कोरोना भाइरसको नियन्त्रणलाई मध्यनजर गरेर सरकारले गरेको लकडाउन भन्दा पनि तिम्रो मायाको लकडाउनले प्रचण्ड आघात पुर्याएको महसुस गर्दैछु म । हेर्दाहेर्दै आज सातौ दिनपनि बितिसक्यो । सन्सारभरी फैलिएको यो महामारीले हजारौको ज्यान लिइ सक्यो । कोभिड-१९ को आतंक यो तेस्रो बिश्वयुद्द भन्दा फरक नपर्ला तर यो भन्दा पनि ठूलो युद्द र द्वन्द्व यहाँ फैलिदैछ आज खै किन प्रिय .......
प्रेमको अंतरङ्गलाई खोतलेर जीवनको यो भयावह स्तिथिमा तिमिले गरेको हाम्रो मायाको समिक्षा लाई म वाहवाह भन्न त सक्दिन तर तिमिले अचानक लिएको निर्णयलाई सुइकार्न बाध्य बनायो । जीवनको गोरेटोबाट विलीन हुँदै गएको तिम्रो मनोवल र महत्वकांक्षी प्रती उच्च सम्मान छ प्यारी यो भन्दा अरु अब भन्न सक्दिन ।
स्वदेशमै हुन्थे भने आज यो स्तिथी आउदैनथ्यो होला तर बिदेशमा हुदा तिमिले लिएको एकल निर्णयलाई कसरी म स्वीकृत दिउ । नदिउ भने पनि त यो भन्दा अरु विकल्प छैन । महामारी सङ्ग हारे भने त मेरो केही लाग्दैन यदि म ठिक भयर स्वदेश फर्किए भने तिमीलाई मेरो कमि महसुस पक्कै हुनेछ । विगत के थियो र कस्तो थियो तिमी यति सजिलै बिर्सिन थालेउ ! हुन त अहिले तिमिले खोजेजती र चाहेजती म सबै कुरा दिन सकिरहेको छैन किनकी म आफुलाइ नै सम्हाल्न सकिरहेको छैन । आज बल्ल केही हल्का भएको महसुस गर्दैछु तर स्वास्थ्य सुधार हुन गार्हो छ दिन गनिरहेको हुन्छु आज आठौ दिन भयछ आइसोलेसन भर्ना भयको पनि । त्यस्तै तिमिसङ्ग बिछोडिएको पनि ।
तिमी माथि बिश्वास रहेन अब , आफै खुट्टा उचालेर विलङ्घन गर्ने तिमी । कस्ले बिश्वास गर्ने अब । मैले यति सम्झाउदा पनि तिमी आज सम्झिन सकिनौ भने अब भन्नू पर्ने कुनै औचित्य नै छैन। गल्ती जस्को सुकै होस । हामी सम्झौतामा गएर एकपटक गल्ती स्विकार्दै अग्रिम पाइलालाई रफ्तार दिएको भए तिम्रो के जान्थ्यो र ! हरेक पटक तिम्रो जिद्दी र गरेको व्यवहार ले म पटक पटक मरे । हरेक पटक तिमिले पिलाएको विष पिएर पनि म जिवित नै थिए तर आज अब यो साहस म मा छैन । समुन्द्रको गहिराइ सम्म तरङ्गित हुँदै गएर बिलाएको छाल जस्तै ती यादहरु बिलाउन थाले । इरेजरले मेटाएको हरेक अक्षरहरु झै ती यादहरु आफै मेटिदै जान थाले । सारङ्गिको तारले रेट्दा सजिलै निस्किने ध्वनी तरङ्ग जस्तै पीडा र आशुका ढिक्का हरु यत्रतत्र निस्किन थाले यो निसन्देह स्तिथिमा । तिम्रो त्यो व्यवहार देखि म स्तब्ध छु । सायद अब धेरै दिन छैन होला र फेरिका दिनहरुमा तिमिलाइ सम्बोधन गरेर पिडामा छट्पटीदै यी अक्षरहरु कोर्न नपरोस , भगवान माथी यहि नै प्रार्थना ।
