कोइ पनि इच्छुक ब्यक्तिहरु हुनुन्छ र यो अभियान लाई हतेमालो गरेर अझै प्रभावशाली बनाइ अगाडि लैजान चाहनु हुन्छ भने आउनुहोस सङै मिलि सहकार्य गरौ र साथ साथ अगाडि बढौ र बढाउ पनि !
 हजुर हरुको सहयोग को खाचो छ, तपाईं हामी मिलेर सानो सानो सहयोग ले पनि आज १८०० बालबालिका हरु लाभान्वित छन जुन शिक्षाको अन्धकारमा रोमलियका थिय आज शिक्षाको रोशनिमा हुर्कदै छन जस्को सुनौलो भबिस्य सहि मार्गमा जानेछ र भोलि का दिनहरु सधै उज्ज्याला हुनेछन जस्ले आफ्नो बाल्यकाल को परिस्थिति लाई सम्झेर आगामी दिनहरुमा देश को लागि सहि मार्ग पहिल्याउन  सफल हुनेछ !

परिबर्तन सम्भव छ तर आत्मसाथ आफैबाट हुनुपर्दछ - भन्ने सोच लियकी पुनम खड्गी ज्यु को यो अभियान ले सफलता को शिखर चुमोस र आगामी शैक्षिकसत्र मा हमिलाइ पनि यो अभियान मा जुड्ने अवसर दिनुहुनेछ भन्ने दृढ बिस्वाश का साथ जति पनि सोसल साइट फेसबुक चलाउने मित्रहरुलाई पुनम ज्यु को महान कार्यलाइ अझै व्यापक बनाउन जति सक्दो यो पोस्ट लाई सेयर गरेर
Peace for people लाई सहयोगी हातहरु समक्ष पुर्याउन सहयोग गरिदिन हुन बिनम्र अनुरोध गर्दछौ ! धन्यवाद !
                       "$b© palpa nepal"

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...