Tuesday, 16 October 2018

दशै आयो र ......? " शिव बस्याल "

- दिनभरिको थकान पछि आज छिट्टै सुतियो , हिजो अस्ति हेर्ने टिभी को पनि बेवास्ता गरेर । बोल्ने मन थियो र पनि फोन लागेन । एकपटक फेरि प्रयास गरे तर स्विच अफ भएको इरर ट्युन मात्र बारम्बार ....

सिरानी मुनि राखेको एल्बम निकाले । पाना पल्टाउदै गए। हरेक तस्बिर ले आफ्नै विशेषता बोकेको थियो । प्रत्यक तस्बिरलाई हेर्दै म त्यो समय स्मरण गर्दै थिए । २०४८/४९ सालमा खिचिएको तस्बिर , म आफ्नो पासमा सम्हालेर राखेको थिए । दशै को याद बेस्सरी आयो , सहन नसक्ने गरि पिडाका कुण्ठा बोकेर ।


साच्चिकै दशै आएकै हो त .........?

आफैमा प्रस्न गरे तर उत्तर भने भेटिन। अनायसै धमिलिएका आँखामा छिनभरमै दुखान्तको बादल ले डेरा हाल्यो । मन मस्तिष्कमा दशै मडारिन थाल्यो । मुटुमा पर्वको चट्याङ पर्यो । दिमाग पुरै रोटे पिङ्ग खेल्न थाल्यो ।पूरा शरिर एक्कासी चिसिदै जान थाल्यो । फेरि तस्बिर हेर्ने प्रयास गरे तर हेर्न सकिन । बलेसिमा झरेको पानीको थोपा झै आशुहरु ले परेली भिजाउन थाल्यो । तप्प तप्प चुहिएको आँसु ले सिरानी चिसिन थाल्यो । पल्लो बेडको साथिले चाल पाउलाकी भनेर मुखमा रुमाल ठोसेर घोप्टिदा पनि घिक्क घिक्क छुटेको आवाज म मात्र महसुस गरे या उस्ले सुन्यो खै । छिनभरमै म शुन्यताको सन्सार मा बिलिन भए ।

के मलाइ रुन मात्रै आएको हो र दशै .....?

हरेक बर्ष मेरो दशै यसरी नै बित्ने गर्थ्यो , बिगतको केही बर्ष देखि यता । एल्बम लाई आफ्नै छातिमा टासेर राखे । म महसुस गर्दैथिए । मैले मेरा आमा , बुवा, दाजुभाइ र दिदिबहिनी सबैलाइ अंगालो मारेको छु । म एक्लो छैन । म हिन्दुहरुको महान पर्व दशै लाई अंगालेको छु । सवैलाइ आउदा आज मलाइ पनि एकपटक दशै आयजस्तो लाग्यो । कसैलाइ खुशिको बहार लिएर त कसैलाइ दुखान्तको पीडा दिएर ।

साच्चिकै दशै दशा बनेकै हो त ......?

महिनौ दिन देखि अगिनै साहुहरु घरमा आउथे । पोहोर लिएको ऋण पालेर राखेको बोका , खसि दिएर जसोतसो निम्ट्याइन्थ्यो । अब फेरि यो बर्ष को लागि ऋण खोज्न बुवा निस्किनु हुन्थ्यो । बारिमा तोरिको पहेलो फुल सङै दशै आउथ्यो । फुलहरुमा माहुरी भुनभुनाउदै रमाउदै हुन्थे र दशै आउथ्यो । घरमा ऋण खोज्दा नपाएर आमा , बुवा भुनभुनाउनु हुन्थ्यो र पो दशै आउथ्यो । सिङ्गो गाउमा कमेरो र माटोको सुगन्ध आउथ्यो र पो दशै आउथ्यो । खरिबोटे कान्छा ले डाडामा गएर चिच्च्याएर

- " हेर है जनता हो , भोलि ठिक ११ बजे झिम्सेनिको सागुरो बाटो खन्ने , खुड्किला बनाउने र बाटो सफा गर्ने हुदा कुटो , कोदालो , हसिया र बेल्चा लिएर आउनुहै जनता हो " भन्थे र पो दशै आउथ्यो । सुत्नेबेलामा टिपेको सागको डोको बोकेर मेरी आमा झिसमिसेमा साग बेच्थिन र मैले लगाउने चप्पल आउथ्यो र पो दशै आउथ्यो । सबैको घरमा नवरात्री लागेदेखी नै रोटि , मासु र पक्वान को सुगन्ध आउथ्यो र पो दशै आउथ्यो । चौरमा पिपलको बोटमा बाधेको पिङ्ग खेल्न लडाइ हुन्थ्यो र पो दशै आउथ्यो ।
वास्तवमै भन्दा मेरो घरमा मागेर ल्याएको बासी मोहिको गन्ध छरप्रस्ट पसारिन्थ्यो र पो दशै आउथ्यो ।




 के यसरी आउने दशै " दशै " नै थियो या दुर्दशा ...........?

