जो सपना थियो त्यो बिपना जस्तै लाग्दथ्यो । जो बिपना थियो त्यो सपना जस्तै कहिल्यै लागेन मलाइ फरक यत्ती मात्र हो । तर आजकल ती शब्द र त्यो माया केवल क्षणिक सपना नै थियो भनेर आफ्नै मस्तिष्कलाई भ्रम तुल्याउनु बाहेक अरु केही भन्ने ठाउँ नै छैन । कोरोनाको माहामारीले सन्सार हल्लाए झै अनायसै मन हल्लिएको छ आज । देशले लकडाउन थपे झै मर्ने मिति थपिरहेको कुरा कुनै नौलो होइन । बलियो अर्थतन्त्र झुरैझुरा भएर कमजोर भएझै मन टुटेको छ । फुटेको छ बादल झै यो मुटु । धमिलिएको छ नयनले देखेजती सबै र त्यही धमिलिएको एउटा कुनामा साउती मारिरहेको छ तस्बिर ।
हेर्दाहेर्दै आजपनी केहिबेरमै बिलायो उनको तस्बिर । आँखा उस्तैगरि धमिलिएर ओइलाए निगुरोको साग ओइलाए झै । सुक्दै गए आँसुहरु पनि , मन रोएपनी आँखा रोएनन आज । नमज्जाले दुखिइ मात्र रहे । राता र सुन्निएका आँखा देखेर होला नम्रताले सोध्दै थिइन -
के भयो अतीत ?
किन यसरी उदास आजकल ? कैयौं पटक फोन गर्दा बल्लतल्ल एक चोटि मात्र कल उठाउछौ त्यो पनि राम्रो सङ्ग बोल्न खोज्दैनौ ? धेरै दिन भयो अजकल केही पोस्टहरु पनि गर्दैनौ । यसरी आफुलाइ एकान्तमा राखेर शुन्यतामा विलाउनु एउटा कायरको उपाधि जित्नु हो । तिमी जस्तो ब्यक्ती यसरी ओइलाउदै गए हामीमा श्वास कसरी पलाउनु ? तिमी केवल आफ्नो मात्र सोचेर आफ्नै सन्सारमा विलाउदैछौ , ऐनामा हेर आफुलाइ एकपटक , आफ्नो कस्तो हालत बनायौ । आफुले आफैलाइ चिन्न नसक्ने भयौ र आज साथिहरु चिन्न छोड्यौ । तिमीबाट हामीले यस्तो अपेक्षा राखेका पनि थियनौ तर आज तिम्रै चर्चा छ साथीभाइ , परिवार , महोल्ला र ग्रुप च्याटहरुमा । आखिर किन बोल्दैनौ अतीत .
किन ............?
उस्का फगत कुराहरु सुन्ने मुडमा थिइन म । नम्रता एकोहोरो बडबडाउदै थिइ । उस्को फोन काटिदिए । मोबाइलको डाटा अफ गरिदिए । आज निक्कै मन चर्कियो । मुटु भक्कानियो र गाठो परेर आयो । अवरुद्ध गला झन सुक्दै जान लाग्यो । बाहिर निस्किन सक्ने अवस्था थिएन । निस्किए पनि सबै बन्द थियो बजार । सरकारले सबै बन्द गरेको थियो कोरोना नियन्त्रणको लागि , त्यस्तै उस्ले आफ्नो मन शान्तिको लागि बन्द गरेकी थिइ बोल्न म सङ्ग आजकल ।
सोचेको पनि थिइन यति सजिलै तिमीमा परिवर्तन आउला भनेर । कुनै बेला डिस्कस हुन्थ्यो र पनि पछि एक एर्काले बुझ्दथ्यौ । फेरि प्रेमको डोरी झन कसिलो हुदै जान्थ्यो र मायाको मुना हुर्किन्थ्यो । बिनाकारण अपत्यारिलो तरिकाले तिमीले सानो कुरालाइ बहसको विषय बनायौ । के हाम्रो जिन्दगीको सफर यहीँ र यत्ती मात्र थियो र ? आफैमा एकोहोरो प्रश्न र प्रस्ताव मडारिदै जान थाले। उस्का कुराहरुले झन मन बिछिप्त पार्यो । हुन पनि हो । आजकल म सवैबाट टाढा गएको छु । मलाइ साथीभाइ , आफन्त , यो दुनिया सबैबाट मन मर्दै जान लागेको छ । त्यसैले होला मन भुलाउनको लागि बर्षौ देखि छाडेको व्हिस्की फेरी पिउन मन लाग्यो ।
