शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता फाउन्डेसनले पछिल्ला बर्षमा जस्तै प्रवासी हरुका घर दैलोमा पुगि देउसी भैलो खेलेका थिए । मनमा हर्ष , उल्लास बोकेर हिन्दुहरुको महान पर्व शुभ दिपावलिको अवसर पारेर खेलिएको देउसी भैलोमा फाउन्डेसनका अध्यक्ष सहित सस्थाका केही मेम्बरहरु र बाहिरबाट आउनु भएका भैलो कार्यक्रमको शोभनीय बढाउन केही बिशिस्ट अतिथिहरु साथै संयुक्त नेपाली महासङ्हका पुर्व अध्यक्ष श्री भरत रावल ज्यु को पनि उपस्थिति खास थियो ।
Travelers99 POST
संचारको सुसेली ($b© palpa nepal)
Sunday, 15 November 2020
Tuesday, 29 September 2020
अध्यक्ष नियुक्ति सङै बढ्दो चुनौती र जिम्मेवारी " न्यौपाने "
T99न्युज /मुम्बई,
मुम्बईमा रहेको एउटा विशुद्ध सामाजिक सस्था "मनकामना एकता फाउन्डेशन " को तेस्रो कार्यकालको लागी यहि आइतवार २७ तारिकका दिन चुनाव सपन्न भएको हो। फाउन्डेशनको सबै पदमा निर्विरोध नै चुनाव सपन्न भएको छ । अध्यक्षमा फेरिपनि मोतीलाल न्यौपाने तेस्रो पटक निर्विरोध छनोट भएका छन ।
बिगत केही समयदेखि यता सामाजिक कार्यमा अग्रसर रहेका न्यौपाने एक समुचित व्यक्ति हुन ।
" पुनः अध्यक्ष पदमा निर्विरोध चुनिएपछि सबैलाई हार्दिक धन्यवाद दिदै आगामी कार्यकालमा थप सशक्त ढंगले बिशिस्ट कार्यहरु गरि फाउन्डेशनलाइ उचाईको शिखरमा पुर्याउने प्रतिबद्धता जाहेर गरेका थिए । "
नेपाली कला , भाषा र सँस्कृतिलाई फाउन्डेशन मार्फत सम्रचना र संरक्षण गरि सस्थालाइ बलियो बनाउने र स्वदेश तथा विदेशमा यो सस्थालाई विस्तार गर्ने लक्ष्य रहेको मोतीलाल ले बताए ।
फाउन्डेशनमा १० पदको लागी चुनाव भएको थियो । उक्त नयाँ गठित समीतिमा केहि पदमा उहि पुराना पदाधिकारी छन भने केहिमा नयाँ थपिएका छन । सपन्न भएको चुनावमा प्रेमप्रसाद पाण्डे (उपाध्यक्ष– अर्थ र संगठन), सीता न्यौपाने (उपाध्यक्ष–शिक्षा र सँस्कृति), केशवराज काफ्ले (महासचिव) र युवराज न्यौपाने (सहमहासचिवमा) चुनिएका छन । यस्तै, कोषाध्यक्षमा खडक खत्री, अर्थसचिवमा देवीलाल डी. न्यौपाने र संगठन सचिवमा मीनप्रसाद भण्डारी चुनिएका छन भने शिक्षासचिवमा खिमातिल खड्का र साँस्कृतिक सचिवमा उर्मीला क्षेत्री रहेका छन ।
फाउन्डेशनले नयाँ समीतिको साथै नयाँ कार्यकारणी समीति पनि गठन गरेको छ । वासुदेव शर्मा, लेखनाथ अधिकारी, सरीता पैनी, केशव चापागाई, राधा तिमिल्सेना, रेखा सटा, अम्बिका तिवारी, रामप्रसाद भण्डारी, मीरा काकडे, राधा सेन, हेमा भण्डारी, ओम पाण्डे, पुरुषोत्तम बस्याल र रामप्रसाद शर्मा रहेका छन । उक्त चुनावी तथा सपथ ग्रहण कार्यक्रममा मुम्बईका विभिन्न संघसंस्थाका पदाधिकार तथा व्यवसायीहरु को पनि उपस्थिती रहेको थियो । संयुक्त नेपाली महासंघका विष्णु काफ्लेले अध्यक्ष मोतीलाल न्यौपानेलाई सपथ ग्रहण गराएका हुन ।
