Tuesday, 29 September 2020

अध्यक्ष नियुक्ति सङै बढ्दो चुनौती र जिम्मेवारी " न्यौपाने "

T99न्युज /मुम्बई

मुम्बईमा रहेको एउटा विशुद्ध सामाजिक सस्था "मनकामना एकता फाउन्डेशन " को तेस्रो कार्यकालको लागी यहि आइतवार २७ तारिकका दिन चुनाव  सपन्न भएको हो। फाउन्डेशनको सबै पदमा निर्विरोध नै चुनाव सपन्न भएको छ । अध्यक्षमा फेरिपनि मोतीलाल न्यौपाने तेस्रो पटक निर्विरोध छनोट भएका छन ।

बिगत केही समयदेखि यता सामाजिक कार्यमा अग्रसर रहेका न्यौपाने एक समुचित व्यक्ति हुन ।

 

पुनः अध्यक्ष पदमा निर्विरोध चुनिएपछि सबैलाई हार्दिक धन्यवाद दिदै आगामी कार्यकालमा थप सशक्त ढंगले बिशिस्ट कार्यहरु गरि फाउन्डेशनलाइ उचाईको शिखरमा पुर्याउने प्रतिबद्धता जाहेर गरेका थिए । "

नेपाली कला , भाषा र सँस्कृतिलाई फाउन्डेशन मार्फत सम्रचना र संरक्षण गरि सस्थालाइ बलियो बनाउने र स्वदेश तथा विदेशमा यो सस्थालाई विस्तार गर्ने लक्ष्य रहेको मोतीलाल ले बताए ।



फाउन्डेशनमा १० पदको लागी चुनाव भएको थियो । उक्त नयाँ गठित समीतिमा केहि पदमा उहि पुराना पदाधिकारी छन भने केहिमा नयाँ थपिएका छन । सपन्न भएको चुनावमा प्रेमप्रसाद पाण्डे (उपाध्यक्ष– अर्थ र संगठन), सीता न्यौपाने (उपाध्यक्ष–शिक्षा र सँस्कृति), केशवराज काफ्ले (महासचिव) र युवराज न्यौपाने (सहमहासचिवमा) चुनिएका छन । यस्तै, कोषाध्यक्षमा खडक खत्री, अर्थसचिवमा देवीलाल डी. न्यौपाने र संगठन सचिवमा मीनप्रसाद भण्डारी चुनिएका छन भने शिक्षासचिवमा खिमातिल खड्का र साँस्कृतिक सचिवमा उर्मीला क्षेत्री रहेका छन ।

फाउन्डेशनले नयाँ समीतिको साथै नयाँ कार्यकारणी समीति पनि गठन गरेको छ । वासुदेव शर्मा, लेखनाथ अधिकारी, सरीता पैनी, केशव चापागाई, राधा तिमिल्सेना, रेखा सटा, अम्बिका तिवारी, रामप्रसाद भण्डारी, मीरा काकडे, राधा सेन, हेमा भण्डारी, ओम पाण्डे, पुरुषोत्तम बस्याल र रामप्रसाद शर्मा रहेका छन । उक्त चुनावी तथा सपथ ग्रहण कार्यक्रममा मुम्बईका विभिन्न संघसंस्थाका पदाधिकार तथा व्यवसायीहरु को पनि उपस्थिती रहेको थियो । संयुक्त नेपाली महासंघका विष्णु काफ्लेले अध्यक्ष मोतीलाल न्यौपानेलाई सपथ ग्रहण गराएका हुन ।

उक्त कार्यक्रममा एभरेष्ट चेम्बर अफ कमर्श महाराष्ट्रका प्रमुख सुनिल बराल, व्यवसायी हरि पाण्डे, सन्तोष  निरौला, राजकुमार बराल, नेजसका क्षेत्रिय अध्यक्ष उदयराज खड्का, एमबी बोहरा, जनक ज्ञवाली, कृष्ण ज्ञवाली, धर्म रावल, चेतमान बोगटी, महेन्द्र अर्याल, रवी भट्टराई र ओमप्रकाश ज्ञवाली लगायतका अतिथीहरु उपस्थित रहेका थिए । साथै अन्य अतिथिहरुको पनि सहभागिता रहेको थियो । 

संयुक्त नेपाली महासंघका पूर्व अध्यक्ष तथा सामाजिक कार्यकर्ता शालिग्राम तिवारी ज्यु निर्वाचन अधिकृत, रामकृष्ण तिमिल्सिना  निर्वाचन सचिव र श्रीमती देवीकला पाण्डे निर्वाचन सहसचिव रहेर फाउन्डेशन को चुनाव सफलता पुर्वक सपन्न गराएका थिए । उक्त चुनाव मनकामना एकता फाउन्डेशनको मिरा रोड स्थित आफ्नै कार्यालयमा भएको थियो । 



कोरोनालाइ मात दिदै प्रवासमा देउसी भैलो

शिव बस्याल / मुम्बई , विगतका बर्षहरुमा जस्तै यो बर्ष पनि मुम्बईमा देउसि भैलोको जमर्को देखियो । मुम्बई मिरा भाइन्दर स्थित रहेको मनकामना एकता...