Tuesday, 19 February 2019

बाटोमा भेटिएको पैसा जस्तै उसको माया "अदिती अर्याल ज्ञवाली "- T99post

गजल -

दुनियाँलाई मौका दियो, दिलमा सजायो।
धोका  दियो  भन्यो अनि  आँसु  बगायो।

अनेकथरि  बोल्छन्, भन्छन्  बुद्धि भ्रष्टहरू,
केही काम छैन उफ्र्यो हिँड्यो सदन ततायो।

सजाएका  सपनाहरू अनायासै  टुटि  गए,
भूकम्प  झैँ  आइदियो  याद मुटु  हल्लायो।

बाटोमा भेटिएको पैसा जस्तै उसको माया,
एकछिन  हातमा  पर्यो  अनि  पुनः हरायो।

छातीमाथि प्रहार गर्यो अब मरी भन्ने सोच्यो,
नजिक आयो घाँटी थिच्यो दानवता देखायो।



                           अदिती अर्याल ज्ञवाली 
                     कुलेश्वर काठमाडौ 

Monday, 18 February 2019

श्री स्वस्थानी व्रतकथा को आखिरी दिन आज

BY - Admin

हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा मंगलबार माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहअनुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति यो व्रतकथा प्रचारप्रसार गराई गरीब तथा दुःखीहरूको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ ।

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...