उक्त कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श महाराष्ट्रका प्रमुख सुनिल बराल, व्यवसायी हरि पाण्डे, सन्तोष निरौला, राजकुमार बराल, नेजसका क्षेत्रिय अध्यक्ष उदयराज खड्का, एमबी बोहरा, जनक ज्ञवाली, कृष्ण ज्ञवाली, धर्म रावल, चेतमान बोगटी, महेन्द्र अर्याल, रवी भट्टराई र ओमप्रकाश ज्ञवाली लगायतका अतिथीहरु उपस्थित रहेका थिए । साथै अन्य अतिथिहरुको पनि सहभागिता रहेको थियो ।
संयुक्त नेपाली महासंघका पूर्व अध्यक्ष तथा सामाजिक कार्यकर्ता शालिग्राम तिवारी ज्यु निर्वाचन अधिकृत, रामकृष्ण तिमिल्सिना निर्वाचन सचिव र श्रीमती देवीकला पाण्डे निर्वाचन सहसचिव रहेर फाउन्डेशन को चुनाव सफलता पुर्वक सपन्न गराएका थिए । उक्त चुनाव मनकामना एकता फाउन्डेशनको मिरा रोड स्थित आफ्नै कार्यालयमा भएको थियो ।
Wednesday, 12 August 2020
नेपाली महिला सशक्तीकरण
सामाजिक , आर्थिक , राजनितिक र कानुनी मुद्दामा संवेदनशिलता साथै समाजको पारम्परिक पितृसत्तात्मक दृष्टिकोण प्रति जागरुकता बनाउने जसमा महिलाहरुको स्तिथिलाइ सदैव कमजोर मानिदै आएको थियो । बिश्वस्तरीय नारीवादी आन्दोलनमा अन्तरास्ट्रिय सस्थाहरुले महिलाहरुको सामाजिक ममता , स्वतन्त्रता र न्यायको राजनितिक अधिकार प्राप्तिको लागी सहुलियत दिलाउने प्रयास गरे पनि अझै पनि प्रवासमा महिलाहरुले कैयौ समस्याहरुमा अनायसै बल्झिनु परेको छ । त्यसैले महिलाहरुलाई आर्थिक सशक्तीकरण सुनिश्चित गर्न अति आवस्यक देखिन्छ । उनिहरुको विरुद्ध हिंसाको उत्तरोत्तर उन्मुलन लाई बढावा दिन जरुरी छ । स्वास्थ्य र शिक्षामा जोड दिदै महिलाहरुको सामाजिक सशक्तीकरण लाई योजनाबद्ध रुपमा अगाडि लैजान प्रेरित गर्नु पर्दछ ।
महिलाहरुलाई शक्तिशाली बनाउने मुख्य लक्ष्य : जसमा आफ्नो जीवन संग जुडेका हरेक फैसला स्वयं खुद आफै लिन सकुन । समाज र परिवारमा राम्रोसँग निर्घक्क भएर बस्न सकुन । समाज / समुदायमा उनिहरुको वास्तविक अधिकार प्राप्त गर्नको लागी उनिहरुलाइ सक्षम बनाउनलाई महिला सशक्तीकरण अति आवस्यक मानिएको हो । उनिहरु विरुद्धका सवै प्रकारका विभेद , हिंसाको अन्त्यगरी महिलाहरुको हक तथा अधिकारको सुरक्षा र प्रवर्द्धनको लागी उनिहरुको अधिकारमा आधारित विकास अवधारणाको अवलम्बन गरि नितिगत कानुनी र सस्थागत सुधारका साथै विकासका कार्यक्रमहरु लाई संचालन गरेर विभेदकारी कानुनहरु हटाइ हरेक क्षेत्रमा महिलाहरुलाई सहभागीता गराएर महिलाहरुमा भएको अन्तर्निहित क्षमतालाइ वृद्धि गराउनु नै हाम्रो ध्यह हो । त्यसैले पनि आज टोल , गाउँ , समाज , देश र प्रवासमा चाहे जुनसुकै ठाउमा होस महिला हरुलाइ अग्रसर गराएर आत्मबल बढाइ आत्मसात आफ्नो खुट्टामा खुल्ला रुपमा उभिन सकुन भन्ने कुरालाइ लक्ष्यित गरेर नै नेपाली महिला सशक्तीकरण लाई यो सस्थले जोड दिएको छ ।