ज्यान तेसै अररो भएजस्तो भयो । सुन्निएका आँखा अन्जुलिमा राखेको पानिले भिजाए । आशुको टाटो र नुनिलो गन्ध धोएर एल्बम झोलामै सुरक्षित राखे । फेरि अर्को बर्ष पनि दशै यतै आइदियो भने ।  घरमा आउने दशै प्रदेशमा तस्बिरमा आउदो रहेछ । अतीत यस्तो हालतमा थियो र आज बिगत भैदियो नत्र कहाँ आउथ्यो र दशै । तस्बिर साथमा थियो र पो प्रवासमा दशै आयो नत्र परेली भिजाउन र सिरानी रुझाउन कहाँ पाइन्थ्यो र ।
साच्चिकै आज बल्ल दशै आयो । सुन्निएका आँखा लिएर ड्युटी गय र पो दशै आयो । अधिकाम्स प्रवासिको पीडा यस्तै होला या नहोला तर कसैकसैको जिवनमा यस्तै पर्यो र पो दशै आयो । लाग्दैन अहिले पनि दशै आयजस्तो मलाइ । यसरी प्रवास मा बगेका आशुहरु ले धोएका अक्षता लाएर पनि खै के दशै । दशै त निधारमा टीका , कानमा जमरा पानसमा बत्ती बाली आशिर्वाद को गुन्जायमान भित्र रम्दै खुशिको बहार लिएर आइदिन्थ्यो र पो दशै । मेरा पीडा र मनका यी प्रस्नहरुको उत्तर दिन र खोज्न प्रवासमा अल्झिए र पो आशुको दशै आयो नत्र यो प्रवासमा खै के दशै ....................।

साच्चै दशै आयो र .........?

"देश बिदेशमा रहनुहुने सम्पूर्ण आमा बुवा , दाजुभाइ , दिदिबहिनी र चिरपरिचित साथिहरुमा बिजया दशमि २०७५ को हार्दिक मंगलमय शुभकामना "
                                         - शिव बस्याल 
                               17 अक्टोबर 2018 / मुम्बई 


1 comment:

  1. यो वर्ष 201 9 मेरो लागि अत्यन्तै निराशाजनक भएको छ किनभने परमेश्वरले मलाई खुसीसाथ जीवन बिताउनु भएको कारणले मलाई 3 महिनाको लागि बिस्तारै पछि मेरो पतिले मलाई बेवास्ता गरे र उसलाई मालकिनमा गए। मैले भनेँ- "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ," मैले भनेँ, "मैले भनेँ। मेरो लागी। म डा। अमीर संग संपर्क मा मिलयो र म उनको शब्दहरु सुने र उनको द्वारा दिए गए निर्देशों को पालन गरे। यसका लागि तपाईले आफ्नो जीवनलाई 12 देखि 16 घण्टा भित्र घर फर्केर आश्वस्त पार्नुभयो र आज मेरो विवाह पुनर्स्थापित भएको छ र म धेरै धन्यबाद, सराहनात्मक र कृतज्ञ हुँ। बिग्रेको विवाह त्यहाँ त्यहाँ कुनै को बाहिर छ कि उसले फिर्ता वा उसको प्रेमीमा फिर्ता लिन आवश्यक छ वा कुनै पनि प्रकारको कुनै पनि सहयोग चाहिन्छ? त्यसपछि, म सुझाव दिन्छु कि तपाई डा। वेल्टिटीसँग सम्पर्कमा हुनुहुन्छ जुन अहिले उनीहरूको ईमेल आईडी मार्फत छ: wealthylovespell@gmail.com वा तपाईले पनि अधिक जानकारीको लागि +2348105150446 मा पनि व्हाट्सएप गर्न सक्नुहुनेछ। भगवान तिमीलाई आशीर्वाद दिनुहोस

    ReplyDelete

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...