[ गजल ] ,
मन दुखाउँछ घरि-घरि सताउँछ म के गरुँ?
बिर्सुँ भन्छु उसको वाचा याद आउँछ म के गरुँ?
जसले सँगै सफर गर्दा मेरो खुट्टा काटिदियो,
काँडा बिझ्ला भन्दै चप्पल पठाउँछ म के गरुँ?
कहिले नाकाबन्दी गर्छ, कहिले सीमा मिच्छ,
छिमेकीले यस्तै हर्कत देखाउँछ म के गरुँ?
जन्माएर सन्तान सुख हुन्छ भन्ने सुनेकी थिएँ,
काखको छोरो सधैं मलाई रुवाउँछ म के गरुँ?
अस्ताउन मन थियो क्षितिजपारिको घाम जस्तै,
प्रभातसँगै फेरि पनि उदाउँछ म के गरुँ?
अदिती अर्याल ज्ञवाली
काठमाडौ