यदि तिमी उ सङ्ग नै रमाउने भय पनि समयमै खुलस्त भन्थेउ म तिमिलाइ रोक्थिन होला , रोक्थे केवल आफुले आफैलाइ तर तिमी लाई आज एउटा बहाना बन्यो या तिमिले अब आफुलाइ सम्हाल्ने मान्छे रोज्न थालेउ। यस्तो स्तिथिमा तिम्रो साथ , हौसला र माया को सट्टा तिमिले दिएको चोट कोभिड-१९ भन्दा पनि ठूलो भैदियो । हरेक दिन तस्बिर हेरेर मुस्कुराउने यो चेहेरा अब मृत्युको बाटो पर्खिरहेको महसुस गर्दैछ ।
सामान्य रुघा खोकी लागेको दिन देखि नै तिमी ले गरेको व्यवहार लाई म बुझ्न सकिन सायद यो नै मेरो कमजोरी थियो । हरेक पटक बहाना बनाइ बनाइ तिमिले देखाएको बनावटि मायालाइ पनि आँखा चिम्लेर मैले स्विकार्नु मेरो कमजोरी थियो ! तिमी महान हौ म जस्ता अरु २/३ जनालाई खुशी राख्न सक्छेउ । जरुरत भन्दा बाहिर गयौ । आफ्ना र आफन्त को हुन भन्ने नबुझी अहिले यौवनको प्यासलाइ सितल दिने छहारी लाई मायाको ओत बनायौ आखिर किन .....? जवानिको जोसमा होस गुमाउदै छौ । यो खेल केवल क्षणिक मात्र हुन तिमिले बुझ्न सकिनौ किन ...?
के चाइ कुरामा तिमिलाइ कमि भयो र ? के तिमिले प्रयाप्त माया र स्नेह पाउन सकिनौ ? के तिमिलाइ जरुरत चिजहरु पाउन गार्हो थियो र ? के तिमी यौन सन्तुष्टि थिइनौ ? हरेक पाइलामा पैसा मात्र ठूलो कुरा पनि त थिएन । किन तिमिले पर पुरुष सङ्ग यस्तो सम्बन्ध बढायौ ? के तिमिलाइ बिहे गर्छु भनेर फकायो त्यसले ? किन के प्रलोभनमा तिमी यति नरम भएर सजिलै गयौ ? केही समय टाढा हुनु बाध्यता थियो तर माया त उत्तिनै थियो त्यो तिमिले बुझ्न सकिनौ तर अब भने निक्कै ढिला भैसक्यो । यो पाप हो या धर्म तर म तिमिलाइ जिवनको अनन्तकाल सम्म पनि साथ दिने बाचा गरेको थिए तिमिले आफै तोड्यौ । तिमिलाइ अङालेर तिम्रा हरेक अङ्गसंग खेल्नु , तिमिलाइ चुम्नु , निर्वस्त्र भयएर तिमिलाइ अंकमाल गर्नु र रातभर तिमिलाइ दाहिने हातको सिरानी बनाएर मायाको सन्सारमा चुर्लुम्म सैर गराउनु सायद मेरो ठूलो भुल भयो ।
आज नजर भुइमा गाड्नु बाहेक केही छैन , सम्झिन्छु ती पल अनि अवाक भयर बस्नु बाहेक बिकल्प छैन यो आइसोलेसन वार्ड्मा । तिमी सानी छैनौ , के पाप के धर्म राम्रो सङ्ग छुट्ट्याउन सक्छेउ , जान्दा जान्दै बुझ्दा बुझ्दै आफ्ना भानाइहरु बाहेक अरु सुन्न चाहिनौ । तिमिले आज दुस्कर्म गरेउ प्रिय !
जतिपल्ट फोन गर्यो उती पल्ट तिमी ब्यस्त देखियौ । बिहान , दिउँसो , साझ यानकी मध्य रातिमा पनि तिमी ब्यस्त रहन थाल्यौ आखिर किन यस्तै अनैतिक व्यवहार गर्न थाल्यौ ! तिमिले गरेको यो व्यवहारले आफू र आफन्तलाइ कस्तो चोट पुग्ला भनेर बिचार गरिनौ । भोलि तिमिलाइ भेटेर रात बिताएर उज्यालो संगै उ विलिन भैदियो भने त्यो बेला के होला .....!
