सामाजिक , आर्थिक , राजनितिक र कानुनी मुद्दामा संवेदनशिलता साथै समाजको पारम्परिक पितृसत्तात्मक दृष्टिकोण प्रति जागरुकता बनाउने जसमा महिलाहरुको स्तिथिलाइ सदैव कमजोर मानिदै आएको थियो । बिश्वस्तरीय नारीवादी आन्दोलनमा अन्तरास्ट्रिय सस्थाहरुले महिलाहरुको सामाजिक ममता , स्वतन्त्रता र न्यायको राजनितिक अधिकार प्राप्तिको लागी सहुलियत दिलाउने प्रयास गरे पनि अझै पनि प्रवासमा महिलाहरुले कैयौ समस्याहरुमा अनायसै बल्झिनु परेको छ । त्यसैले महिलाहरुलाई आर्थिक सशक्तीकरण सुनिश्चित गर्न अति आवस्यक देखिन्छ । उनिहरुको विरुद्ध हिंसाको उत्तरोत्तर उन्मुलन लाई बढावा दिन जरुरी छ । स्वास्थ्य र शिक्षामा जोड दिदै महिलाहरुको सामाजिक सशक्तीकरण लाई योजनाबद्ध रुपमा अगाडि लैजान प्रेरित गर्नु पर्दछ ।
महिलाहरुलाई शक्तिशाली बनाउने मुख्य लक्ष्य : जसमा आफ्नो जीवन संग जुडेका हरेक फैसला स्वयं खुद आफै लिन सकुन । समाज र परिवारमा राम्रोसँग निर्घक्क भएर बस्न सकुन । समाज / समुदायमा उनिहरुको वास्तविक अधिकार प्राप्त गर्नको लागी उनिहरुलाइ सक्षम बनाउनलाई महिला सशक्तीकरण अति आवस्यक मानिएको हो । उनिहरु विरुद्धका सवै प्रकारका विभेद , हिंसाको अन्त्यगरी महिलाहरुको हक तथा अधिकारको सुरक्षा र प्रवर्द्धनको लागी उनिहरुको अधिकारमा आधारित विकास अवधारणाको अवलम्बन गरि नितिगत कानुनी र सस्थागत सुधारका साथै विकासका कार्यक्रमहरु लाई संचालन गरेर विभेदकारी कानुनहरु हटाइ हरेक क्षेत्रमा महिलाहरुलाई सहभागीता गराएर महिलाहरुमा भएको अन्तर्निहित क्षमतालाइ वृद्धि गराउनु नै हाम्रो ध्यह हो । त्यसैले पनि आज टोल , गाउँ , समाज , देश र प्रवासमा चाहे जुनसुकै ठाउमा होस महिला हरुलाइ अग्रसर गराएर आत्मबल बढाइ आत्मसात आफ्नो खुट्टामा खुल्ला रुपमा उभिन सकुन भन्ने कुरालाइ लक्ष्यित गरेर नै नेपाली महिला सशक्तीकरण लाई यो सस्थले जोड दिएको छ ।
महिलाहरुलाइ जागरुक बनाउन जरुरी छ । दाइजो प्रथा , अशिक्षा , यौन हिंसा , असमानता , भ्रुण हत्या , घरेलु हिंसा , बलात्कार , वैस्यावृती , मानव तस्करी जस्ता घटनाहरुलाइ न्यून गरि निर्मुल पार्नको लागी महिलाहरु पनि अग्रसर र योग्यवान हुन अति आवस्यक छ । लैङ्गिक भेदभाव रास्ट्रमा सास्कृतिक , सामाजिक , आर्थिक र शैक्षिक अन्तरवाट आउँछ । जसले कुनै एउटा ब्यक्तिलाइ मात्र नभएर पुरै देशलाई नै पछाडी धकेल्छ । समानताको अधिकार लाइ सुनिश्चित बनाउनको लागी नै महिलाहरुलाइ सशक्त बनाउन प्रभावशाली उपायहरु लाई जगेर्ना गर्ने मुल सिद्धान्तहरुलाई हातेमालो गरेर महिला पुरुष बिचमा समानताको विजारोपण गर्ने हेतुले यो सस्थाले नेपाली महिला सशक्तीकरण मा जोड दिएको छ ।
महिलाहरुमा भौतिक या आध्यात्मिक , शारीरिक या मानसिक सवै स्तरमा महिलाहरुलाइ आत्मविश्वास पैदा गर्नु र उनिहरुलाइ सशक्त बनाउने एक अथक प्रयास नै महिला सशक्तीकरण को मिसन हो ।
- शिव बस्याल ...✍️
No comments:
Post a Comment