Sunday, 21 May 2017

शपथ ग्रहण सहित नया कार्यसमिती को गठन "मनकामना एकता फाउन्डेसन "(t99post)

CBA Bashyal,Mumbai 22May|| बिभिन्न सङ्ह सस्था मध्य एक "मनकामना एकता फाउन्डेसन"जो बिगतको केही बर्ष देखि यता आफ्नो सङठित सस्था खोलेर आपतकालिन र अफ्ठ्यारो मा परेका प्रदेशि हरुलाइ सहयोग गर्दै आयको पनि थियो र बिभिन्न समय समय मा बिबिध कार्यक्रम गरेर नेपाली कला-सस्कृती,मौलिकता र हिन्दुत्व बचाउ भन्ने अभियान लियर अगाडि बढी रहेको थियो! आफ्नो सफल कार्यको परिणाम ले गर्दा यहाँ रजिस्ट्रेसन गर्न पनि सफल भयो ! रजिस्ट्रेसन भयपछी अब बिधिबिधान पुर्बक आफ्नो सस्था लाई अगाडि लैजाने सोच लियर हिजो 21 मै को दिन मुम्बई भाइन्दर मा फाउन्डेसन को कमिटी मेम्बर हरु र बिशिस्ट अतिथि हरुको सहभागितामा शपथ ग्रहण गरेर आफ्नो सस्था प्रति निस्चल , निस्वार्थ भावना लियर काम गर्ने अठोट लिदै सम्पुर्ण "मनकामना एकता फाउन्डेसन" का पदाधिकारी हरु र कार्यकारी सदस्य हरुले आफ्नो नया कार्यसमिती चयन गरेर (2017-2020) सम्मको लागि अब यहि निर्बाचित मेम्बर हरु लाई फाउन्डेसन को जिम्मेवार दियको छ!

विशेष सल्लाहाकार माननिय श्री शालिकराम तिवारी ज्यु को अध्यक्षतामा
नेपाली रास्टिय गान को सम्मान गर्दै शुरु गरियको यो शपथ ग्रहण कार्यक्रम मा जनसम्पर्क समितिका केन्द्रिय उपाध्यक्ष श्री खडक सिंह बम , उध्योगपती श्री राजकुमार बराल / सुनिल बराल , फिल्म इन्डस्ट्री बाट मिस तारा शर्मा , सम्युक्त नेपाली महासंघ गोरेगाउ शाखा बाट सचिव श्री रामलाल पन्थ , इन्डियन खेलकुद सल्लाहाकार श्री नरेन्द्र ओलि , डा . सुरेश पौडेल लगायत बिशिस्ठ अतिथी हरुको सहभागिता रहेको थियो! तेस्तै मिडिया तर्फबाट नेपाल न्युज कि रिपोर्टर मिस - मिना साउद र युनिक एफ एम ९४:२ MHz/ Travelers99(fb)का रिपोर्टर श्री शिव बश्याल को पनि उपस्थिति थियो!

मनकामना एकता फाउन्डेसन का भुपु अध्यक्ष एब नव निर्बाचित अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु बाट शपथ ग्रहण शुरु गरेर क्रमश: सबै पदाधिकारी र कार्यकारी सदस्य हरुले शपथ लियर सस्था लाई अझै मजभुत बनाउने अभिलाषा को अठोट लियर आफ्नो प्रतिबद्दता जाहेर गर्नु भयो !विभिन्न अतिथी हरुको मार्गदर्सन मन्तब्य सहित कलाकार मिस तारा शर्मा ज्यु ले पनि महिला हरुलाइ प्रोत्साहन गराउदै सामाजिक कामहरु मा अग्रसर हुनुपर्दछ र आफुलाइ अगाडि लैजानु पर्दछ भन्ने कुरामा जोड दिनु भयो! कार्यक्रम सन्चालक एबम फाउन्डेसन का महासचिव श्री टेकप्रसाद पराजुली ज्यु ले पनि आफ्नो टिमले आत्म बिश्वास को साथ काम गर्नेछ भन्दै टिममा अझै एकबद्दता र आपसी तालमेल हुनु पर्दछ भन्ने कुरामा जोड दिनु भयो ! अध्यक्ष श्री मोतिलाल न्यौपाने ज्यु को मन्तब्य र टिम हरुले गरेको सफल कार्य र कडा मिहिनेत लाई कदर गर्दै आगामी दिनहरुमा पनि तन ,मन र धन लगायर काम गर्ने र फाउन्डेसन लाई अझै फैलाउने कुरामा जोड दिनु भयो! सङै अध्यक्ष ज्यु ले त्यहा उपस्तिथि सबै लाई नै टिम बाहिर बसेता पनि सबै को नै उत्तिकै सहयोग र सपोर्ट को अभिलाषा राख्दै  सबैलाइ नै सम्युक्त सपथ ग्रहण गराउनु भयको थियो  !

नव निर्बाचित फाउन्डेसन का नियुक्ति पदाधिकारी हरु 

१-श्री मोतिलाल न्यौपाने         (अध्यक्ष )
२- प्रेम प्रसाद पान्डेय         (उपाध्यक्ष अर्थ र सङठन)
३- सिता न्यौपाने          (उपाध्यक्ष, शिक्षा र सास्कृतिक)
४- टेक प्रसाद पराजुली            ( महासचिव )
५-युबराज न्यौपाने                  ( सहसचिव)
६- केशवराज काफ्ले               ( कोषाध्यक्ष )
७- सोमनाथ अधिकारी            ( अर्थ सचिव )
८- सरिता पैनी                        ( शिक्षा सचिव) 
९- लेखनाथ अधिकारी             ( सङठन सचिव) 
१०- उर्मिला क्षेत्री                     ( सास्कृतिक सचिव) 

कार्यकारी सदस्य हरु 

रेनुका अधिकारि, राधा तिमिल्सिना , लक्ष्मण खत्री , राम प्रसद शर्मा , चन्द्रबहादुर थापा, कमल खड्का ,होमनाथ पान्डेय , हिमलाल पान्डेय ,ओम पान्डेय, रामकृष्ण तिमिल्सिना.................................
सल्लाहकार :- श्री सन्तोष भट्टराई 

निर्वाचन नियुक्ति 
:- अधिकृत  - श्री शालिकराम तिवारी!
:- सचिव     - सुश्री यशोदा पराजुली ! 

मनकामना एकता फाउन्डेसन को शपथ ग्रहण का केही झलक हरु - 














No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...