Wednesday, 2 January 2019

टोपीको क्रेज बढ्दै , युवतिहरु पनि देखिए टोपीमा -T99post

" हाम्रो गौरव , हाम्रो शान नेपाली टोपी हाम्रो पहिचान "

जनवरी १ अर्थात अंग्रेज़ी नया बर्ष को शुभारम्भ । विभिन्न देशहरुमा अंग्रेज़ी नया बर्ष मनाइरहेको बेला नेपालमा भने आज जनवरी १ तारिकका दिन टोपी दिवस भब्य रुपमा मनाए । ढाका टोपी , भाद्गाउले टोपी , कालो टोपी नेपाली टोपी हुन । टोपी नेपालको रास्टृय पोशाक नै हो । यस्लाइ रास्ट्रमा मात्र नभएर अन्तरास्ट्रिय स्तरमा नै एउटा खास पहिचान बनाउने उद्देश्य ले जनवरी १ तारिकका दिन टोपी दिवस मनाउन लागिएको हो । सन २०१३ नोवेम्बर २६ तारिकका दिन सामाजिक संजाल फेसबुकमा डा . लेखनाथ काफ्ले र शंकर बन्जाडे ले एउटा सार्वजनिक पेज स्थापना गरि पहिलो पटक जनवरी १ लाइ अन्तर्राष्ट्रिय टोपी दिवस र नेपाली टोपी लगाउने दिनको रुपमा घोषणा गरेका हुन । उक्त घोषणा मार्फत  काफ्ले र बन्जाडेले सवैलाइ नेपाली टोपी लगाउन आव्हान गरे । उनिहरुकै घोषणा अनुसार सन २०१४ देखि जनवरी १ तारिकका दिन नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो ।

कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...