महिलाहरुलाइ जागरुक बनाउन जरुरी छ । दाइजो प्रथा , अशिक्षा , यौन हिंसा , असमानता , भ्रुण हत्या , घरेलु हिंसा , बलात्कार , वैस्यावृती , मानव तस्करी जस्ता घटनाहरुलाइ न्यून गरि निर्मुल पार्नको लागी महिलाहरु पनि अग्रसर र योग्यवान हुन अति आवस्यक छ । लैङ्गिक भेदभाव रास्ट्रमा सास्कृतिक , सामाजिक , आर्थिक र शैक्षिक अन्तरवाट आउँछ । जसले कुनै एउटा ब्यक्तिलाइ मात्र नभएर पुरै देशलाई नै पछाडी धकेल्छ । समानताको अधिकार लाइ सुनिश्चित बनाउनको लागी नै महिलाहरुलाइ सशक्त बनाउन प्रभावशाली उपायहरु लाई जगेर्ना गर्ने मुल सिद्धान्तहरुलाई हातेमालो गरेर महिला पुरुष बिचमा समानताको विजारोपण गर्ने हेतुले यो सस्थाले नेपाली महिला सशक्तीकरण मा जोड दिएको छ ।
महिलाहरुमा भौतिक या आध्यात्मिक , शारीरिक या मानसिक सवै स्तरमा महिलाहरुलाइ आत्मविश्वास पैदा गर्नु र उनिहरुलाइ सशक्त बनाउने एक अथक प्रयास नै महिला सशक्तीकरण को मिसन हो ।
- शिव बस्याल ...✍️
Monday, 4 May 2020
" सफल प्रेम मात्रै होइन , असफल प्रेम पनि प्रेमको प्रतीक हो "
Thursday, 23 April 2020
" कठै बिचरा म "
रातभरिको ओसिलो सन्नाटालाई छिचोल्दै मिर्मिरेमा झुल्किएको घामको किरणले नासपातिको पातहरुमा झुण्डिरहेका शीतका थोपाहरुलाइ धर्तीमा खसाल्दै थियो । एक बथान भगेराहरु ओहोरदोहोर गर्दै तिनै पातहरु माथी बस्तै उड्दै गरिरहेका थिए , चिसो शीतका थोपा खसेर ओभाएका पातहरुमा न्यानो महसुस गर्दै आफ्नै सुरमै कराउदै थिए । त्यस्तै म जन्मिने बेलामा पनि शीतका थोपा खसेझै आमाका अाँसुका ढिका बरबर्ती खसेका थिए तर भुइमा खस्न नपाउदै आफ्नै साडीको एक छेउमा बिलाउथे । निक्कै कष्टले जन्मिएको " त " त्यसैले होला धेरै माया लाग्छ । यहि शब्द आज पनि गुन्जिरहन्छ कानमा । शब्द बर्षौ पुरानो हो र पनि हरेक पल ताजा लाग्छ ,भर्खरै बोलेजस्तो उहीँ आमाको मुखबाट ।
Monday, 6 April 2020
तिम्रो मायाले जितेको भय सायद ...
Friday, 27 December 2019
" मुडुली आमा "
कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो
शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...

-
२४ माघ पाल्पा !प्रेमिल शब्धहरुले नि प्रेमलाइ सम्प्रेषण गर्दछ ! अटुट प्रेम नै रिलेशन हो र रिलेशन भित्र रहेर आफ्नो भुमिका निर्वाह गर्नु नै आफ...
-
ए कान्छा मासु खाने हो ? - आमालाइ सोध्नु पर्छ , सोधेर आउछु है ! घरतिर दौडिदै थिय पछाडिबाट कसैको आवाज आयो - जिउदो बाख्रो किनेर खान त के सक्...
-
CBA Bashyal, 20 अप्रिल! मुम्बई भर्खरै युट्युब च्यानल मार्फत सार्बजनिक गरियको पुस्कल शर्मा को नया गिती एल्बम "आमालाइ अन्तिम चिठ्ठी...