Friday, 2 June 2017

गजल लेख्नु पेशा होइन प्रयास हो मेरो तर .....(t99post)

CBA Bashyal,समय सादर्भिक लेख्नु स्वभाबिकै हो नलेखु पनि कसरी मनले मान्दैन! लेख्ने कोसिष गर्छु तर समय पुग्दैन यस्तै तेस्तै रहेछ जिन्दगी ,जीवन अनि परिश्रम ! पढाइ सङै निरन्तरता दियको सानो जब पनि बाकिको समय मा मुड चले मुक्तक र गजल ले रङाउन खोज्छु मेरो आफ्नै डायरी -
म "अन्जली खड्का"
सोचाइ धेरै तर समय जतिबेला पनि कमै भयको महशुस हुन्छ
किन किन आजकल मलाइ आफुलाइ भन्दा
आफ्ना लेख हरुलाइ प्यारो लाग्छ ! सफल जिन्दगिको गोरेटोलाइ खोज्दै छु तर कहिले काहीँ आफै मा लडबडाउछु अनि सोच्छु यथार्त जिबनको परिभाषा आखिर के त ????????????????
केही बेर सोचे पछि फेरि आफैमा कुरा हरु खेल्छन अनि फेरि सुरु गर्छु मेरो आफ्नै डायरिमा लेख्न मनका भावनात्मक रचना हरु ....
गजल/Gajal/गजल
१- 

कहाँ हुन्छ घात?कालो रातलाई सोधे हुन्छ 
रमिते ती ठुला ,जमात सोधे हुन्छ ।।

कानुन दोषी छान्दै छ,मुरली बजाएर 
भ्रष्टाचारि,बलात्कारि दुसातलाई सोधे हुन्छ।

उ दैव पुकार्दै छ अझै पनि पर्खालबाट 
साचो के हो?खुद दलित जातलाई सोधे हुन्छ । 

छोरी दच्किदैछे बा को आशिर्वाद लिन
के हो अस्मिता?हालातलाई सोधे हुन्छ।

को  टुक्रिदैछ भोलि?छुटिदैछ,लुटिदैछ 
फाटिदाे रातपछिकाे प्रभातलाई सोधे हुन्छ ।।
     २-
क्षणिक ती मिजास देखाउलान भोट नदिनुनी
पुरै जीवन विन्दास देखाउलान भोट  नदिनुनी।

लालावाला बिचल्लीत छन झुपडी जलाएर 
महलमानै आवश देखाउलान भोट नदिनुनि।

द्वन्दमै एक्लिएका विधवा ए नारी हो!!!!!!!
लोग्नेको आश  देखाउलान भोट नदिनुनी ।

सरकार नालायक छ,इतिहास साची हुँदाहुँदै 
गफैमा विस्वास देखाउलान भोट नदिनुनी ।

आमा लुटिइन लाज छाेप्ने धरो नभएर ....
आकर्षक कपास देखाउलान भोट नदिनुनी ।

यहाँ लालच,कपटप अनि तुस छ सबै भित्र  
कोही ब्यक्ती खास देखाउलान भोट नदिनुनी।
३-
वेफिक्री तिम्रै पेवा गुलामी  हुँदैछु 
सताउँछाै र वारवार बिरामी हुँदैछु

स्वप्निल ती प्यारमा डुवाइ मलाई 
लगायाै र आदत   हरामी  हुँदैछु

निस्फिक्री गगनमा उड्ने वनाई 
पछारि चरिलाई वेकामी  हुँदैछु 

ख्याल ठट्टा गर्दै हसाई  दुनियाँ 
फसायाै र त  बदनामी   हुँदैछु ।।
"अन्जली खड्का हेटौडा मकवानपुर "(ANJILA)
$b© palpa nepal

No comments:

Post a Comment

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...