दराजमा रहेको बोतल निकाले । अब दु:खसुखको साथी यहि बोतल मात्र हो जस्तो लाग्यो । हुन पनि हो खै आजकल यहि बोतल सबैभन्दा प्रिय लाग्न लागेको छ । जस्ले अनायसै आउने यादहरु नशामा भुलाइदिन्छ । के म सहि छु या गलत ? त्यही नशामा आज केही शब्द छिरोल्ने प्रयास गर्दैछु ।
अन्तिम पटक सुमसुम्याएका ती कोमल हातरुको स्पर्श आज पनि उत्तिकै उत्तेजित लाग्छन प्रिय । मलाइ याद छ तिमी टाउको राखेर मेरो काखमा सुतिरहेको बेला निक्कै रोएकी थियौ । आँखाबाट खसेका ताता आँसुका तप्केनाहरु मेरो खुट्टामा पर्दा मात्र थाहा पाएको थिए तिमी चाल नपाउने गरि साच्चै रोइरहेकी रहेछ्यौ । बन्द कोठामा तिमीलाइ भुलाउन निक्कै मुस्किल भयो मलाइ । त्यो दिन रोयरै बित्यो । मलाइ याद छ प्रिय जहाँ हामी शुन्यताको सन्सारलाई बिथोल्दै एउटा नया प्रतिध्वनिलाई स्पर्श गर्दै थियौ तब तिमि निर्वस्त्र भएर गर्ल्याम्म ढलाएकि थियौ बिस्तारामा । त्यो रात कसरी बिर्सिन सक्छु र म । आज पनि लाग्छ प्रिय ती रसिला ओठहरु मेरा ओठहरुमा स्पर्श गरिरहेका छन । ती पोटिला छातीका स्तनहरु मेरो शरीर माथी ठोकिइरहेका छन । त्यो सिमलको भुवा जस्तै नरम र सिल्की कपाल उडेर मेरो हरेक अंग-अंगमा उत्तेजित भर्दैछ र ती कोमल हातहरु सलबलाउदै छन संबेदनसिल अंगहरुमा । तिमी यसैगरी प्रयास गर्दै हुन्थौ एउटा प्रेमको सागरमा चुर्लुम्मै डुब्न र डुबाउन । घन्टौ यस्तै गरि खेलिरहन्थ्यौ निर्वस्त्र यो शरीरमा त्यो उत्तेजित कामुकताले चुलिएको एक भूगोल प्रेमले रुझाउन । यसरी एउटा नाङ्गो शरीरमा खेल्दा खेल्दै तिमी निदाउथ्यौ र त रात छिप्पिएर बिहान हुन्थ्यो । त्यही दृस्य सम्झेर कैयौ पटक मैले पनि ओसिएका कपडाहरु फेरेको थिय तर आज आँसुले भिजेको रुमाल फेर्दैछु , पुस्दा पुस्दै नुनिलो पो भएछ त गाँठे ।
ती रातहरु तिमी सङ्ग रोमान्समा बित्ने गर्दथे । लाग्छ आजपनी यो हावामा तिम्रै गन्ध आइरहेको छ । तिम्रो बायाँ हात मेरो छातीमा निदाइरहेको छ र तिमिले फेरिरहेको श्वासको तातो हावाले मेरो ढुकढुकी चलिइरहेको छ । रातको सन्नाटालाइ चिर्दै निस्केको बिहानीको उज्यालो झ्यालको प्वालबाट भित्र छिर्दा तिम्रो मुस्कान मिसिएको मासुम अनुहारको चित्रण प्रस्ट देखिएको छ । तिमी उहीँ रातो सिल्की गाउनमा मुस्कुराइ रहेकी छ्यौ । फुकालेर राखेको पाउजु निहुरिएर लाउदै गर्दा देखिएका पोटिला स्तनका निप्पलले मन , मस्तिष्क र कोठामा झन तेजिलो उन्माद भर्दैछ । अब त झन खप्नै नसक्नेगरी तिम्रो मायाले गाल्दै लान थालेको छ । मन एउटा अनौठो सन्सारमा प्रवेस गर्दैछ , र मस्तिष्कले आज सहवास गर्दैछ । ट्र्याकपेन्ट पुरै भिजिसकेछ मोबाइलमा बजेको घन्टीको आवाजले फेरि बिथोल्यो यो प्रेमील सन्सारलाई दास बनाएर ।