मैले खप्नै सकिन , यो दृश्य सम्झिदा । टाउको बेस्सरी दुख्न थाल्यो । छातिमा सयौ किलाको ढुङ्गाले थिचे जत्तिकै भान हुन थाल्यो । स्वासप्रस्वास अवरुद्द हुँदै जान लाग्यो । खुट्टा आफै तिनिक्क तिनिक्क तानिन लागे । म छटपटि ले चिच्याउन लागे । निथ्रुक्क भिजेको निधारको पसिना पुसिदिदै फुस्किएको अक्सिजन लाई पुनः नाक र मुखमा जडान गरिदिएर नर्स नजिकैको टेबुलमा बसेर मेरा धड्कन हरुको मन्द गति नियाल्दै गरेको मात्र सम्झिन्छु । मात्र त्यत्ति , मात्र त्यत्ति .........
मैले त्यो दिन मात्र होइन हरेक पटक तिम्रा यस्ता हर्कत भेटाए । आफ्नो र आफ्नाको मर्यादालाई ख्याल गर्न नसक्ने र जानीजानी यस्ता अनैतिक खेलहरु सङ्ग सजिलै बहकिने त्यो मनलाइ अब रोक्न सक्ने कुनै सामर्थ छैन । पटक पटक यस्ता कार्तुस गरेर आफ्नैको पिठ्युँमा छुरा रोपेको हैन र ? अनि किन आज मौन छौ ! सोच्यौ होला यो भाइरस बाट अब म बच्दिन होला त्यसैले तिमिले आज आफुलाइ सम्हाल्ने मान्छे रोज्न थाल्यौ ! कति निर्दयी तिम्रो मन । कस्तो घृणित तिम्रो खेल । कती स्वार्थपुर्ण तिम्रो चाल । मेरा हरेक धड्कनमा तिम्रा यादहरु सलबलाउनु स्वभाविक हो किनकी म स्वतन्त्र प्रेम गरिरहेको थिए तिमिलाइ । आज यस्तो अवस्थामा रिसले ड्वाङ्ग ड्वाङ् शब्दहरु मस्तिष्कमा पछार्नु बाहेक अब केही रहेन ! तिम्रो उज्ज्वल भविस्यको कामना यो जीवनको अन्तिम घडिमा ।
गल्ती एकपटक हुन्छ। गल्ती मान्छेले जानेर गर्दैन । यदि गल्ती भयो भने पनि उस्ले गल्ती स्विकार्दै फेरि दोबारा गल्ती नगर्ने वाचा गर्दछ , तर जानीजानी हरेक पटक बारम्बार गल्ती दोहोर्याउनु त्यो आनाकानी हो । पाप हो र कसैमाथी गरेको यो घृणित कार्तुस हो । जो मृत्युको मुखमा झुन्डिएको बेला पनि माफ गर्न लायक हुदैन ! मन त थियो कुद्दै गएर पाप गर्ने तिम्रो मन र ती खुट्टा भाचिदिउ तर तिम्रो अपराधको न्याय गर्ने म होइन । जस्ले यो सृष्टि लाई नियालेर सम्रचना गरेर बनाए उनै परम परमेश्वर ले न्याय दिनेछन । कर्म अनुसर फल पक्कै मिल्नेछ । जाउ अब त्यही सङै म केही बोल्दिन ! मन त हुन्छ प्रिय कुद्दै गएर यत्रतत्र हिड्ने ती खुट्टा भाचिदिउ , त्यो घाँटी छिनाइदिउ तर त्यसो गरेर समाजमा मुख लुकाउनु छैन मलाइ !
