Friday, 30 June 2017

सुगरको रोगले सामातेपछि आटोको दर खान बाध्य "माइला बा"

CBA Bashyal, बुटवल  हरितालिका तिज को नजिकिने क्रम सङै अब बजार मा पनि तिज गितहरुको आउने क्रम को तछाड्मछाड प्रतिस्पर्धा चलेको छ! सबै कलाकार हरु ले विभिन्न आफ्नै शैली मा प्रस्तुत गर्दै हुनुन्छ , कसैले मन छुवायर रुलायका छन भने कसैले पेट नै फुट्नेगरि हसायका पनि छन ! फरक फरक किसिमका गितसङै बिगतको केही समय देखि आफ्नो तिज गित पस्किदै आउनु भयको हास्य/ कमेडी कलाकार बिष्णु जि पान्डेय " माइला बा" ले पनि अहिले अलि फरक खालको कथा र ब्यथा लाई समाबेस गर्दै आफ्नो तिज गित को कोशेली नेपाली चेलिहरुलाइ उपहार दिदै हुनुहुन्छ! सधै आफुलाइ एउटा बुढो भेषमा दर्शक माझ दर्साउने माइला बा ले यस्पाली पनि आफुलाई उहीँ पारामा नै झल्काउनु भयको छ !


 जब उमेर बढ्छ सुगर को रोगले समात्छ तब चाड्पर्ब आयपनी चिल्ला खाजा नखाइ आटोलाइ
नै दर सम्झी खानुपर्छ , स्वास्थ्य सङ खेलवाड गर्न हुदैन  भन्ने चेतना दिदै यो आफ्नो तिज गित अल्बम "आटोको दर" कोर्नु भयको छ ! समय ले ठगे पछि खेतबारिको पिरलो , आर्थिक अभाव ले दबाब हालेपछी बिदेशिनु को पीडा , बुढिमाउ माइत जादा आफू बिरामी र बुढो मान्छे ले भोग्नु परेको सास्ती अनि चारैतिरका पीडा नै पीडा ले समातेपछि का बेदना हरुलाइ झल्काउदै एउटा राम्रो उदाहरण दर्साउनु भयको छ !


एल्बम " आटोको दर "  .............. माइला बा & शोभा पान्डेय  को प्रस्तुती  2017

जस्मा शब्ध लय र स्वर माइला बा को नै रहेको छ भने गुरुआमा फिल्मबाट स्मृति तिमिल्सिना ले निर्देशन गर्नु भयको छ ! तेस्तै छायांकन सुरेश श्रेष्ठ को रहेको छ भने सम्पादन सुदन बस्नेत ले गर्नु भाको छ ! आशिष् म्युजिक प्रालि ले उत्पादन र बितरक गरेको छ!  सधै आफू नहासी दर्शक लाई सधै हसायर इन्टर्टेन्ट्मेन्ट पस्किने माइला बा को एल्बम लाई हेर्न नभुल्नु होला ताकी माइला बा का व्यंग्यात्मक कुराहरुबाट धेरै कुराहरु सिक्न पाइन्छ ! कृपया यो भिडियो हेर्न यो लिन्क मा जानुहोला - धन्यबाद - $b© palpa nepal




No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...