पिउदा पिउदै कल्पनामा घोत्लिएका करोडौं थान यादहरु अब मस्तिष्कमा पनि पोखिन लागे , उठन खोज्छु खुट्टा लर्बराउछन । पलङ्गको बार समातेर उभिए तर पाइला अगि सर्दै सरेनन् । थचक्क बसे । के भयो खै यस्तो । निधार छामे हल्का जरो आए जस्तो लाग्दैछ तर फेरि पिउन मन लाग्यो बोतलमा बचेको हिजोको व्हिस्की । मनले आज बेस्सरी उनैलाइ खोज्दै थियो । हातहरु काँपि रहेका थिए । समातिरहेको गिलास हल्लिदै थियो र एक आपसमा ठोकिदै थिए आइसका केही टुक्राहरु । आधा-आधी व्हिस्की हाले र बाकी सोडा हालेर गिलास भोरे । पिउन भुलेको म अब निरन्तर पिउन थाले । टेबलमा तेर्सिएको क्यामेरा मेरो कथा रेकर्ड गर्दैछ र स्ट्याण्डमा उभिएको माइक मेरो अन्तरवार्ता लिदैछ हजारौ थान प्रश्नहरु म तर्फ तेर्साएर ।
- तपाइलाइ के लाग्छ , सुफिको प्यार सच्चा थियो या आवश्यकता ?
- सुफिको जीवनमा तपाईं बाहेक अरु कोइ छ र ?
- भौगोलिक दुरिबाट टाढा भएकै कारण आफ्नो आवस्यकता पूरा गर्न सुफिले अर्कै रोजेकी हो त ?
- सुफिले माफी मागेर तपाइको जीवनमा फर्किए सुइँकार गर्नु हुन्छ त ?
- सुफिले तपाईं सङ्ग प्रेम गर्नु सेक्सको भोक मेटाउन मात्र हो या अन्य कारण ?
- यदि सुफि फर्केर तपाइको जीवनमा आउदिन भने जादाजादै के भन्न चाहनु हुन्छ उसलाइ ?
यस्तै अनेकौ प्रश्नहरु थिए जहाँ म जवाफ विहीन थिए । शिकारीले हानेर घाइते बनाएको उड्न नसक्ने पन्छी जस्तै म जिउँदो लास बन्दै गय। कोसिस गरे तर अह एउटा पनि प्रश्नको उत्तर दिन सकिन । यहि प्रश्नहरु सुफिलाइ तेर्साए के उस्ले जवाफ दिन सक्ली त ? मन्मा झन गहिरा प्रश्नहरुले छाप छोड्न थाल्यो । त्यसैले त यहि छाप मेटाउन अधिकतम मात्रामा अल्कोहल सेवन गर्न बाध्य भए । हिजो जो मेरो जीवनमा उज्यालो छर्न आएकी थिइ सुफि आज उहीँ बिलाएर गएकी छ । उस्का कल्पना मेरो जीवनमा सबैभन्दा प्रिय हुँदै गएका थिए । उ सङ्गको यात्रा मेरो सुखद लक्ष्य हुँदै थियो । म बिश्वास गर्न पनि सक्दिन जस्ले हिजो मेरो जीवनमा प्रेमलाइ जन्मदियो आज उसैले प्रेमलाइ अपहरण शैलीमा हत्या गर्दैछ । म कसरी भुल्न सक्छु र छातिमा टाँसेर राखेको त्यो माया र राखेका साक्षीहरु । म कसरी झुक्याउन सक्छु र यी आँखालाई अनि कसरी सक्छु र भुलाउन ती अतीतका तितामीठा यादहरु ।
अनियंत्रित हावामा उडेको पात जस्तै म थिए तिमीले यस्लाइ छोपेर नदि किनारमा रोपिदियौ । सुक्दै गएको गमलाको बोट जस्तै थिए । तिमीले यस्लाइ पानी हालेर जीवन भरिदियौ । मेटिदै गएका थिए जीवनका गोरेटाहरु तिमीले जीवनमा नया बाटाका निकासहरु खोलिदियौ तर किन तिमी आज यति रुष्ट भएर बाटो मोडिदियौ प्रिय , ......