एउटा बेस्याले पनि आफ्नो सन्तानको पेट पाल्नलाई मात्र आफ्नो शरीर बेच्छे इज्जत र मानसम्मान कमाउनको लागी होइन ! के तिमी त्यो क्याटेगिरिको थियौ र ? हरेक प्रस्नको जायज उत्तर देउ प्रिय आज यो अवस्थामा अकस्मात म कतिबेला पनि निदाउन सक्छु फेरि कहिल्यै जिवित नहुने गरेर । हुनसक्छ मेरो जीवनको अन्तिम घडिमा तिमिलाइ माफ गरेर सन्सारबाट बिदा लिन सकु । मलाइ अलिकती साहस जुट्यो यत्ती मैले लेख्न सके । तिमिमाथी बिश्वास रहेन अब ।यहि समयमै मलाइ भयानक भाइरस ले शिकार बनायो । म यस्तो अवस्थामा फर्किएर यो संक्रमणको चपेटमा तिमिलाइ तड्पाउन सक्दिन । तिमी जाउ जहाँ खुशी छौ त्यही रमाउ र आफ्नो सन्सार बसाउ किनकी तिमिलाइ थाहा छ अब कोभिड - १९ लाई जितेर म फर्किन सक्दिन त्यसैले त आज उसैलाई अंगाल्यौ ।
आफै खुट्टा उचालेर कुलच्छिन गर्ने तिमिले फेरि यस्तो गर्ने छैनौ भनेर कस्ले बिश्वास गर्ने । मैले यो विष पिएर बस्न सक्छु तर आजसम्म मर्न किन सकिन भगवान के मलाइ अझै तड्पाउने हो र ? अब मलाइ बाच्नुको कुनै सामर्थ्य छैन । सायद कोरोना भाइरस ले मलाइ गाल्दैछ र धेरै दिन अब बाकी छैन । मलाइ लागेपनी हर कसैलाइ यो भाइरस नलागोस , हरेकले अझै बाच्नु छ धेरै । हरेक प्रगतिका पाइला पाइलामा दियो बाल्नु छ त्यसैले त मैले पनि हिजो तिम्रै नाममा दियो बालिदिय किनकी मलाइ थाहा छ म कोरोना भाइरस लाई हराउन सक्दिन र तिम्रो खुशी र प्रगतिमा दिप प्रज्वलित गर्नबाट बन्चित हुनेछु । जहाँ तिम्रो खुशी छ त्यहा मेरो समर्थन छ रोकावट हैन । यो पापको भारी लिएर जिन्दगी भर बाच्नु तिमी , यहि हो तिमिलाइ सजाय अरु केही होइन प्रिय । जव तिमिले आफुले रोजेको ठाउमा पुग्दा उस्ले गरेको अनैतिक ब्यवहार ले आत्मग्वलानी गर्दै गल्तिको महसुस गर्दै लाजले मर्नेछौ त्यही नै तिम्रो अन्तिम सजाय ।
थाहा छैन भोलि के हुन्छ तर आज बाचेकै छु , पलपल छिनछिन । अलिअली मर्दैछु । चाहेर पनि मर्न नसकिने रहेछ ।आत्मग्वलानिको आगो कस्तो हुन्छ । अरु कुनै दिदिबहिनी दाजुभाइले गल्तिले पनि यस्तो आगोको चपेटमा रोमलिनु नपरोस ।
अब कुनै कतै उपाए छैन म सङ्ग बाच्नको लागी । उन्को त्यो हर्कत र कोभिड -१९ को चपेट संगसङै । त्यसैले त लेखकले आज मेरो आत्मकथा रोजेर लेखेको हुनु पर्छ । धन्यवाद ।
[ हरेक समयलाई करिवबाट नियाल्दा यो समयमा यस्ता घटना पनि नहोलान भन्न सकिँदैन । समस्त मानव जातिको उद्दार होस । सृष्टिबाटै यो कोरोना भाइरस निर्मुल भएर सबैको जीवनमा मुस्कान छाइदियोस । सामर्थ्य , शक्ति र प्रगतिको शिखरमा फेरि एकपटक जित हासिल गरेको झण्डा फरफरावोस हाम्रो कामना र भाइरस ग्रस्त बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना पनि । लेखाइ लाई केवल काल्पनिक रुपमा मात्र बुझेर सुझाव सल्लाह दिनुहोला । हरेक समयमा समसामयिक विषयलाई मध्यजनर गरेर काल्पनिक प्रेमकथा लाई प्रस्तुत गर्ने एउटा प्रयास मात्र थियो अन्यथा नलिनु होला - धन्यवाद । ]
- शिव बस्याल
६ अप्रिल २०२० , मुम्बई भारत ।।

No comments:
Post a Comment