Wednesday, 18 July 2018

स्तब्ध मा डुब्यो अधेरी गाउँ T99post

BY- Admin ३ साउन 

वर्षदिनको लभ, डेढ वर्षको बैवाहिक जीवन, छिनकै पहिरोमा पुरियो’

        सन्तोष कुँवर र शरु कुँवरको भेट तीन वर्ष पहिले भएको थियो । शरु सन्तोषको गाउँ शहिद लखन ६ घैरुङको अँधेरीमा रहेको मावली आउजाउ गर्दा उनीहरुको भेट भयो । बाबा आमाले नस्वीकार्दा पनि आफुलाई मन परेको र मायाँ गर्ने शरुलाई सन्तोषले भगाएरै विहे गरेका थिए ।

हरेक साउन यसरी देखायर नतड्पाउ प्रिय बरु छिट्टै लिन आउ " शिव बस्याल "T99post

बाटोमा हिडेका युवतिहरु देख्दा साउन आय जस्तो लाग्छ तर खै कुन्नी किन उहाँ आउनु भयन ! आज पाच वटा साउन गैसके ! पर्खिरहे ! कति सोमवार का व्रत बसे तर पनि अह मेरा लागि हरेक साउन कहिले हरियो भयन आखिर किन ? मैले मेहेन्दी लगाउन जानिन कि ? मेहेन्दी घोल्न जानिन कि ? घोलियको मेहेन्दिमा माया त मिसायकै थिय तर पनि के कमि भयो होला ? हरेक सोमवार शिव मन्दिर गयर लम्बी आयुको कामना त गरेकै थिय फेरि किन ?  मैले लगायका चुरा हरु त हरिया नै थिय तर आखिर किन ? मेरो पहिरन पनि हरियै थियो तर पनि किन ? बाताबरण को रमझम सङ्गै प्रकृति पनि हरियो थियो तर फिका किन ? मनमा सलबलाउने मेरा यी प्रस्न हरुको कि त उत्तर देउ नत्र लिन आउ प्रिय अब धेरै बाच्ने रहर छैन !

Monday, 16 July 2018

कालिको मुस्कान तरवार राख्ने खोल सम्झिन्छन " रज्जु बिडारी" - T99post

[ गजल ]

अाफु चोक्टा अरुलाई त्यसको झोल सम्झन्छन् यार।
अरुको काम त खाली पोष्टको गोल सम्झन्छन् यार।।

सबै खराब म मात्रै राम्रो भन्ने मानसिकता भएरै हो कि।
अरु  कबाडी अाफुलाई भने अनमोल सम्झन्छन् यार।

अाफ्नो  सम्झेर कसैसँग बोल्न मन छैन अब मलाई।
मीठो  बोलेर धुत्न अाई  फेरि पोल सम्झन्छन् यार।।

 मुखमा  रामराम  बगलीमा  छुरा बोकेर हिड्नेहरुले।
"कालीको"मुस्कान तरबार राख्ने खोल सम्झन्छन् यार।

रज्जु बिडारी " काली "
धार्के,धादिङ्ग।।
16 july 2018

सुनखरी नेपाली महिला समाज र बसिबियालो को सम्युक्त आयोजनामा भानु जयन्ती सम्पन्न - T99post

BY - Admin , 14 जुलै मुम्बई ! भानु जयन्ती को दिन सुनखरी नेपाली महिला समाज मुम्बई र बसिबियालो मुम्बई को सम्युक्त आयोजना मा बिभिन्न सास्कृतिक कार्यक्रम र जयन्ती भब्य रुपमा सम्पन्न भयो ! प्रवास मा रहेर पनि आफ्नो भाषा , कला र सस्कृती लाई जिवित राख्ने बहु उद्देश्य लियको यो समाज ले बिगतको लामो समय देखि नै यस्ता कार्यक्रम गर्दै आयको छ ! महिला  स-सक्तिकरण र एकजुटता को उदाहरण बनेर देखायको यो सामाजिक सस्था पनि हो ! स्वदेशी भुमी देखि टाढा हुदा पनि विभिन्न समय मा आउने जाने चाडपर्व हरु लाई अङ्गालेर आपसी मेलमिलाप र सहयोग को भावनात्मक सृजना गर्ने साथै आउने भावी पिढी हरुलाइ पनि आफ्नै देशको भाषा र सस्कृती लाई यथाशीघ्र राख्ने परिकल्पना बोकेको शिक्षा सिर्जना गरेको भन्दै सुनखरी महिला समाज को नेतृत्व मा रजनी थाप ज्यु ले आफ्नो गजन बिचार र मन्तव्य दिनु भयको थियो !

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...