तिमीलाइ थाहा छ सुफि तिमी सङ्ग भेटेर निक्कै कुराहरु गर्न बाकी छ । तिमीलाइ दिएको बाचाहरु छिट्टै पुरागर्न मन छ । तिमीलाइ तिम्रो सन्सारमा खुशी राख्न मन छ र मन्मा लागेका करोडौं वेदान्तका कथाहरु छताछुल्ल पोख्न र पोखिन मन छ । भावनाहरु तिमीलाइ सुम्पेर टोल , गाउँ र शहरमा निस्फिक्री हिड्न , दौडिन र बहकिन मन छ । देशले बिकाशको फड्को मारेर काचुली फेरेझै तिम्रो अधुरो प्रेमकथालाई शब्दमा सजाउन मन छ र हरेक असफल प्रेमीहरु र सफल प्रेमीहरुलाइ एउटा उदाहरण बनेर देखाउन र सम्झाउन मन छ ।
" सफल प्रेम मात्रै होइन असफल प्रेम पनि प्रेमको प्रतीक हो "
सोच्दा सोच्दै मनले अब केही सोच्नै नसक्ने भएको छ सुफि । जे जति तिमीले गरेउ र मायामा सजाएर साथ निभायौ त्यसको लागी धन्यवाद तर के तिमीले एकपटक सोच्यौ त मैले तिमी प्रती गरेको व्यवहार , दिएको माया र निभाएको साथ । तर तिमी हराउदै जान थाल्यौ टाढाटाढा मन , मस्तिष्क र शहरबाट । शब्दहरु मेटिएर एक्लिएको खाली पन्नामा फेरि शब्दहरुले रंगाउन मन छ र लेख्न मन छ अतितका पलकहरु । बिछिप्त भएर छितरिएका एकएक शब्दहरु जोडेर एउटा पुस्तकको आकार दिनु छ र बनाउनु छ अर्को वास्तविक नया कथा जहाँ एउटा सिङ्गो समाज पर्खिरहेको छ आखिर सत्य के थियो ......
भेट त जहाँ जोसंग पनि हुनसक्छ तर अब तिमीसङ्गको भेट भने कुनै अविस्मरणीय र संयोग हुनेछ । म चाहन्छु मेरो त्यो पुरानो समय फर्कियोस जहाँ म तिमीसित परिचय गर्दै हुनेछु र सोध्नेछु तिम्रो वास्तविक जीवन र जीवनकथा
पिउदापिउदै व्हिस्कीको बोतल रित्तियो । रित्तिएछ पिएको व्हिस्कीको नशा तर कुरा भने रित्तिएनन बल्ल सुरुवात हुदैछन एउटा नौलो प्रेमकथाको आयाम बनेर , जीवनका सुनौला पलकहरु झल्काउन , अतीतका गर्भमा छटपटाइ रहेका ती गुमसुदा पात्रहरु संगै नया पात्रहरूको संघर्षको कथा बोकेर
..........✍️
- शिव बस्याल ,
- 2 May 2020 sat. / Mumbai

भाइ कति मीठो त्यो प्रेम साँचै सुन्दर त्यो क्षणहरू लाग्छ कथा नभएर सत्य प्रेम यो बनोस् जो त्यो समय थियो मीठो सुन्दर लाग्यो मेरो भाइको प्रस्तुति तर व्हिस्की नखानु त्यसरी
ReplyDeleteबधाई छ भाइ यति मीठो कथा पढ्ने अवसर दिएकोमा ����
तपाइको यो मिठो प्रतिक्रिया को लागी नतमस्तक छु । समय अनुसार र स्कृप्टले मागेको बेला यो एउटा ग्राफिक थियो । तपाइको सल्लाह सुझाव मेरो लागी निक्कै उर्जाशिल हुनेछ । हार्दिक धन्यवाद ।
ReplyDelete